लुकेका ललिता निवासहरू

नेपालको एउटा विशिष्ट पहिचान रहिआएको छ, कुनै न कुनै ‘काण्ड’को चर्चा भइरहन्छ । कुनैबेला कार्पेट काण्ड, गधा काण्ड, बोइङ काण्ड र सर्प काण्डसम्म सुनिन्थ्यो भने अर्को कालखण्डमा आएर लाउडा र धमिजाको कर्कस आवाज गुन्जि“दै थियो । परम्पराको निरन्तरता त हुनैप-यो ! आजभोलि हामी भुटानी शरणार्थी काण्ड, सुन काण्ड र ललिता निवास काण्डमा रमाइरहेका छौं । यीमध्ये सरकारी वा सार्वजनिक जग्गा कब्जा गरेर धनकुबेर बन्ने योजनाअन्तर्गत बुनिएको ललिता निवास जग्गा काण्डमा धेरै मुछिएका छन् । त्यसका वारेमा छानबिन हुँदै छ वा हुन्छ र दोषीमाथि कारबाही हुन्छ भन्ने आशा गरौं । म आज जुन ‘काण्ड’का वारेमा कुरा उठाउँदै छु ध्यान दिएर हेर्ने हो भने त्यो ललिता निवास काण्डभन्दा धेरै ठूलो देखिन्छ । तर, अचम्मको कुरोचाहिँ के भने यसका वारेमा कहिल्यै सामान्य चर्चासम्म भएन । मूल विषयमा प्रवेश गर्नुअघि नेपालको परम्परागत भूस्वामित्व प्रचलनका वारेमा थोरै चर्चा गर्नु उपयुक्त होला ।

कसैले जमिनमाथि स्वामित्व कसरी प्राप्त गर्छ ? उत्तर सामान्य र सरल छ– खरिद गरेर, पैतृक हकका रूपमा प्राप्त गरेर वा दान दातव्य वा उपहारका रूपमा प्राप्त गरेर । साँच्चै भन्ने हो भने जमिनलगायत कुनै पनि प्राकृतिक स्रोतको स्वाभाविक मालिक राज्य हो । नेपाल राष्ट्रको सरहदभित्रको सम्पूर्ण जमिनको मालिक राज्य हो । आज हामीले प्राप्त गरेको जमिनको लालपूर्जा वास्तवमा स्वामित्व होइन । यो त राज्यले उपभोग गर्न दिएको प्रमाण मात्र हो । त्यसो भएर नै हामी राज्यलाई भूमिकर तिर्छौं । स्वामित्वको कानुनी अवस्थाका ’boutमा राम्रै छलफल हुनसक्छ । सहजताका लागि लालपूर्जालाई नै स्वामित्वको प्रमाण मानौं । आज तपाईं हामीले उपभोग गरिरहेको जमिनको लालपूर्जा नगद तिरेर नै प्राप्त भएको होला । तर, विश्वास गर्नाेस्, त्यो जमिनको टुक्राको मूल स्रोत खोज्दै जाने हो भने कतै न कतै राज्य वा राज्याधिकारीको ‘कृपा’मै गएर ठोक्किनेमा कुनै शंका छैन । तपाईंका सात पुस्ताअघिका पूर्वजले वा तपाईंलाई जमिन बेच्ने विक्रेताका १० पुस्ताअघिका पूर्वजले कुनै राज्याधिकारीबाट ‘निगाह’का साथ बकस भएको हुन्छ । हुनसक्छ, राज्य भन्ने औपचारिक अंग नै नभएका बेला तपाईंका पूर्खाले ओगटेका थिए । त्यस्तोमा पनि कुनै न कुनै कालखण्डमा राज्यले लालपूर्जा अथवा हुकुम प्रमांगीजस्ता प्रमाण दिएर स्वामित्व जिम्मा लगाएको हुन्छ । जे होस्, जमिन नै सम्पन्नताको प्रतीक बन्यो । स्वाभाविक पनि हो ।

जसले जमिनमाथि हक प्राप्त ग¥यो उसले श्रम र पुँजी पनि कजाउँथ्यो । शक्तिको वास्तविक स्रोत नै जग्गा जमिन बन्न पुग्यो ।

अब आउँ मूल विषयतर्फ । किराँत, लिच्छवि वा मल्लकालको कुरा नगरौं । नेपालको एकीकरणपश्चात् पृथ्वीनारायण शाहको शासनकालको मात्र कुरा गरौं । राजाको सम्पत्ति स्वतः अर्काे राजामा सर्ने भयो ! तर राजाको सम्पत्ति भनेको के त ? बुझ्नोस् ! नेपालको सीमाभित्र रहेको सम्पूर्ण जग्गा जमिन पनि राजाकै सम्पति मानियो ! व्यवहारमै त्यस्तै थियो । जो कसैको उपभोगमा रहेको वा स्वामित्वमा रहेको जमिन पनि ‘सरकार लाग्यो’ भने पछि त्यसलाई राजाले जे पनि गर्न पाउने भए । त्यसबेला यो नै थियो ‘राजकीय सत्ता’ ! पृथ्वीनारायण शाहका वंशजका रूपमा राजा भएका पुस्ता दरपुस्ताले त्यही राजकीय सत्ता प्रयोग गरेका हुन् । १ सय ४ वर्षे राणा शासनकालमा राणाहरूले जबर्जस्ती नै भए पनि त्यही प्रत्यायोजित राजकीय सत्ता प्रयोग गरेका हुन् ।

आजभोलि हामी भुटानी शरणार्थी काण्ड, सुन काण्ड र ललिता निवास काण्डमा रमाइरहेका छौं । यीमध्ये सरकारी वा सार्वजनिक जग्गा कब्जा गरेर धनकुबेर बन्ने योजनाअन्तर्गत बुनिएको ललिता निवास जग्गा काण्डमा धेरै मुछिएका छन् । त्यसका वारेमा छानबिन हुँदै छ वा हुन्छ र दोषीमाथि कारबाही हुन्छ भन्ने आशा गरौं । म आज जुन ‘काण्ड’वारे कुरा उठाउँदै छु, ध्यान दिएर हेर्ने हो भने त्यो ललिता निवास काण्डभन्दा धेरै ठूलो देखिन्छ

श्री ५ र श्री ३ हुने सौभाग्य पाएकाले सम्पूर्ण नेपालकै एकलौटी इच्छानुसार हकभोग र वितरणको अधिकार पाए नै ।

पृथ्वीनारायण शाहपछि राजा भएका वा जंगबहादुरपछि श्री ३ बनेकाहरू त आफूखुसी जतिसुकै उपभोग गर्न पाउने हकदार बने नै । पृथ्वीनारायण शाहका अन्य छोराहरू र तिनका सन्तान दरसन्तान अनि त्यसपछि राजा बनेकाको त्यस्तै वंशज खलक कति फैलिएका होलान् ? राणाका अन्य भाइभारदार वा ‘ बी क्लास’ र ‘सी क्लास’ खलक कति छन् ? किटानका साथ उत्तर पाउन वास्तवमै कठिन छ । राजाका अन्य छोरालाई त्यसबेला अधिराजकुमार भनिँदैनथ्यो । तिनीहरूलाई ‘साहेबज्यू’ भनिन्थ्यो क्या र ! ती मुख्य साहेबज्यू, मुख्य चौतरिया, साहेबज्यू र चौतरिया कति थिए वा छन् ? ल्याइते रानीहरूका सन्तान इत्यादिका बृतान्त बेग्लै होलान् । अब यी सबैको सम्पत्तिको स्रोत के हो ? सीधा उत्तर हो– कुनै राजाज्ञा वा हुकुम प्रमांगीबाट प्राप्त जमिन ! पृथ्वीनारायण शाहका प्रतापसिंह शाह बाहेकका अन्य छोरा, राजा सुरेन्द्रका भाइ उपेन्द्र वा सुरेन्द्रका माहिला छोरा नरेन्द्र अथवा कैयन् राणा भाइभारदारले यस्तै लालमोहरबाट सम्पत्ति प्राप्त गरेका थिए । राजखलक वा राणाखलक मात्र होइन, पुरोहित गुरु वा सुसारे नोकरले पनि यसैगरी सम्पत्ति हासिल गर्दथे । आजको नेपालको जमिनदार भनिने वा खान्दानी धनी मानिने सबैजसोको सम्पत्तिको मूल स्रोत यस्तै ‘राजाज्ञा’ वा ‘हुकुम प्रमांगी’ नै हो । जंगल फँडानी गरेर आवाद गरेर बस्नु भन्ने सनद वा हुकुम प्रमांगी भएपछि जुनसुकै भूभाग स्वतः त्यो प्रापकको हुन्थ्यो ।

राजा त्रिभुवनका छोराहरू हिमालय र बसुन्धराका दरबारहरू कसरी बने भन्ने कुरो अलि पुरानै कुरा होला । राजा महेन्द्रका वीरेन्द्रबाहेकका श्री ५ उपाधि पाएका सन्तानहरूको कुरा उठाउँदै छु । यो त ‘हालै’को कुरो हो । राजा महेन्द्रका वीरेन्द्रबाहेक श्री ५ उपाधि प्राप्त अन्य पाँच सन्तान थिए वा छन्– छोराहरू ज्ञानेन्द्र र धीरेन्द्र अनि छोरीहरू शान्ति, शारदा र शोभा । वीरेन्द्र त राजगद्दीका उत्तराधिकारी युवराज भइहाले । अन्य छोराहरूले अंश सर्वस्व र छोरीहरूले दाइजो पेवा पाउनै प¥यो । स्वाभाविक कुरा हो । ज्ञानेन्द्र र धीरेन्द्रले महाराजगन्जमा निर्मल निवास र जीवन कुञ्ज पाए । छोरीहरूले काठमाडौं कमलादीमा विभिन्न गृह र सदन नाम गरेका दाइजो पाए । निर्मल निवास र जीवन कुञ्ज कसरी बन्यो ? त्यो जग्गा राजा महेन्द्रको निजी जग्गा हो ? त्यहाँ बनेका भवनहरू कसको खर्चमा बने ? ती जग्गा महेन्द्रका निजी सम्पत्ति हुन् भने कसरी प्राप्त भएको हो ? मसँग कुनै दस्तावेज त छैन । तर, म पूर्ण विश्वासका साथ भन्नसक्छु, त्यो सार्वजनिक अथवा निजी जग्गा हुकुम प्रमांगीद्वारा अधिग्रहणमार्फत प्राप्त भएको थियो । त्यति मात्र होइन, त्यहाँ बनेका संरचनासमेत राज्यकोषबाट बनेका हुन् भन्ने मेरो ठहर छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको काठमाडौं कमलादीस्थित भवन र त्यसले चर्चेको जग्गा त धेरैले देखेकै होलान् । त्यो सम्पूर्ण जग्गा स्वर्गीय महाराजाधिराज महेन्द्रको निजी जग्गा हो रे ! सहित्यानुरागी भाषाप्रेमी मौसुफबाट सो जग्गा प्रज्ञा प्रतिष्ठान स्थापना गर्न अत्यन्तै निगाहपूर्वक बक्सेको भन्दै जयजयकार गर्नेहरू पनि छन् । वास्तवमै त्यो जग्गा उनकै नाममा थियो र उनले उपलब्ध गराएको पनि साँचो नै हो । त्यो जग्गा मात्र होइन, त्यसभन्दा पूर्व र पुतलीसडक– कमलपोखरी सडकको पश्चिमको टुकुचा खोलासहित हाल काठमाडौं प्लाजा रहेको जग्गा पनि महेन्द्रका नाममै थियो । त्यति मात्र होइन, प्रज्ञा प्रतिष्ठानभन्दा पश्चिमको बाटोसहित अर्काे सयौं रोपनी जग्गा पनि महेन्द्रकै निजी जग्गा थियो क्या र ! प्रज्ञा प्रतिष्ठानको घरजग्गा महेन्द्रका कृपाले सार्वजनिक संस्थाको भयो, पूर्वपट्टिको काठमाडौं प्लाजा हाल आएर नेपाल ट्रस्टको अधीनमा आएको छ क्या र ! प्रज्ञा प्रतिष्ठान पश्चिमको सयौं रोपनी जग्गा महेन्द्रबाट आफ्ना प्यारी छोरीहरू शान्ति सिंह, शारदा शाह र शोभा शाहीलाई दाइजोका रूपमा दिइएको हो । महेन्द्रका छोरीहरू वा उनका सन्तानले धेरै जग्गा बिक्री गरिसकेका छन् । शोभा शाहीको चाहिँ धेरै उनकै स्वामित्वमा छजस्तो लाग्छ । अन्यथा त्यहाँ स्काईवाक टावरदेखि लिएर बैंक अनि सपिङ मलसम्म बनेको छ ।

पहिला राजा वा रानी अथवा राजपरिवारको निजी सम्पत्ति मानिएर हाल नेपाल ट्रस्टको स्वामित्वमा आएको काठमाडौं प्लाजा, पोखराको रत्नमन्दिर वा हिमागृह, चितवनको दियालो बंगला र हेटौंडाको कान्ति ईश्वरीको दरबारको अथवा गोकर्णको जग्गाको कुरा नगरौं । स्वर्गीय महाराज महेन्द्रको निजी भनिएको र हाल अंशका रूपमा उनका छोरा वा छोराका हकवालाहरूको स्वामित्वमा रहेको निर्मल निवास र जीवन कुञ्ज तथा छोरीहरूले दाइजोका रूपमा प्राप्त गरेको कमलादीस्थित सयौं रोपनी जग्गाको मात्र कुरा गरौं । ती जग्गा स्वर्गीय राजा महेन्द्रको निजी कसरी बन्यो ? के तिनले आफ्नो व्यक्तिगत रकम तिरेर कसैबाट किनेका हुन् ? सरकारको रेकर्डमा के छ ? के ती महेन्द्र सरकारको हुकुमनुसार अधिग्रहण गरेर महेन्द्र स्वयं वा उनका सन्तानको स्वामित्वमा गएको होइन र ? यहाँ उल्लिखित सयौं रोपनी जग्गाको वर्तमान बजार मूल्य के १ खर्बभन्दा कम होला ?

आखिर ललिता निवास काण्ड के हो ? सरकारी वा सार्वजनिक जग्गा हडपिन खोजेको काण्ड हो । माथि उल्लिखित जमिनहरू पनि हडपिएकै होइनन् र ? राजतन्त्र भएको मुलुकमा राजालाई प्राप्त कानुनी अधिकार प्रयोग गरेर कानुनी रूपमा जग्गा प्राप्ति भएको भन्ने तर्क गरिएला । कानुन त पालना भएकै हो । ललिता निवास काण्डमा कानुनका छिद्रहरूमा खेलेर जग्गा प्राप्त गर्ने प्रयास भएको छ । राजतन्त्रले त आफूखुसी कानुन बनाएर आफूलाई कानुनभन्दा माथि राखेर जग्गा प्राप्त गरेको पो देखियो त ! कानुनको छिद्र खोजेर फाइदा लिन खोज्ने र आफूखुसी मनपरी हुकुमी कानुन बनाएर धनी हुनेमा को बढी दोषी ? ध्यान दिएर हेर्ने हो भने दुवैमा राष्ट्रको सार्वजनिक सम्पत्तिको दोहन अपराध छ । ललिता निवासमा वर्तमान मूल्यमा १०÷१२ देखि २० अर्बको चलखेल होला । माथि उल्लिखित जग्गाहरूको वर्तमान मूल्यमा कम्तीमा १ खर्बको चलखेल छ । यहाँ महेन्द्रका औपचारिक सन्तानका स्वामित्वमा आएका जग्गा जमिनको मात्र हिसाब गरिएको हो । यस्ता अनगिन्ती उदाहरण होलान् ! छन् नै !

यस आलेखमार्फत मैले हाल स्वामित्व कायम रहेका कसैका विरुद्ध एकशब्द बोलेको छैन । उनीहरूबाट ती जग्गा जमिन खोसिनुपर्छ पनि पटक्कै भनिरहेको छैन । म त फगत हाम्रो समाजमा धेरै अघिदेखि कैयन् ‘लुकेका ललिता निवास’ छन् भन्ने सम्म तथ्यको विनम्र उल्लेख गर्दै छु । त्यस्ता ‘ललिता निवास’ वास्तवमा नेपालका सम्पत्ति हुन् मात्र भन्दै छु । जतिसुकै नराम्रो देखिए पनि गणतन्त्र एकतन्त्रीय व्यवस्थाभन्दा उत्तम छ पनि भन्न खोज्दै छु कि ? निक्र्योल गर्ने जिम्मा पाठकको !

तपाइको प्रतिक्रिया
(Visited 409 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब