खाली पर्खालमा स्थानीय कला, संस्कृति झल्काउने पेन्टिङ गर्दै धनगढी

धनगढी । विगतमा पर्चा, पम्प्लेट र भित्तेलेखनले भरिभराउ धनगढीस्थित पार्क क्षेत्रको पर्खाल अब कला संस्कृतीले सुसज्जित हुन थालेको छ । सार्वजनिक पर्खालमा वाल पेन्टिङ गरेर धनगढी उपमहानगरपालिकाले सौन्दर्यीकरण गर्न थालेको हो ।

राजनीतिक नारा लेख्न प्रयोग भएका पर्खालमा धनगढी उपमहानगरको पहलमा सुदूरपश्चिमका कला, संस्कृति झल्किने र पर्यटकीय स्थल चिनाउने चित्र कोरिन थालिएको छ । धनगढीपार्क क्षेत्रका पर्खाल विगतमा पर्चा, पम्प्लेटले भरिभाउ हुन्थ्यो । राजनीतिक दलका पम्प्लेटदेखि विभिन्न संस्था, व्यापारिक फर्मका पर्चा पर्खालमा टाँसिएका हुन्थे । अब भने त्यसमा थारू समुदायको सखिया नाच, पहाडी समुदायको भुवा नाच, रानाथारू समुदायको मौलिकता झल्काउने चित्र बनाइएको छ ।

यसैगरी सुदूरपश्चिमका पर्यटकीय क्षेत्रसहित प्रसिद्ध धार्मिक स्थलको चित्र पनि पर्खालमा उतारिएको छ । धनगढीको सौन्दर्य बढाउने उद्देश्यका साथ पर्खालमा कला, संस्कृति झल्किने र पर्यटकीय स्थलको उजागर गर्ने खालका चित्र बनाउने कार्य भइरहेको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए ।

’अहिले धनगढी रङ्गशालाको पर्खालबाट सौन्दर्यीकरणको कार्य सुरु भएको छ,’ उनले भने, ’तर नगर क्षेत्रको यस्ता सबै पर्खाललाई सजाउने काम गर्छौैं।’ सहरमा भएका पर्खाल अहिलेसम्म राजनीतिक दलको नारा लेख्न, पर्चा, पम्प्लेट टाँस्न मात्रै कामै आएको उल्लेख गर्दैै प्रमुख हमालले अब त्यसलाई सुन्दर बनाउने उल्लेख गरे ।

पर्खालमा बनाइएको चित्रले कला, संस्कृति र पर्यटकीय स्थलको प्रचारप्रसारमा सहयोग पुग्ने जनाइएको छ । पेन्टिङ गरिएको पर्खालमा जथाभावी पर्चा, पम्प्लेट नटाँस्न, नलेख्न र पान, गुट्खा खाएर नथुकी दिन उपमहानगरपालिकाले आग्रह गरेको छ ।

‘हाम्रो धनगढी हामी बनाउँछौँ,’ अभियान सञ्चालन गरी धनगढी सहरलाई सफा, सुग्घर र सुन्दर बनाउने पहल भइरहेको छ । सहरी क्षेत्रबाट उत्पन्न हुने फोहोर व्यवस्थापनका लागि फोहोरबाटै मोहर बनाउने कार्य जारी छ । सो पालिकामा प्लास्टिक प्रयोगमा रोक लगाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 249 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्तो आयो काठमाडौंको ताजा परिणाम