ट्रकले लियो मोटरसाइकल चालकको ज्यान

राजविराज । पूर्वपश्चिम राजमार्ग को सुरुङ्गा नगरपालिका-४ स्थित कुशहा–कदमाहा सडक खण्डमा शनिबार बिहान ट्रकले ठक्कर दिदा एक जना मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ख०३६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको अनटेष्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार सुरुङ्गा नगरपालिका ५ बस्ने ३५ वर्षिय मोहम्मद हारुनको घटनास्थलमै मृत्यु भएको हो ।

तीब्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा हारुनको मृत्यु भएपछि आक्रोसित स्थानीयवासीले करिब १ घण्टा राजमार्ग अवरुद्ध पारेका थिए ।

ठक्कर दिने ट्रक चालक उदयपुरको कटारी नगरपालिका ९ बस्ने बिक्रम राई तथा ट्रकलाई नियन्त्रणमा लिई स्थानीयलाई सम्झाई बुझाई गरेपछि आवागमन सुचारु भएको र घटना’bout थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

“ट्रक र चालकलाई हामीले नियन्त्रणमा लिएका छौं, मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको छ, डिएसपी नेउपानेले भने, सवारी ज्यान मुद्दा अन्तरगत कारवाही हुन्छ ।”

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनका शीर्षनेता पोखरामा : नयाँ युगको सुरुआत अहिलेको गठबन्धनबाटै