टेकु अस्पतालको निर्देशकमा डा. युवनिधि बसौला नियुक्त

काठमाडौं । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग (टेकु) अस्पतालको निर्देशकमा डा. युवनिधि बसौलालाई नियुक्त गरेको छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले टेकु अस्पतालको निर्देशकमा बसौलालाई नियुक्त गरेका हुन् । 

शुक्रराज अस्पतालको निर्देशक रहेकी डा. मनीषा रावललाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरेर उनलाई नियुक्त गरिएको हो । 

यसअघि कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका बसौलालाई टेकुको जिम्मेवारी दिइएको हो । पछिल्लो तीन महिनायता उनी वरिष्ठ कन्सल्टेन्टका रूपमा कान्तिमै कार्यरत थिए ।
 

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आचारसंहितामा कडाइ, उल्लंघन गर्नेलाई फिल्डबाटै कारबाही