पोखरामा जुवाखालबाट १६ जुवाडे पक्राउ

कास्की प्रहरीले गएराति पोखराबाट १६ जना जुवाडे पक्राउ परेको छ । पोखरा २१, निर्मलपोखरी मैदानमा जुवा खेलिरहेको सूचना आधारमा खटिएको प्रहरी टोलीले गएराति साढे १ बजे जुवाखालबाट ५ लाख ५ हजारसहित १६ जना जुवाडे पक्राउ गरी अनुसन्धान थालेको छ ।

पक्राउ पर्नेमा पोखरा ३३, भरतपोखरीका ३८ वर्षीय सन्तोष गुरुङ, ४६ वर्षीय राम केसी, वर्ष ३३ का रामचन्द्र आचार्य, पोखरा ६ का ३६ वर्षीय सञ्जीव अधिकारी, वर्ष ४० का राम ढकाल, वर्ष ६४ का वीरबहादुर लामिछाने, वर्ष ४० का मोहनबहादुर गुरुङ पक्राउ परेका छन् ।

यस्तै, वडा १७ बिरौटाका ४० वर्षीय प्रकाश पोख्रेल, वर्ष ४० का जीवन शाही, वर्ष ४६ का कृष्णप्रसाद भण्डारी, वर्ष ३० का कुमार भण्डारी, वर्ष ३८ का गौतम गुरुङ, वर्ष ४८ का होमबहादुर रानाभाट, पोखरा २१ कृस्तीका वर्ष ४० का टंकबहादुर कार्की, वर्ष २३ का अनिष श्रेष्ठ र पोखरा १० अमरसिंहका वर्ष ६३ का मीनबहादुर बरुवाल पक्राउ परेका हुन् ।

कौडा खेलेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीमा हमाल अग्रता बढाउदै