किरात गोल्डकपः पाँचथरको विजय सुरुवात

पाँचथर । सदरमुकाम फिदिममा हिजो शनिबारदेखि सुरु भएको प्रथम वाइ वाइ किरात गोल्डकप फुटवल प्रतियोगितामा आयोजक पाँचथर फुटवल क्लवले विजय सुरुवात गरेको छ ।

फिदिम खेलमैदानमा शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा मित्तेरी फुटवल क्लव तेह्रथुम विरुद्ध २–० को जीत निकाल्दै पाँचथर प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको हो । पाँचथरको लागि खेलको ४३ औं मिनेटमा सुकराज राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको अतिरिक्त समयमा बिषाल भण्डारीले गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको अतिरिक्त समयमा तेह्रथुमको तर्फबाट खेलेका दुई विदेशी खेलाडी ग्लोरी र पेपेले अभद्र व्यवहार देखाएपछि प्रमुख रेफ्रि राजु थापा मगरले क्रमशः रातो कार्ड देखाएका थिए । त्यसपछि मैदानमा तनाब सिर्जना भएको थियो । तेह्रथुमका अफिसियलले मैदानभित्रै प्रवेश गरेर अस्वभाविक व्यवहार देखाएका थिए ।

खेलको अत्तिरिक्त समय सकिन करीब दुई मिनेट बाँकि हुँदा मित्तेरी क्लव तेह्रथुमको खेलाडीले मैदान छाडेर गएपछि प्रमुख रेफ्रि राजु थापा मगरले अन्तिम ह्वीसेल बजाएसँगै पाँचथर २–० ले विजयी बनेको हो ।

खेलको म्यान अफ् दि म्याज पाँचथर फुटवल क्लबका बिषाल भण्डारी बने । उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे । प्रतियोगिताको दोस्रो खेल आइतबार दिउँसो साँढे एक बजेदेखि रेडहर्ष क्लव इलाम र बिर्तामोड युनाइटेड झापाबीच हुने आयोजक संस्थाका अध्यक्ष अनुराग केप्छाकी मगरले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा