गाँजा फाँड्न खटाइएका प्रहरी तुरुन्त फिर्ता बोलाउः सांसद राई

खोटाङ । खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले गाँजा फाँड्न खटाइएका प्रहरीलाई फिर्ता बोलाउन माग गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा सदस्य राईले उदयपुर र खोटाङमा गाँजा फाँड्न परिचालन भएका प्रहरी टोलीलाई फिर्ता बोलाउन गृह–मन्त्रालयको ध्यानकार्षण गराएका छन् । प्रहरीले गाँजा फँडानी गरिरहेको बेला प्रतिनिधिसभा सदस्य राईको यस्तो धारणा आएको हो ।

सांसद राईले संसदबाट गाँजा खेतीको सम्भाव्यता अध्ययन अनुसन्धान गर्नेगरी बजेट पास गरेकाले गाँजा खेती नष्ट गर्न नहुने धारणा राखेका छन् । ‘गृह–मन्त्रालयको ध्यानाकर्षण होस्,’ राईले लेखेका छन्, ‘आर्थिक २०८०÷०८१ बजेटमा गाँजा खेतीको सम्भाव्यता अध्यायन अनुसन्धान गर्न संसदबाट पास गरेकोले गाँजा नष्ट गर्ने प्रहरीटोली उदयपुर–खोटाङको तुरुन्त फिर्ता गराउन अनुरोध छ ।’

तपाइको प्रतिक्रिया
(Visited 182 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुनाव स्वच्छ र निष्पक्ष बनाउने दलको प्रतिबद्धता