सक्षम नेताका गुण

कुनै पनि राष्ट्र वा संघसंस्थाको प्रगति तथा समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक हुन्छ । सक्षम नेतृत्व त्यस्तो नेताले दिन सक्छ, जसको हृदयमा इमानदारिता र मस्तिष्कमा भावनात्मक बुद्धिमत्ता हुन्छ । यस्ता गुण भएका नेता नै सक्षम नेता हुन् । सक्षम नेता नै हरेक राष्ट्र वा संघसंस्थाको आवश्यकता हो । त्यसैले नागरिक तथा संघसंस्थाका सदस्यले नेता चुन्दा नेतामा यी दुई गुण छ कि छैन हेर्नुपर्छ ।

के हो भावनात्मक बुद्धिमत्ताः
आफ्नो क्षमता र अरूको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि होसहवास नछोड्ने, कठिनाइमा अवसर खोज्न सक्ने, आफूलाई आफैंले उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धको भावनाको तालमेल गर्न सक्ने खुबी नै भावनात्मक बुद्धिमत्ता हो ।

प्रसिद्ध लेखक तथा जीवनमा भावनात्मक बुद्धिमत्ताको विषयमा वर्षौंदेखि शोध गर्दै आएका शोधकर्ता प्रा. डेनियल गोलमैनको भनाइ छ, बुद्धिमत्ता समर्थता त्यो अश्वशक्ति हो, जसले मानिसको मस्तिष्कलाई सफलताको चुचुरोमा पुग्ने आत्मविश्वास, शक्ति र सामथ्र्य दिन्छ । बुद्धिलब्धि (आईक्यू) ठुलाठुला शैक्षिक योग्यता तथा प्राविधिक विशेषताभन्दा बढी महत्वपूर्ण हुन्छ, भावनात्मक बुद्धिमत्ता (ईक्यू) । कठिन, असहज तथा विषम परिस्थितिमा बुद्धिको भन्दा पनि भावनात्मक समर्थताको महत्वपूर्ण भूमिका हुन्छ, जुन मस्तिष्कले भावनात्मक समर्थता प्रर्दशन गर्न सक्छ, उसले जस्तोसुकै परिस्थितिमा पनि समस्याको निक्र्योल निकाल्न सक्छ ।

विगत लामो समयदेखि वैदेशिक नांगो हस्तक्षेप र समस्या नै समस्याको चक्रब्यूहमा परेको हाम्रो देश नेपाललाई चाहिएको नेता पनि यस्तै होइन र ?

आईक्यू र ईक्यूः
बुद्धिलब्धि (आईक्यू) र भावनात्मक बुद्धिमत्ता (ईक्यू) फरकफरक मानसिक क्षमता हुन् । साधारणतया जुन व्यक्तिको स्मरणशक्ति तथा आईक्यू बढी हुन्छ, त्यो व्यक्तिले पढाइलेखाइमा राम्रो गर्न सक्छ । तर, आईक्यू बढी भएका तथा उच्च शैक्षिक सफलता प्राप्त गरेका सबै व्यक्तिले उच्च पेसागत दक्षता वा प्रभावकारी नेतृत्वदायी भूमिका प्रर्दशन गर्छन् भन्ने छैन । डा. बाबुराम भट्टराई यसको ज्वलन्त उदाहरण हुन् । यसको ठिकविपरीत आईक्यू कम भएका तथा उच्च शैक्षिक सफलता प्राप्त गर्न नसकेका कतिपय व्यक्तिले उच्च पेसागत दक्षता वा प्रभावकारी नेतृत्वदायी भूमिका निभाउन सक्छन् । हाम्रो वरिपरि यस्ता हजारौं उदाहरण छन् । यसको कारण के हो ? यसको प्रमुख कारण हो, आईक्यूभन्दा बढी महत्वपूर्ण हुन्छ, ईक्यू (इमोसनल कोसेन्ट अर्थात् भावनात्मक बुद्धिमत्ता), स्मरणशक्तिभन्दा बढी महत्वपूर्ण हुन्छ, बौद्धिक स्मरणशक्ति (इन्टेलिजेन्स मेमोरी ।)

बौद्धिक स्मरणशक्तिः
मानिसको सामान्य स्मरणशक्ति उसको चेतन प्रक्रियासँग सम्बन्धित हुन्छ, जसको मानिसलाई प्रत्यक्ष अनुभव हुन्छ, विशेषतः यो स्मरणशक्तिले कार्य नगर्दाको अवस्थामा १ यो हाम्रो सामान्य स्मरणशक्ति हो, जसले ठीकसँग कार्य गरेन भने बिहान राखेको पर्स वा चाबी कहाँ राखियो भन्ने कुरा बिर्सन सकिन्छ । यसप्रकारको स्मरणशक्तिको दैनिक जीवनमा महत्व त हुन्छ तर योभन्दा पनि बढी महत्वपूर्ण छ, मानिसको बौद्धिक स्मरणशक्ति !

किन मानिसले आफूले जति छिटो र तर्कपूर्ण ढंगले सोच्न सक्थें, त्यसरी सोच्न नसकेको गुनासो गर्छन् ? किन मानिसले साथीसंगी तथा आफन्तले झैं सवालजवाफ गर्न, समस्या समाधान गर्न, चुटकिला भन्न तथा तर्क अघि सार्न पछि परेको महसुस गर्छन् ? अरूले जवाफ दिएपछि ए, हो त नि, यो कुरा मलाई पहिला किन आएन ? मैले किन यस्तो अनुमान गर्न सकिनँ ? मैले किन यस्तो सोच्न सकिनँ ? भन्ने पछुतो गर्छन् ? अतः उपर्युक्त सबै कुरा बौद्धिक स्मरणशक्तिसँग सम्बन्धित छन् ।

भावनात्मक बुद्धिमत्ता र बौद्धिक स्मरणशक्ति तथा इमानदारिता भएको व्यक्ति सक्षम नेता बन्न सक्छ

बौद्धिक स्मरणशक्ति, यस्तो स्मरणशक्ति हो, जसले सिर्जनात्मक विचार र सामान्य स्मरणका अंशलाई सँगसँगै, एकाकार बनाएर स्मृतिमा ल्याउँछ । बौद्धिक स्मरणशक्ति विचार तथा जुक्तिका साथसाथ एक मानसिक प्रक्रिया हो, जसलाई सिर्जनशील वा बौद्धिक सोच भन्ने गरिन्छ । बौद्धिक स्मरणशक्तिले मानिसको बृद्धिमत्ताका लागि ऊर्जाको कार्य गर्छ । यसले मानिसलाई छिटो समस्या समाधान गर्न तथा सिर्जनात्मक ढंगले सोच्न सहयोग गर्छ । वास्तवमा यही स्मरणशक्तिले नै मानिसलाई स्मार्ट र सफल बनाउँछ । त्यसैले बौद्धिक स्मरणशक्तिलाई सफलताको मुटु मान्न सकिन्छ ।

अतः मस्तिष्कमा भावनात्मक बुद्धिमत्ता र बौद्धिक स्मरणशक्ति तथा हृदयमा इमानदारिता भएको व्यक्ति नै जस्तोसुकै परिस्थितिमा पनि समस्याको निक्र्याैल निकाल्न सक्ने एक सक्षम नेता बन्न सक्छ । राष्ट्रलाई समृद्धशाली बनाउन यस्तै नेतृत्वको आवश्यकता पर्छ । त्यसैले जुन व्यक्तिसँग भावनात्मक बुद्धिमत्ता तथा बौद्धिक स्मरणशक्ति कम छ, त्यो व्यक्ति नेता बन्नु नै हुँदैन । नागरिकले यस्ता व्यक्तिलाई नेता मान्नु नै हँुदैन । त्यो ’cause यदि नेतासँग इमानदारिता भएन भने राजनीति बेइमान हुन्छ, राजनीतिमा अपराधीकरण बढ्छ, राष्ट्रियता कमजोर हुन्छ, देशको स्थिति सुकेनासले खाएको बिरामीजस्तो हुन्छ । अर्को शब्दमा भन्ने हो भने देशको स्थिति नेपालको जस्तो हुन्छ । यदि नेता व्यक्तिगत रूपमा इमानदार छ तर ऊसँग भावनात्मक बुद्धिमत्ता कम छ भने उसको हाल स्व. नेता कृष्णप्रसाद भट्टराइ, मनमोहन अधिकारी तथा सुशील कोइरालाको जस्तो हुन्छ ।

