पूर्वमन्त्री खड्का सवार गाडीलाई धनकुटामा टिपरको ठक्कर

धनकुटा । पूर्व राज्यमन्त्री एवं संखुवासभाका प्रतिनिधि सभा सदस्य दिपक खड्का सवार गाडीलाई शनिवार साँझ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा टिपरले ठक्कर दिएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् भने टिपर पल्टिएर सडक ढाक्दा कोशी राजमार्गको भेडेटार–धनकुटा सडकखण्ड अवरुद्ध भएको छ ।

पाँचथरबाट विराटनगरतर्फ जाँदै गरेका सांसद खड्का सवार प्रदेश १–०२–००२ च ३५४५ नम्बरको स्कार्पियो गाडीलाई विपरित दिसाबाट आउँदै गरेको प्रदेश २–०३–००१ क १५२१ नम्बरको टिपरले साँझ करिब ७:१५ बजे ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट सांसद खड्का सवार गाडीको पछाडिको भागमा क्षति पुगेपनि सांसदसहित गाडीमा सवार सबै जना सशुसल रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । ‘गाडी ठोक्किदा माननीय ज्यूको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । गाडी घटनास्थलमै छ । उहाँहरुलाई हामीले प्रहरीको गाडीमा राखेर पठाएका छौं,’ डीएसपी महर्जनले भने ।

संखुवासभाका कांग्रेस सभापतिसमेत रहेका सांसद खड्काको गाडीमा पाँच जना सवार थिए । दुर्घटनामा टिपरका सहचालक सिरहाका दिपेन्द्र कुसियत घाइते भएका हुन् । उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

दुर्घटनामा टिपर पल्टिएर सडक ढाकेपछि सवारी आवतजावत अवरुद्ध भएको छ । ओरालो बाटोमा ब्रेक फेल भई टिपरले स्कार्पियोलाई ठक्कर दिएर पल्टिएको बताइएको छ । सडक अवरुद्ध हुँदा सो स्थानमा अहिले दर्जनौं सवारी साधन रोकिएर बसेका छन् । टिपर हटाएर सडक खुलाउँन क्रेन मगाइएको भेडेटारका प्रहरी इन्चार्ज टंकप्रसाद कोइरालाले जानकारी दिए ।

अवरुद्ध कोशी राजमार्ग १७ घण्टापछि सञ्चालनमा
शनिबार साँझदेखि अवरुद्ध कोशी राजमार्ग १७ घण्टापछि सञ्चालनमा आएको छ। शनिबार साँझ करिब ७ बजेबाट धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमाटिपर पल्टिएर सडक ढाकेपछि सवारी आवतजावत अवरुद्ध भएको थियो।

ओरालो बाटोमा ब्रेक फेल भएका टिपरले स्कारपियोलाई ठक्कर दिएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अवरुद्ध सडक आइतबार दिउँसो १२ बजेपछि सञ्चालन भएसँगै रोकिएको दर्जनौं सवारी साधन गन्तव्य तर्फ लागेको धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले जानकारी दिए ।

दुर्घटनापछि विराटनगरबाट क्रेन ल्याएर सडक खुलाउने प्रयास भएपनि रात परेको र एउटा मात्र क्रेनले नसकेपछि अर्को क्रेन ल्याउँदा समय लागेको हो । आइतबार पुन अर्को क्रेन ल्याएर दुइवटा क्रेनको सहायता सडक सञ्चालनमा आएको हो।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा ५ मात्र महिला वडाध्यक्ष