जनताको घरमा सेवा पु-र्याउने छु: मन्त्री सिंह

सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको छ । मधेस प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्था मन्त्री चन्दन सिंहले जिल्ला समन्वय समितिको भवनमा स्थापना भएको यातायात व्यवस्था कार्यालयको आइतवार उद्घटन गरेका छन् ।

कार्यालयको उद्घाटन गर्दै मन्त्री सिंहले घरघरमा जनता राजको स्थापना गर्न आफु र आफ्नो पार्टी लागिपरेको बताए। जनमत पार्टीबाट मन्त्री बनेका मन्त्री सिंहले हाम्रो पार्टीले श्रम तथा यातायात व्यवस्था मन्त्रालय र शिक्षा मन्त्रालय गरि दुईवटा मन्त्रालय पाएको र ती दुबै मन्त्रालय जनतासँग प्रत्येक्ष सरोकार राख्ने भएकोले पार्टीको सिद्धान्त बमोजिम जनताराजको स्थापना गरि जनताको घरघरमा सेवा पुर्याउन आफु र आफ्नो पार्टी लागिपरेका बताए ।

अनलाइन सिस्टमको व्यवस्था गरिएकोले लाइसेन्स लिनको लागि प्रदेशको जुनसुकै ठाउँबाट आवेदन फारम भर्न सक्ने मन्त्री सिंहले बताए । उनले यातायात कार्यालय जनतासँग सरोकार राख्ने कार्यालय भएकोले यसको स्थापनापश्चात सर्लाहीका जनताहरूले प्रत्यक्ष रूपमा फाइदा पाउने बताए । यातायात कार्यालय नहुदाँ यहाँका जनताहरूले सवारी साधनको कर बुझाउन,लाइसेन्स लिन,सवारी दर्ता गराउन लगायतका कामका लागि महोत्तरीको बर्दिबास,बिरगंज ,जनकपुरधाम लगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको थियो ।समयमा शुल्क बुझाउन नसक्दा करभन्दा पनि जरीवाना तिर्नुपर्ने अवस्था रहेको थियो। कार्यालय स्थापनासँगै जनताको पैसा र समय दुवै बचत हुने भएको छ ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद जंगीलाल राय,कौशल किशोर राय,उपेन्द्र महतो,पुर्व मन्त्री हरि उप्रेती ,पुर्वसांसद प्रमोद साह ,जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,जिस उपप्रमुख जितेन्द्र कुशवाहा, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका दुई पालिकाको नगरप्रमुखमा एकिकृत समाजवादी निर्वाचित