वडाध्यक्षको सकृयतामा खोक्सिक र बाउराङमा बल्यो विजुली

भोजपुर । भौगोलिक रुपमा विकट मानिने भोजपुरको रामप्रसादराई गाउँपालिकाको खोक्सिक र बाउराङ गाउँमा विजुली बत्ती बलेको छ । रामप्रसादराई ८ मा पर्ने दुई स्थानमा वडा कार्यालयले विद्युत् विस्तार गरेको हो ।

विद्युत् विस्तार भएपछि वषौँबाट विद्युत्को उपयोग गर्न नपाएका स्थानीयलाई सहज भएको छ । कुटानी पिसानी लगायतसँगै दैनिक कामकाजमा सहज भएको स्थानीयबासी दिलकुमार योगीले बताए । यहाँका स्थानीयलाई अहिले विभिन्न विद्युतिय उपकारण जोडेर आफ्ना काम गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ ।

‘विद्युत् बल्न थालेपछि दैनिक जीवन सहज बनेको छ’उनले भने,‘पारी भोजपुर सदरमुकाम झलमल्ल हुँदा हाम्रो ठाउँ अध्यारो हुन्थ्यो । वडाको पहलमा हाम्रो ठाउँमा विद्युत् बल्यो धेरै खुसी लागेको छ ।’

विद्युत्ले जीवन गुजारा गर्न सहजता थपिएको स्थानीयबासी रुपमान श्रेष्ठले बताए । विद्युत् विस्तार भएपछि दैनिक काममा सहजतासँगै सूचनाको पहुँचमा जोडिन सहज भएको उनको भनाइ छ । विद्युत् विस्तारपछि नेट, इन्टरनेट, टेलिभिजन प्रयोग गर्दै आफ्नै घरमा बसेर देश विदेशको जानकारी लिने गरेको उनले बताए ।

‘लामो समयदेखि हामीले धेरै दुःख भोग्दै आएका थियौँ’उनले भने,‘विद्युत् विस्तारपछि इन्टरनेटसँगै रेडियो, टिभीको माध्यमबाट देश विदेशका सूचना थाहा पाउन सहज भएको छ । वडा कार्यालयको पहलमा भएको कामले हामी धेरै खुसी छाँै ।’

भौगोलिक रुपमा विकट रहेका यी स्थानमा लामो लामो समयको मेहनतपछि विद्युत् विस्तार गर्न सफल भएको वडाध्यक्ष बाचकुमार राईले बताए । वडाको कुनै पनि ठाउँमा विद्युत् नपुगेको अवस्थामा वडा केन्द्रसम्म विद्युत् विस्तार गर्न सफल भएको उनको भनाइ छ ।

‘हाम्रो वडा भौगोलिक रुपमा निकै विकट छ’ वडाध्यक्ष राईले भने,‘विद्युत् नहँुदा स्थानीयलाई धेरै नै समस्या छ । अहिले हामीले पहिलो प्राथमिकतामा राखेर विद्युत्को काम अघि बढाएका छौँ । अथक प्रयासपछि दुई स्थानका स्थानीय अहिले विद्युत्को पहँुचमा जोडिएका छन् ।’

सीमित श्रोत साधनको अधिकतम उपयोग गर्दै जनतालाई दिएको बचन पुरा गरिरहेको वडाध्यक्ष राईको भनाइ छ । यहाँका सवै घर परिवारमा आगामी वर्षभित्र विद्युत् विस्तार गरिसक्ने लक्ष्य रहेको उनले बताए । विद्युत् विस्तारको लागि वडाले १२ लाख बजेट विनियोजन गरेर तार खरिद गर्ने तयारी गरेको वडाध्यक्ष राईले बताए ।

‘जनतालाई दिएको बचन अनुसारको काम अघि बढाएको छु’ उनले भने, ‘कतिपय काम वडाको एक्लो प्रयासले मात्र गर्न पनि सम्भव छैन । बजेट सीमित छ । तर पनि वडाको बजेटसँगै स्थानीयबासीसँग आफँै श्रमदानमा जोडिएर हालसम्म ४० प्रतिशत बढी जनतालाई विद्युत् बाल्ने वातावरण तयार गरेका छौँ। आगामी वर्षभित्र सवै क्षेत्रमा विद्युत् पु¥याउने मेरो लक्ष्य छ ।’

अहिले बाक्चखा र भञ्याङमा विद्युत् विस्तारको काम भईरहेको वडाध्यक्ष राईको भनाइ छ । अबको माघ महिनासम्ममा यहाँका एक सय ५० घर परिवारमा विद्युत् विस्तार गरिसक्ने अध्यक्ष राईले जानकारी दिए । यो वडामा जम्मा ३५६ घरपरिवार रहेका छन् ।

वडा कार्यालयले सडक, कृषि खानेपानी, रोजगारीको क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरिरहेको वडाध्यक्ष राईले बताए । कृषकलाई कृषिमा आत्मानिर्भर बनाउन आवश्यक तालिमसँगै पाँच सय दन्ते ओखरको विरुवा वितरण गरेको उनको भनाइ छ ।

१५ जनालाई हाउस वायरिङ र २५ महिलालाई सिलाई कटाइ सम्बन्धि तालिम दिइएको छ । कृषकलाई व्यवसायिक तरकारी खेति तथा बाख्रापालन सम्बन्धि तालिम दिएको वडा कार्यालयले जनाएको छ । तालिम पाएसँगै किसानहरु व्यवसायिक तरकारी खेतीमा लागेको उनको भनाइ छ ।

स्थानीयको आवश्यकताको आधारमा विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा