नृत्य र गायनमा थपियो अर्को रियालिटी शो

काठमाडौं । पछिल्लो समय विभिन्न विधाका रियालिटी शोहरु टेलिभिजनमा प्रस्तुत गर्ने होडबाजी नै चलेको छ । यही क्रममा अर्को रियालिटी शो नेशन्स गट ट्यालेण्ट पनि थपिएको छ । गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि यो रियालिटी शो गर्न लागेको आयोजक पक्षले जनाएको छ ।

नेशन्स गट ट्यालेण्टको आयोजक संस्था एएनपी मिडिया हाउसले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै यो रियालीटी शोको घोषणा गरेको हो,‘बाल प्रतिभाको खोजीमूलक यो कार्यक्रम एपिवान टेलिभिजनबाट प्रसारण हुने छ ।’ एएनपी मिडिया हाउसका अध्यक्ष तथा नेशन्स गट ट्यालेण्टका निर्देशक लबबहादुर कार्कीले कार्यक्रममा बताए ।

यो रियालीटी शोमा अभिनेत्रीद्धय मिथिला शर्मा र गौरी मल्ल, गायक आनन्द कार्की र गायिका देविका बन्दना निर्णायकमा अनुबन्धित भएका छन् । रियालीटी शोमा पत्रकार विदुर गिरी सल्लाहकार संयोजक, राज लुईटेल कार्यक्रम संयोजक, शुम्भुप्रसाद रेग्मी ईभेन्ट संयोजक र अनिता तामाङ्ग कार्यालय संयोजक रहेको पनि कार्यक्रममा जानकारी गराईयो । कार्यक्रमलाई लबबहादुर कार्की र डेभिल सिंह राजपुतको निर्देशन गर्ने छन् ।

पत्रकार सम्मेलनमा नेशन्स गट् ट्यालेण्ट रियालिटि शोको लागि छिट्टै अडिसन गरिने जनाउँदै निर्देशक कार्कीले भने ‘छ महिनाअघिबाट हामीले गर्दै आएको तयारीले आज मुर्त रुप लिएको छ। चैत्रको पहिलो साताबाट प्रसारण गर्ने योजनाका साथ हामी मंसिर १६ गतेबाट काठमाण्डौंमा अडिसन शुरु गर्नेछौँ भने काठमाडौंलगायतका देशका प्रमुख शहरमा अडिसन राखिने छ भने कुनै पनि ठाउँका बालबाकिाले यसमा सहभागीता जनाउन सक्नेछन्।’

कार्यक्रमकी निर्णायक अभिनेत्री मिथिला शर्माले बालबालिकामा आपूmमा राम्रो प्रतिभा राम्रो छ र त्यस्तै प्रतिभा अरुमा पनि छ अनि राम्रो भित्र पनि अझ राम्रो प्रतिभा कसमा छ भन्ने भावना जगाउन यो रियालीटी शो उपलब्धिमूलक हुने बताईन् ।

यसखाले रियालीटी शोले बाबबालिकाको व्यक्तित्व र प्रतिभा बृद्धीका लागि सघाउने अर्की अभिनेत्री गौरी मल्लले बताईन् । निर्णायक गायिका देविका वन्दनाले संगीत र नृत्य एक अर्काको परिपुरक भएकाले दुबै विधालाई एकसाथ मिलाएर आयोजना हुनु दुबै विधाका प्रतिभाका लागि राम्रो भएको जिकिर गरिन् ।

सल्लाहकार संयोजक पत्रकार विदुर गिरीले बालबालिकाको प्रतिभामुलक रियालीटी शोको अभाव खड्की रहेको समयमा त्यसलाई नेशन्स गट ट्यालेन्टले पूर्ति गर्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भीमेश्वरको मेयरमा कांग्रेसका मानन्धर र उपमेरमा एमालेकी बस्नेत निर्वाचित