नेताको परीक्षाः
राजनीतिमा नेताको वास्तविक परीक्षा भनेको नै सत्ता हो । विद्रोह वा प्रतिपक्षको आन्दोलन भनेको सेन्टअपजस्तै हो । जब कुनै पार्टी विद्रोह, आन्दोलन वा प्रतिपक्षबाट सत्तामा पुग्छ अनि उसको फाइनल परीक्षा सुरु हुन्छ । अतः सेन्ट अपमा जतिसुकै धेरै अंक ल्याएको भए तापनि नेपालका हरेक नेता यही फाइनल परीक्षामा फेल भएको लामो इतिहास छ । यसरी नेतृत्व असफल हुनुको प्रमुख कारण भनेको नै इमानदारिता र भावानात्मक बुद्धिमत्ताको अभाव हो । पटकपटक फेल भएका नेतालाई पुनः पुनः सत्तामा पराउनु नागरिकको भयानक कमजोरी हो ।

सुधार सम्भवः
मनोविज्ञानमा एउटा प्रविधि छ, जसलाई मोडलिङ भनिन्छ । यस प्रविधि रामले कुनै कार्य गर्न सक्छ भने श्यामले पनि त्यो गर्न सक्छ भन्ने सिद्धान्तमा आधारित छ । यसैको आधारमा भावनात्मक सक्षमता सिक्न र आफूमा विकास गर्न सकिन्छ । यसका लागि सम्बन्धित पेसामा उच्च दक्षता प्राप्त गर्न कस्तो किसिमको सक्षमता आवश्यक हुन्छ, सो अवगत गर्न सर्वप्रथम त्यो पेसामा संलग्न प्रसिद्ध मानिसलाई हेर्नुपर्छ । उनीहरूले आफ्नो पेसामा कस्तो सक्षमता प्रदर्शन गरेका छन्, त्यो निर्धारण गर्नुपर्छ । र, त्यो सक्षमता आफूमा विकास गर्न अग्रसर हुनुपर्छ । तर, नेपाल र नेपाली नागरिकको बिडम्बना नेपालका कुनै पनि नेता यस दिशातर्फ अग्रसर भएको देखिँदैन । त्यसैले जुन नेता जतिपटक सत्तामा पुगे पनि उही अक्षम शेरबहादुर साबित हुन्छन् ।

पछारमाः
अतः कुनै पनि महान् कार्य गर्न वा सफलतापूर्वक सत्ताको नेतृत्व गर्न इमानदारिता र भावनात्मक समर्थता आवश्यक हुन्छ । र, एक समर्थ नेतृत्वको सत्ताले नै सफलतापूर्वक राष्ट्रको नेतृत्व गर्न सक्छ र देशलाई चामत्कारिक ढंगले जमिनबाट अकाशमा पु¥याउँछ । थुप्रै राष्ट्रहरू यसरी नै समृद्धिशाली भएका छन् । त्यसैले सुन्दर, शान्त र समृद्ध नेपालको परिकल्पना गर्नेहरूले आफूमा तनमनका साथ यस्तो भावनात्मक समर्थता विकास गर्नेतिर लाग्नुपर्छ । इमानदार राजनीति गर्नुपर्छ वा यस्ता गुण भएका व्यक्ति राजनीतिमा आउनुपर्छ ।

यहाँ जनसाधारणले बुझ्नुपर्ने कुरा के भने भिडमा चर्का छेपारे नारा दिने, जोड्नभन्दा तोड्नतिर लाग्ने, सधैं होचुवा ठुलाठुला कुरा गर्ने, रिस उठ्ने बित्तिकै गोलीको भाषा बोल्ने, समस्याको दूरदर्शी समाधान खोज्ने होइन, झन् समस्या थप्ने, जसरी भए पनि सत्तामा पुग्ने अभिष्ट राख्ने व्यक्ति बेइमान र अक्षम नेता हो । यस्तो सोच, शैलीको अक्षम नेताबाट सुन्दर, शान्त र समृद्ध नेपालको परिकल्पना गर्नु बेकार छ ।

तपाइको प्रतिक्रिया
(Visited 83 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी