‘व्यवस्था जोगाउने र प्रतिगमनकारीलाई खेल्न नदिने’

काठमाडौं । संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको रक्षाका निम्ति गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा नेताहरूका बीचमा आन्तरिक छलफलले तीव्रता पाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका राजतन्त्रवादीहरू पक्षधरको सक्रियता एवं आन्दोलन बढ्दै गएपछि गणतन्त्र पक्षधर शक्ति एकजुट हुनुपर्नेमा उनीहरू सहमत भएका छन् ।

प्रचण्ड र ओलीबीच भेटघाट

व्यवस्था जोगाउने र प्रतिगमनकारीलाई खेल्न नदिने भन्ने विषयमा मंगलबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आन्तरिक छलफल भएको छ । अहिलेको व्यवस्थाको विरोधमा भइरहेका सानातिना संघर्ष एवं आन्दोलन नागरिकलाई सेवा, सुविधा तथा उनीहरूको चाहना सम्बोधन गर्नमा ढिलाइ हुनुका कारण भएको निष्कर्षसमेत नेताहरूले निकालेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका साथै जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलनलगायतका आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउन गणतन्त्रवादी शक्तिहरू एकजुट हुनुको विकल्प नभएको बताए । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बीचमा यी र यस्तै समसामयिक राजनीतिक विषयमा छलफल भएको उनले बताए ।

‘हामीले दुर्गा प्रसाईंको आन्दोलनलाई त्यति महत्व दिनुपर्नेजस्तो लाग्दैन, उनीहरूको पक्षमा मान्छे पनि छैनन् । त्यस्तै, कुनै ठूलो विषय पनि होइन, तर हामी सचेत हुनुपर्छ, जनतालाई सरकारका तर्फबाट दिनुपर्ने सेवाहरू प्रभावकारी बनाउँदै लगिरहेका छौं,’ माओवादी केन्द्रका सचिव पौडेलले राजनधानीसँग भने, ‘अहिलेको व्यवस्था, संविधान, गणतन्त्र, विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिहरू जोगाउन गणतन्त्रवादी शक्तिहरू एकजुट हुनैपर्छ, प्रधानमन्त्रीले त्यस विषयमा सबैसँग छलफल गरिराख्नुभएको छ ।’

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहका साथै दुर्गा प्रसाईंलगायतको सक्रियता बढ्दै गएको देखिन्छ । राजधानी काठमाडौंका साथै विभिन्न जिल्लामा गणतन्त्रको विरोधमा आवाज उठ्दै गइरहेको छ । राजतन्त्रको पुनस्र्थापनाका साथै विभिन्न माग गर्दै आवाज उठ्न थालेपछि प्रधानमन्त्री प्रचण्डले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफलसमेत थालेका छन् ।

प्रधानमन्त्री प्रचण्डले ओलीलाई भेट्नु केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूसँग छुट्टाछुट्टै एवं सामूहिक रूपमै भेटघाट गर्दै अहिलेको व्यवस्था जोगाउने विषयमा छलफल गरेका थिए । प्रसाईंको आन्दोलन सुरु हुनुभन्दा अघिल्लो दिन (६ मंसिर)मा प्रचण्ड, ओली र देउवाका बीचमा सामूहिक भेटघाट भएको थियो ।

जनताको चाहना सम्बोधन गर्ने, सरकारको कामलाई प्रभावकारी बनाउँदै लैजाने, भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन र विकास निर्माणका गतिविधिलाई प्रभावकारी बनाउँदै अगाडि बढ्ने विषयमा समेत प्रधानमन्त्री प्रचण्डले नेताहरूसँग छलफल गर्दै अगाडि बढिरहेका छन् । बैंक, लघुवित्त, सहकारीलगायतबाट ऋण लिएका पीडितहरूलाई आन्दोलनमा गए ऋण तिर्नु नपर्ने, ऋण मिनाहा हुनेलगायतका प्रलोभन दिँदै आन्दोलनमा ल्याउने गरिएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीका बीचमा समसायिक राजनीतिक परिस्थिति’boutमा छलफल भएको बताए । सोही अवसरमा अवसरमा उनीहरूबीच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शन’bout पनि कुराकानी भएको थियो । सोक्रममा अध्यक्ष ओलीले पुनर्निर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकनसमेत गरेका छन् ।

यसका साथै संसद्को हिउँदे अधिवेशन पनि बोलाउनुपर्ने समय भएकाले प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष ओलीलाई छलफलका लागि बोलाएका थिए । प्रधानमन्त्री प्रचण्डसँग छलफल सकेर एमाले अध्यक्ष ओली सुदूरपश्चिमतर्फ लागेका छन् ।

एमालेले आयोजना गर्ने पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित तीन साता लामो विशेष अभियानको उद्घाटनका लागि अध्यक्ष ओली धनगढीतर्फ गएका हुन् । एमालेले १४ मंसिरबाट तीन साता लामो अभियान चलाउने सचिवालयले गरेको निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो ।

अभियानको सुरुवात १४ मंसिरमा बिहान साढे ८ बजे नेपालको पश्चिमी नाका झुलाघाटबाट गरिने भएको छ । मध्यपहाडी लोकमार्ग ’roundका सहरकेन्द्रित अभियान पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ । नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५औं वर्ष प्रवेशको अवसरमा पुष्पलाल श्रेष्ठसँग जोडिएको मध्यपहाडी लोकमार्गमा अभियान सञ्चालन गर्न लागिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कलैयामा मनोनयन प्रक्रिया सुरू