एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ बैतडीको झुलाघाटबाट सुरु

बैतडी । नेकपा (एमाले)ले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’को शुभारम्भ गरेको छ ।

समृद्ध नेपालको निर्माण अभियान सुरु भयो : अध्यक्ष ओली

बिहीबार बिहान एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गरेका हुन् । सो अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए ।

उनले भने,“हामि विकास निर्माणका सम्भावनाहरु खोजीगर्न यो अध्ययन भ्रमणमा आएका हौँ, यस यात्रामा हामिलाई विभिन्न क्षेत्रका नागरिकहरुको सुझाव प्राप्त हुन्छ, जनअपेक्षा थाहा पाउनका लागि यो यात्रामा आएका हौँ, अन्य बखतको भन्दा फरक तरिकाले आएका छौँ । सबैलाई यस यात्रामा साथ दिन आग्रह गर्दछु ।” उनले राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने बताए ।

पार्टीका सबै नेता तथा जनवर्गिय संगठनका नेता लगायतले आफ्नो ठाउँमा सक्रिय भूमिका निर्वाह गर्ने ओलीले विश्वास व्यक्त गरे । उनले सबैलाई आफ्नो ठाउँमा भूमिका निर्वाह गर्न पनि आग्रह गरे ।

अहिलेको सरकारको अकर्मण्यता, देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक बन्दै गएको राजनीति सबै कुरालाई सही बाटोमा ल्याउन यात्राले चिन्तन, मननदेखि व्यवहारिक योजना निर्माण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । सो यात्रा परिस्थिति सम्बन्धी जानकारी र आमजनताको राष्ट्रिय शक्ति निर्माणको लागि जागरण अभियान भएको उनले बताए ।

यात्राले देशको विकास, सुशासन र समृद्धिको पक्षमा यात्राले महत्त्वपूर्ण योगदान पु¥याउने उनले विश्वास छ । परिस्थितिको सकारात्मक परिवर्तनको शक्ति आर्जन गर्न जनताको बिचमा आएको उनले बताए । जनताको शक्तिले मात्र सकारात्मक परिवर्तन गर्न सकिने ओलीले प्रष्ट पारे ।

यात्राको क्रममा मध्यपहाडका जनतासँग संवाद गर्ने र एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्गले ल्याएको परिवर्तन नियाल्ने पोखरेलले बताए । भविष्यमा सो क्षेत्रको व्यावसायिक विकासको सम्भावनाको ’boutमा अध्ययन गरी विकासको खाका बनाउने उनको भनाई छ ।

पहाड छाडेर मधेशमा बसाइँ सर्ने प्रवृत्तिलाई कसरी रोक्न सकिन्छ भन्ने कुरा सो क्रममा खोजिने पोखरेलले बताए । पहाडमा नै बस्ने वातावरण बनाउन यात्रा प्रारम्भ गरिएको उनको भनाई छ । ‘मध्यपहाडी क्षेत्रलाई आर्थिक, सामाजिक विकासका दृष्टिकोणले नेपालको समुन्नत क्षेत्रको रूपमा विकसित गर्ने अठोटका साथ हामी यो यात्रा आरम्भ गर्दै छौँ’, उनले भने ।

यात्राका क्रममा मध्यपहाडी पुष्पलाल लोकमार्गलाई अझै करी छोटो बनाउन सकिन्छ भन्ने सम्भावनाको पनि खोजी गरिने उनले बताए । यात्राको क्रममा प्राविधिक टोलीले सो विषयमा समेत अध्ययन गर्ने उनले जानकारी दिए ।

यात्राका क्रममा जनताका बिचमा व्यापक संवाद गरिने उनले बताए । ‘जनताका गुनासाहरू सुन्ने छौँ, भ्रम निवारण गर्ने छौँ’, उनले भने ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संसद विघटन गर्ने ओलीलाई किन भोट दिने : देउवा