कठैबरा तिम्रो समाजवाद !

नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवाद, नेकपा (एमाले) समाजवाद हुँदै साम्यवाद, माओवादी समाजवाद हुँदै साम्यवाद, माधवजीको पार्टी समाजवाद, उपेन्द्रजी समाजवाद, बावुरामजी समाजवाद, वैध, विप्लव, मोहनविक्रम सबै समाजवाद हुँदै अगाडि बढ्ने, चार दलको मोर्चाको नाम पनि समाजवाद, यिनीहरूका विधान दस्तावेज सबैमा समाजवाद, देशको संविधानको किताबमा पनि समाजवाद, राजनैतिक बजार यस्तो भइसकेको छ कि यहाँ समाजवादभन्दा तलको कुनै माल बिक्री हुँदैन ।

समाजवाद शब्द लेखिएन भने दक्षिणपन्थी सुधारवादी, संशोधनवादी, यथास्थितिवादी भन्छन् कि भनेर हामीलाई डर लाग्ने गर्दछ ।

ल ठिक छ, हामी सबैले यो शब्दावलीको प्रयोग गर्यौ, राम्रो छ, तर यो शब्द हामीले कुन प्रयोजनका लागि प्रयोग गर्यौं ? बाध्यताले गर्यौं ? परम्पराले गर्यौं ? अथवा यो माल बढी बिकाउ भएकाले गर्याैं ? जे जसरी भए पनि हामीले समाजवादको प्रयोग गर्यौं । तर हामी नेतृत्ववर्ग हिजो या आज हामी सत्तामा भइरहँदा वर्तमान अवस्थाबाट आर्थिक र राजनैतिकरूपमा माथि उठ्नको निमित्त कुनै नीतिगत निर्णय गरेका छौं ?

वर्तमानमा अवस्थित आसेपासे पुँजीवादलाई निस्तेज बनाउने हाम्रो कुनै योजना थियो वा छ ? आफ्नो पालामा समाजवादी राज्यमा प्रवेश गर्न आफूले गरेका केही नीतिगत निर्णय बताउन सक्नुहुन्छ ? के हामीले हाम्रो कार्यकालमा योग्यताअनुसारको काम र कामअनुसारको ज्याला निर्धारण गरेका छौं ? हामीले हाम्रो संविधानमा उल्लेख गरिएको शिक्षा, स्वास्थ र रोजगार जनताका नैसर्गिक अधिकार हुन् । ती निःशुुल्क हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात गरी अगाडि बढेका छौं ? त्यसका निम्ति हामीले केही नीतिगत निर्णय गरेका छौं ? आजको तथ्यांकअनुसार करिब ७६ लाख युवायुवती विदेसिएका छन्, दैनिक औसतमा ३ हजार बाहिरिने क्रम जारी छ ।

तिनीहरूको विश्वास जित्ने र तिनीहरूलाई रोक्ने हामीसँग कुनै योजना छ ? जसरीतसरी १२ पास गरेपछि उच्च शिक्षाका लागि बिदेसिने विद्यार्थीको चापलाई रोक्न हामीले केही योजना बनाएका छौं ? विदेशी पुँजीलाई आकर्षित गर्न हामीले केही नीतिगत संरचनामा परिवर्तन गर्यौं ? जग्गा, बैंक, सहकारी र सेयर कारोबारलाई नै नाफा देख्ने चेतनालाई औद्योगिक, पुँजीमा र श्रमसँग जोडिएको पुँजीमा आकर्षित गर्न हामीले नीतिगत परिवर्तन गर्नेलाई सोच बनाएका छौं ? जीर्ण अवस्थामा रहेका उद्योगको विकास वृद्धिका लागि हामीले केही गरेका छौं ? मजदुरको न्यूनतम पारिश्रमिक निर्धारणमा हामीले पहल गरेका छौं ? विदेशमा लुकाइएको सम्पत्ति नेपाल भित्याउन हामीले केही बहस गरेका छौं ?

गणतन्त्र प्राप्तिलाई लाभको पदमा बसेकाको सम्पत्ति छानबिन गर्ने हामीले कुनै ठोस नीतिगत निर्णय गरेका छौं ? जहाँसम्म मलाई जानकारी छ, हामीले कुनै पनि काम हिजो पनि गरेका थिएनौं र आज पनि गरिरहेका छैनौं । किनकि, हामी त्यो दिशामा जान चाहदैनौं । किनकि, यतिबेला पार्टीमा दुई वर्गको जन्म भएको छ त्यो दई वर्ग हिजो हामीले पढेको र पढाएको धनी र गरिब, पुँजीपति र श्रमिक होइन, त्यो त जँहा पनि हुन्छ र समाजवादको उन्नत चरणसम्म रहिरहन्छ, तर अहिले यहाँ हामीकहाँ पार्टीभित्रैबाट दुईवटा आधारभूत भिन्न वर्गको उदय भएको छ ।

