Saturday, June 6, 2020
Home Editor-Picks लकडाउनले तामाकोशीको ७६ मेगावाट विद्युत उत्पादन नरोकिने

लकडाउनले तामाकोशीको ७६ मेगावाट विद्युत उत्पादन नरोकिने

दोलखा । असारमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन गर्ने कार्यतालिका रहेकोले लकडाउनको समयमा पनि सरकारले तामाकोशी जलविद्युत आयोजनाको काम नरोक्ने जनाएको छ ।

सरकारले ठूला आयोजनाले बाहिरका कामदारलाई प्रवेश नदिई स्थानीय प्रशासनको सहजीकरणमा काम गर्नसक्ने निर्णय गरेकोले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको तामाकोशी आयोजनाको काम चालू रहने भएको हो ।
आयोजना रहेको वडाका वडाध्यक्ष नारायण गुरुङ र स्थानीय सुरक्षा निकायहरूसँगको उपस्थितिमा सहजीकरण समन्वय बैठक गरि काम चालू रहने निर्णय गरेको आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले बताए ।

न्यौपानेले भने स्थानीय तह, स्थानीयबासी, स्थानीय प्रशासन र सुरक्षा निकायहरूको आपसी सहकार्य, सहयोग र समन्वयमा हाल आयोजनास्थलमा रहेका कामदार र कर्मचारीहरू मात्रै परिचालन गरी निर्माण कार्यलाई पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय भएको छ ।

आगामी असारभित्र आयोजनाको पहिलो युनिट सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको उनले दाबि गरे । लकडाउन अवधिमा बाह्य आगमन पूर्णरूपमा निषेध गरिएको र आयोजनास्थलमा रहेका सबैको स्वास्थ्य र सुरक्षामा विशेष ध्यान दिने छौं न्यौपानेले प्रतिबद्धता जाहेर गरे ।

आयोजनाको बाँध तथा बालुवा थिग्राउने पोखरीको समेत परीक्षण गरेकाले आयोजनाकोे कुल भौतिक प्रगति ९९ दशमलव तीन प्रतिशत पुगेको उनले बताए । स्वदेशी लगानीमा निर्धाणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रमुख काम करिब सम्पन्न हुने चरणमा पुगेको छ । मात्रै आयोजनाको जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने काममा भने अपेक्षित प्रगति भएको छैन । आयोजनाका अनुसार बाँध, मुहान गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिएको छ र त्यो सफल भएको छ । सबैभन्दा जटिल ठानिएको आयोजनाको तल्लो साफ्टमा तीन सय ७३ मिटरमध्ये दुई सय ७० मिटर पाइप जडान र माथिल्लो साफ्टमा ३१० मिटरमध्ये १५० मिटरको काम सकिएको छ ।

पाइप जडानको काम आगामी वैशाख महिनाभर सकिने दावी गरिए पनि लकडाउनका कारण काम रोकिएपछि लक्ष्य प्रभावित हुने अवस्था आएको छ । ठाडो सुरुङको कामपछि माथिल्लो र तल्लो ठाडो सुरुङका बीचमा रहेको तेर्सो भागमा पाइप जडान गरिनेछ ।

(Visited 98 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

भर्खरै

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् । निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

सप्तरीमा ७ संक्रमित थपिए, ७५ दिनमा संक्रमितको संख्या ७७ पुग्यो

सप्तरी, राजविराज । सप्तरीमा दिनहु कोरोना संक्रमित थपिने क्रम बढदो छ । पछिलो पटक शनिबार पनि ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)