नगरकोटीले ल्याए जोगियाना

काठमाडौं । फिक्सन लेखक कुमार नगरकोटीले आफ्ना विभिन्न संस्मरणलाई समेटेर नयाँ पुस्तक ‘जोगियाना’ पाठकमाझ ल्याएका छन् ।

उनले यो पुस्तक पाठक माझ एक समारोहमा सार्वजनिक गरेका हुन् । लेखन यात्राको २५ वर्ष पुरा भएको अबसर पारेर उनले यो पुस्तक सार्वजनिक गरेका छन् । जोगियानाको उपनामले पाठकमाझ परिचित उनले लेखन यात्राको २५ वर्षको अबसरमा यतिबेला ‘जोगियाना–उत्सव’ मनाई रहेको छन् । यही उत्सबको अबसर पारेर आफुले यो किताब सार्वजनिक गरेको उनले कार्यक्रममा बताएका छन् ।

मँगलबार पाटन दरबारमा आयोजित नगरकोटी–उत्सवमा समारोहमा उनको यो पुस्तकलाई यज्ञश, दीपक सापकोटा र वसन्त बस्नेतले लोकार्पण गरेका हुन् । बिमोचनको क्रममा दीपक सापकोटा र यज्ञशले किताबका अंश वाचन गरी सुनाए भने वसन्त बस्नेतले नगरकोटीको लेखनी ’bout बोले । बिमोचन समारोहमा नगरकोटी आफैंले आफ्ना आधा दर्जन कविता र गीत सुनाए ।

संस्मरण लेखनको यात्रामा आफुलाई लेख्न प्रेरित गरी ती लेख पत्रपत्रिकामा प्रकाशन गरिदिएका कारण यी पत्रकारहरुबाट पुस्तक लोकार्पण गरिएको पनि नगरकोटीले कार्यक्रममा बताए । आफ्नो यो पुस्तकमा विभिन्न कालखण्डमा लेखिएका १९ वटा संस्मरणहरू रहेको पनि नगरकोटीले कार्यक्रममा जानकारी गराए । यस पुस्तकलाई बुकहिलले प्रकाशन गरेको हो ।

बिमोचनका क्रममा बोल्दै पत्रकार बसन्त बस्नेतले भने,‘मैले नगरकोटीलाई कवितामार्फत चिनेको हुँ तर आजको दिनसम्म उनका लेखनका बहुविधा छन् र अब्बल छन् ।”, उनले अगाडि थपे, ‘नगरकोटीजस्ता फरक लेख्ने लेखक देशकै परिचायक हुन् । पाटन नगरकोटीको शहर भनेर चिनिनुपर्छ, जसरी संसारभर लेखकको नामबाट पनि शहरहरू चिनिन्छन् ।’

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै, मेयरमा २८४५ अन्तर