पार्टीको उपल्लो निकाय र सत्तामा बसेका, हिजो वा आज बसेका, सत्ताको वरिपरि केन्द्र बनाएका र सत्ता’bout निर्णय गर्न सक्ने हैसियतमा रहेकाहरू यतिबेला नवधनाढ्य वर्गमा रूपान्तरित भएका छन् । त्यो वर्गको उदय कांग्रेसमा पनि भएको छ, एमालेमा पनि भएको छ , माओवादीमा पनि भएको छ र सत्तामा सहभागी दलको माथिल्लो नेतृत्व वर्ग रूपान्तरण भएको छ । त्यो वर्गले हजारौंको कारोबार होइन, लाखौंको पनि होइन करोडांैमा कारोबार गर्ने गर्दछ ।

राजदूत नियुक्तिको कुरा होस्, कुनै समितिको प्रमुख बनाउने कुरा होस्, मन्त्री वा मुख्य मन्त्री बनाउने कुरा होस्, सरकार ढाल्ने कुरा होस् कि सरकार बनाउने कुरा होस्, प्रत्यक्ष टिकट बाँड्ने कुरा होस् कि समानुपातिक वितरणको कुरा होस्, चुनाव लड्ने कुरा होस् वा चुनाव लडाउने, अफिसरको थमौती होस् वा सरुवा, प्रमोसन होस् वा नियुक्ति सबैतिर करोडौंको कारोबार बिचौलियामार्फत हुने गरेको छैन भनेर कसरी भन्न सक्दछौं ?

हामीले नेतृत्वको गुणगान र प्रशंसा गर्दै नेतृत्वलाई देवत्वकरण गरिराख्यौं, यही नै आज समस्याको कारण बनेको छ

समग्रमा भन्नुपर्दा हाम्रो नेतृत्व हामीभन्दा धेरै माथि छ, उनीहरूको आहारविहार, रहनसहन, उठनबैठन, संस्कारसंस्कृति आधारभूत रूपमा अपवादबाहेक समान रहेको छ । विगत र वर्तमानको अध्ययन गर्दा सूचकले संकेत गरिरहेका छन् कि यिनै नेतृत्वको नेतृत्वमा हामीले समाजवादको यात्रा गर्न सक्ने छैनन् । यो यथार्थ हो, तर हाम्रो चेतना र चिन्तन कस्तो छ भने कतिपय साथीहरू समुन्नत समाजवादको यात्रा एमाले पार्टीबाट मात्र सम्भव छ, यो नै असली क्रान्तिकारी पार्टी हो भनेर दिनरात एक गरेर दौडी रहनुभएको छ ।

साथीलाई बिहान के खाऊँ, बेलुकी के खाऊँ छ उहाँका छोरा छोरीहरू विदेश गइसकेका छन्, छोराछोरीले बाबुलाई गिज्याइरहेका छन्, तर कार्यकर्ता भने कुनै धर्मशास्त्रले मोहनी लगाए जस्तै दायाँ–बायाँ, तल–माथि नहेरीकन एमालेमै लठ्ठिनुभएको छ । उहाँहरूको कुरा सुन्न चाहनुहुन्न, रुख वा अरू पार्टी आफ्नो ’round देख्न चाहनुहुन्न, त्यसका लागि मर्न र मार्न समेत तयार देखिनुहुन्छ । अर्काथरी महानुभाव † नेपाली कांग्रेस नै एक मात्र विकल्प भनिरहनु भएको छ, उहाँहरू रुखको पछाडि एकोहोरो दौडी रहनुभएको छ ।

जिन्दावाद ठोक्नुभएको छ, दायाँ–बायाँ हेर्न चाहनुहुन्न मेरो बाउ पनि कांग्रेस, म पनि कांग्रेस, मेरो खान्दान नै कांग्रेस गरे गरोस् नगरे नगरोस् नेपाली कांग्रेस जिन्दावाद । उसले पनि आफ्नो गाँउमा, आफ्नो टोलमा, आफ्नो नगरमा, आफ्नोको विद्यालयमा, कोही पनि हँसिया हथौडा वा अन्य विकल्प देख्न चाहादैन, उनीहरू जो वर्गको हिसाबले श्रमजीवी वर्ग हुन उनैलाई वर्ग शत्रुको कोटीमा राख्दछ, मेरा वर्ग शत्रु मेरै पार्टीमा जन्मिएका छन् भन्ने कुराको उसले हेक्का राख्दैन, यो कुरा माओवादी’bout पनि सत्य हो । मधेसी दल र अन्य पार्टी जो सत्तामा सहभागी थिए र छन् ’bout पनि यो कुरा साँचो हो ।

