नेपाल एयरको ट्विनअटर विमान रारा बिमान स्थलमा ग्राउण्डेड

मुगु । नेपाल एयरलाइन्सको ट्विनअटर विमान रारा विमानस्थलमा ग्राउण्डेड भएको छ। नेपालगन्जबाट राराट्विनअटर विमानस्थल पुगेको नेपाल एयरलाइन्सको नाइन एनएबियु कल साइन भएको विमान ग्राउण्डेड भएको हो ।

तीन यात्रु बोकेर आइतबार बिहान ११ बजे विमानस्थल पुगेको जहाज नेपालगन्ज फर्कने बेलामा ब्याट्रीमा समस्या देखिएको थियो। जहाँजमा समस्या आएपछि नेपालगंजबाट इन्जिनियर झिकाएर चेकजाँच गरिएको थियो।

नेपालगंजबाट ब्याट्री ल्याएपछि १३ जना यात्रुसहित जहाँज सोमबार नेपालगन्ज उडान भर्ने नेपाल एयरलाइन्स रारा विमानस्थलका नेत्र भामले जानकारी दिए। उक्त एयरलाइन्सबाट नेपालगन्ज जाने १३ जना यात्रुहरू रारा विमानस्थलस्थित होटलमा बसेका छ्न ।

साथै आज सोमबार बिहान नै देखि मुगु र रारा विमानस्थलमा मोेसममा गडबडी आज पनि जहाज बिमान स्थलमै ग्राउन्डेड हुने सक्ने देखियोको छ । आज समबार मुगुको उच्च हिमाली भेगमा हिमपात भैरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगर मतगणना : समाजवादीका उम्मेदवारको मत ३ हजार बढी