पेस्तोल र गोली फालेर २ जना फरार

सप्तरी । गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सप्तरीको बलान विहुल गाउँपालिका क्षेत्रबाट एक थान कटुवा पेस्तोल र दूइ राउण्ड गोली बरामद गरेको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट वेल्हीबाट खटेको पैदल गस्ती टोलीले आइतवार राती १० बजे तीर सो गाउँपालिका ४ स्थित वेल्ही सडक खण्डबाट कटुवा पेस्तोल र गोली बरामद गरेको हो ।

प्रहरी गस्ती टोलीलाई देखेपछि नम्बर न खुलेको मोटरसाईकलमा सवार २ जनाले कपडाको पोका फालेर भारत तर्फ भागेको प्रहरीको भनाई छ । उक्त कपडाको पोका खोली चेक गर्दा एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरिएको सशस्त्र प्रहरी बल गण नंं ६ का सुचना अधिकारी डिएसपी मोहन राज विष्टले जानकारी दिए ।

बरामद पेस्तोल र गोली सोमवार जिल्ला प्रहरी कार्यालय सप्तरीलाई बुझाई फरार भएका ब्यक्ती’bout थप अनुसन्धान भईरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन