इजरायल–हमास युद्ध पुनः सुरु

काठमाडौं । इजरायल–हमास युद्धविराम समयसीमा सकिएसँगै पुनः युद्ध सुरु भएको छ । इजरायली सेनाले युद्धविरामको म्याद सकिएपछि गाजामा पुनः कारबाही सुरु गर्दै हवाई हमला र तोपखाना चलाएको बताएको छ ।

इजरायली सेनाले हमास समूहले युद्धविरामका सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै पुनः युद्धको बाटो रोजेको जनाइएको छ । इजरायली हवाई हमलाहरू दक्षिणसहित एन्क्लेभभरि रिपोर्ट गरिएको छ, जुन पहिले नागरिकहरू भाग्नका लागि सुरक्षित रहेको भनिएको थियो ।

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली हमलाको प्रारम्भिक पुनस्र्थापनामा दर्जनौं प्यालेस्टाइनी मारिएको र घाइते भएको बताएको छ । अस्थायी युद्धविरामको म्याद सकिन १ घण्टाअघि रकेट र गोलाबारीको रिपोर्ट आएको थियो ।

इजरायलले हमासले सम्झौताको उल्लंघन गरेको बताएको छ । मध्यस्थकर्ता कतारबाट कुनै प्रतिक्रिया आएको छैन । तर, कतारी र इजिप्टका मध्यस्थकर्ताहरूबीच वार्ता जारी रहेको रिपोर्टहरू आएको जनाइएको छ ।

गाजापट्टीमा इजरायलले धेरै हवाई आक्रमण गरेकाले अहिले त्यहाँको स्थिति भयावह भइरहेको छ । विस्फोट र गोलाबारीको आवाजले मानिसहरू आक्रान्त बनेको हमासको दाबी छ ।

सात दिनसम्म चलेको युद्धविराममा हमासबाट बन्धक १ सय १० र इजरायलले बन्दी बनाएका २ सय ४० प्यालेस्टिनीलाई रिहाइ गरिएको बताइएको छ । गत ७ अक्टोबरमा इजरायलमा हमासले गरेको आक्रमणमा परी १ हजार २ सयबढीको मृत्यु भएको थियो

ल छुटेनन् विपीन


हमासले बन्धक बनाएका १ सय १० जना छुट्दा नेपाली विद्यार्थी विपीन जोशी भने अझै छुटेका छैनन् । परराष्ट्र मन्त्रालयले विपीनको रिहाइका लागि पहल गरिरहेको बताए पनि कमजोर कूटनीतिका कारण जोशी छुट्न नसकेका बताइएको छ । हमाससँग नजिक रहेको कतारसँग मात्र पनि नेपालले राम्रो समन्वय गरेको भएको जोशी छुट्ने सम्भावना बलियो रहेको जानकार बताउँछन् ।

यस विषयमा कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालसँग बुझ्न खोज्दा उनले प्रतिक्रिया दिन मानेनन् । केही समयअघि इजरायलस्थित नेपाली दूतावासका अनुसार गत ७ अक्टोबरमा दक्षिणी इजरायलको किबुज अल्मुनियममा हमास समूहले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लागेकाहरूमध्येमा नेपाली विद्यार्थी जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएका थिए ।

तथापि, उनको पछिल्लो अवस्था’bout यकिन गर्न नसकिएको र जोशी हालसम्म पनि सम्पर्कविहीन नै रहेको एवं खोजीकार्य जारी रहेको दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : कर्णबहादुर मल्ल