प्रायः जसो पार्टीका नेतृत्वपूर्वतर्फ गइरहेका छौं भनेर हल्ला गर्ने तर यात्रा पश्चिमको गर्ने, कुरा समाजवादको गर्ने, तर व्यापार आसेपासे पुँजीवादको गर्ने, कुरा मजदुर, किसान, शिक्षक र विद्यार्थीको गर्ने तर हित र संरक्षण आसेपासे पुँजीवादको गर्ने । पार्टीका नेतृत्वबीच झगडा छ, अत्तर विरोध पनि छ, एकले अर्कोलाई सत्तोसराप गरेका पनि देखिन्छन् । तिनीहरूको झगडा, तिनीहरूको अन्तर विरोध विरोधी कुनै समाजवादी राज्य स्थापनार्थ, कुनै लोक कल्याणकारी राज्य स्थापनार्थ हो भन्ने भ्रममा नपरौं, तिनीहरूको झगडा वा अन्तर विरोध के–कसरी सत्तामा पुग्ने र राज्यको दोहन गर्ने, कसरी राज्य सत्ता कब्जा गर्ने ।

धम्क्याएर हुन्छ कि थर्काएर हुन्छ, कि वार्तामा बसेर हुन्छ कि, सदन बन्द गरेर हुन्छ कि सदनलाई लम्बाएर हुन्छ कि, पार्टी विभाजित गरेर हुन्छ कि, संविधान संसोधन गरेर हुन्छ कि सदन चलाएर हुन्छ कि सदन विघटन गरेर हुन्छ । जे–जसरी हुन्छ, सरकारको नेतृत्वमा पुग्ने र आसेपासे पुँजीवादको संरक्षण गर्ने । योभन्दा अर्कै हो कि भनेर कल्पना गर्नु हाम्रो अल्पज्ञान मात्र हो । हिजो एमाले–माओवादी मिले त्यो कुनै वैचारिक एकता थिएन, त्यो मात्र शक्ति सञ्चय गर्ने रणनीति थियो ।

पार्टी फुट्यो त्यो पनि कुनै रणनीतिक कुरा नियन, सत्ता उपयोगबाट प्राप्त हुने पदहरू र अन्य आर्थिक लाभको बाँडफाँटमा नेतृत्वबीच असमान वितरणकै कारण विभाजन हुन पुग्यो, पाँच दलीय गठवन्धन पनि कुनै वैचारिक कुरा थिएन, त्यो पनि अस्तित्व रक्षाको कुरा थियो, त्याहाँ पनि कुरा राज्य सत्ताकै थियो, चुनावभरि सँगै हिंडेका नेताहरू, सरकार बनाउने बेलामा हानाथाप गरे, सहमति बिग्रियो एकाएक केही घण्टामा बालकोटले बाजी मार्यो उसको टेको लगाएर सत्ताको निर्माण भयो । त्यो पनि कुनै विचारको कुरा थिएन, फेरि महिना दिन नबित्दै कांग्रेसले टेको थाप्यो, बालकोटको टेको आवश्यकता परेन, यो पनि कुनै वैचारिक कुरा थिएन ।

समग्रमा अध्ययन गर्दा भन्न सकिन्छ कि यी सबै नेतृत्व कुनै श्रमजीवी, सर्वहारावर्गका प्रतिनिधिपात्र होइनन्, तर हामी झुक्किएका छौं, हामी गुमराहमा छौं, हामीले आफ्नो खुट्टामा बञ्चरो आफंै हानिरहेका छौं । आसेपासे पुँजीवादका प्रतिनिधिलाई बोकेका छौं अनि आशा गर्दछौं कि समाजवादी राज्य व्यवस्थाको । हाम्रो एकांकीत मनोगत र जडवादी चेतनाको कारण देश वरवादीतर्फ गइरहेको छ । कुनै पार्टीबिना बाँच्न नसक्ने हामी वैचारिक अपांग बनेका छौं ।

देश पछाडि प-यो, भावी पुस्ता पछाडि प-यो, हामीले हाम्रा छोरा नातिलाई देशभित्र रोक्न सकेनौं, पहाड प्रायः खाली हुँदा पनि, देशको युवावर्ग पलायन भइरहँदा पनि, विदेशी ऋणले देश चुलुम्मै डुबी रहँदा पनि हामीले हाम्रो नेतृत्वको गुणगान र प्रशंसा जारी राख्यौं हामीले हाम्रो नेतृत्वलाई देवत्वकरण गरिराख्यौं, यो नै आज समस्याको कारण बनेको छ, अन्तमा देशको जुन अवस्था छ, त्यसमा नेतृत्वको मात्र दोष रहेको छैन । हामी पनि त्यसमा दोषी छौं । अतः सबैले मम भनौं, एउटै स्वरमा यो पनि भनौं कि कठैबरा तिम्रो समाजवाद ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस