चिसोबाट भूकम्प पीडित सुत्केरीको मृत्यु

जाजरकोट । जाजरकोटमा चिसोबाट एक सुत्केरीको मृत्यु भएको छ । भूकम्पले घर भत्काएपछि त्रिपालमा बस्दै आएकी एक महिनाकी सुत्केरी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । 

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट २६ हजार ५५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार ४५५ घरमा आंशिक क्षति भएको छ । 

हजारौँ मानिस घरबारविहीन भएका छन् । बढ्दो चिसोसँगै सुत्केरी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरु प्रभावित भएका छन् । सो भूकम्पबाट १५४ जनाको मृत्यु भएको छ । 
 

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नागेशले पाए विराटनगरको नेतृत्व