कांग्रेस सभापति देउवाको जन्मघर पुननिर्माण गरिने

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको जन्मघर पुननिर्माण गरिने भएको छ । पुरानै शैलीमा घर निर्माण गरिने उनका कान्छा भाइ बलबहादुर देउवाले जानकारी दिए ।

गन्यपाधुरा गाउँपालिका–१ रुवाखोलाको मटेला गाउँमा रहेको देउवाको घर तत्कालिन अवस्थामा माओवादीले जलाएर नष्ट बनाएको थियो । घरमा माओवादीले आगो लगाई नष्ट पारिदिएपछि हामी छिन्नभिन्न भयौं । उनले भने, यहाँबाट विस्थापित भएर अन्यत्र गयौं । अरु ठाउँमा घर बनाइयौं । यहाँ घर बनाउन सकेनांै । तर कुल देवताको पूजाआजा गर्न गाउँमा आउनुपर्ने हुन्छ । आएका बेला बस्न घर आवश्यक छ । अब सबै भाइहरु मिलेर घर बनाउछौं ।

आफुहरु छ जना दाजुभाइ रहेको जानकारी दिदै उनले घर बनाउन छलफल भइरहेको बताए । हामी छ जना दाजुभाइ यही जन्मियौं, यही हुर्कियौ । उनले भने, देवीदेवता मान्न यहाँ आउनुपर्छ । यस कारण पनि घर बनाउन आवश्यक छ । दाइसँग पनि कुरा गर्छु । छोरा प्रकाशसँग पनि छलफल भएर घर बनाउने निर्णयमा पुगेका छौं ।

विकास भन्ने कुरा एकै पटक नभई विस्तारै हुने उनको भनाई छ । पहिले यहाँसम्म आउन सडक थिएन अहिले सडक बनेर कालोपत्रे हुदैछ । उनले भने, भोलिका दिनमा यहाँ अरु विकासहरु पनि होलान, विकास हुनेक्रम चलिरहन्छ ।

आफ्नो पुख्यौली घरलाई पुरानै शैलीमा निर्माण गरिने सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास एवं यातायात मन्त्री प्रकाशबहादुर देउवाले बताए । घर निर्माणका लागि ईञ्जिनियर लाई गाउँमा लगेर नापजाँत गरेको जानकारी दिदै उनले ढुंगा, माटोमा काठको प्रयोग गरि पुरनै शैलीको घर निर्माण गरिने बताए ।

छेउमा रहेको दुई तले पेगोडा शैलीको घर देखाँउदै उनले पुख्यौली घर पनि यस्तै रहेको र पुरानै शैलीको खोलाम्वाल (मुख्य पर्खालको भित्र सिढी भएको) घरमा बर्दाली भएको घर निर्माणका लागि ईञ्जिनियरलाई गाउँका पुराना घर हेर्न समेत लगाएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन मतले हारेपछि एमालेले गर्याे पुन: मतगणनाकाे माग, मतगणना स्थगित