कैलालीमा सामुहिक कुटपिटबाट एकको मृत्यु मृत्यु, ७ जना पक्राउ

धनगढी । विवाहमा गएका कैलालीका एक युवकको सामुहिक कुटपिटबाट मृत्यु भएको छ । मजिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामुहिक कुटपिटबाट मंगलवार राति मृत्यु भएको हो । सामुहिक कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको हो ।

स्थानीय डिल्ली कोइरालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरुको समूहले कुटपिट गरेका थिए । उनलाई उपचारका लागि लम्कीको लालरत्न अस्पतालमा लगिएको थियो । अस्पतालले नेपालगञ्ज मेडिकल कलेज रेफर गरेको थियो ।

नेपालगञ्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो । टीकापुर अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन् । अधिकारीमाथि लम्कीका युवाहरुले कुटपिट गरेका थिए । प्रहरीले अहिलेसम्म कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लम्की चुहा नगरपालिका ९ का २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय निवन केसी रहेका छन् ।

त्यसैगरी सोही ठाउँका २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाललाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका सबै व्यक्ति लम्की चुहा नगरपालिका वडा नम्बर ९ का हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 126 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीकाे बसवरीयामा जसपाको खाता खुल्यो, अध्यक्षमा राम सिहासन निर्वाचित