इलाममा सामाजिक संस्थाको नाममा अवैधानिक खेल

इलाम । इलामको बिङ्गोबाट लाखौँ रुपैयाँ घोटाला भएको पाइएको छ । चाडपर्वमा मनोरञ्जन गराउने उद्देश्यले ४० दिन सञ्चालन भएको बिङ्गो खेलबाट उठेको लाखौँ रुपैयाँ रकम हिनामिनाको आशंका रहेकोे छ । सामाजिक कार्यमा लगानी गर्ने भन्दै खेलाइएको खेल बिङ्गोबाट उठेको रकममा व्यात्तिको रजाइँ भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

बिङ्गोबाट लाखौँ रुपैयाँ घोटालाको आशंका

नगर प्रमुख केदार थापा, नगर खेलकुद विकास प्रतिष्ठानका अध्यक्ष सहित विभिन्न सङ्घ संस्थाले सार्वजनिक गरेको आम्दानी र खर्च विवरणबाट लाखौँ रुपैयाँ घोटाला भएको आशंका रहेको हो । नौ वटा संस्थाको संयुक्त आयोजनामा रहेको उक्त खेलको खर्च विवरण पारदर्शी नभएपछि रकम हिनामिना भएको आशंका उत्पन्न भएको हो । आयोजक संस्थाले सार्वजनिक गरेको असोज २८ गते देखि मङ्सिर आठ गते सम्मको हिसाबमा पुरस्कारमा खर्च भएको रकम मात्रै देखाइएको छ । आयोजकले दैनिक कतिको टिकट बिक्री भएको भन्ने कुनै दिनको पनि सार्वजनिक नगरेको पाइएको छ ।

उक्त विवरण अनुसार मङ्सिर ८ गते भएको फाइनलमा जम्मा १९ जनाले हाउस फूल पारेका थिए । १९ जनाको हाउस फूलले उक्त दिन १९ सेट (सिरिज) टिकट बिक्री भएको देखाउँछ । एक सेटमा छ सय टिकट रहने बताइएको छ । दुई सिरिजको टिकटलाई हाउस फूल पर्दा १० सेट टिकट बिक्री भएको देखिन्छ । १० सेट पुरा टिकट बिक्री भएको भए २० जना मलाई हाउस फूल पर्ने थियो तर १९ जनाले मात्रै हाउस फूल पर्दा साढे नौ सेट मात्रै टिकट बिक्री भएको देखिन्छ ।

उक्त दिनको टिकट शुल्क पाँच सय रुपैयाँ रहेको थियो । फाइनल दिनको मात्रै हिसाब गर्ने हो भने १९ जनालाई हाउस फूल पर्दा ११ हजार चार सयको टिकट बिक्री भएको देखिन्छ । तर आयोजकले दुई सिरिजको टिकटलाई हाउस फूल परेको बताएको छ । आयोजककै भनाई अनुसार हिसाब गर्दा पनि १९ जनालाई हाउस फूल पर्नु भनेको साढे नौ सेट टिकट बिक्री हुनु हो । त्यसअनुसार पनि ५७ सय टिकट बिक्री भएको देखिन्छ । ५७ सय टिकट बिक्री हुँनु भनेको पाँच सयका दरले २८ लाख ५० हजारको टिकट बिक्री भएको छ । जुन एकै दिन बिक्री भएको टिकट हो ।

उक्त दिन हाउस फूलका लागि छ लाख रुपैयाँ पुरस्कार रहेको थियो । उक्त पुरस्कार घटाउँदा २२ लाख छ हजार रुपैयाँ रकम देखिन आउँछ । उक्त दिन फस्ट, सेकेन्ड र थर्ड लाइन साथै फोर कर्नर अनि बाइक लट्री र क्यास लट्रीका समेत पुरस्कार थिए । तर बाइक र क्यास लट्रीका लागि छुट्टै टिकट बिक्री भएको छ । फाइनलको दिन मात्रै उक्त सबै खालका पुरस्कारमा १५ लाख ६९ हजार तीन सय रुपैयाँ खर्च भएको देखाएको छ । उक्त हिसाब सार्वजनिकमा बाइक लट्री र क्यास लट्रीको आम्दानी खुलाइएको छैन ।

बाइक लट्रीका लागि ९० वटा किट ३५ सयका दरले बिक्री गरिएको छ । जसबाट तीन लाख १५ हजार रुपैयाँ रकम आम्दानी भएको छ भने दुई लाख ५० हजारमा बाइक खरिद गरिएको बुझिएको छ । जसबाट ६५ हजार रुपैयाँ नाफा भएको देखिन्छ । तर उक्त नाफा कतै देखाइएको छैन । सोही दिन क्यास लट्रीमा पनि ९० वटा टिकट बिक्री भएका छन् । उक्त टिकटबाट दुई लाख ७० हजार रुपैयाँ रकम उठेको देखिन्छ भने तीन जनालाई ३५ हजारका दरले एक लाख पाँच हजार रुपैयाँ पुरस्कार वितरण गरेपछि एक लाख ६५ हजार रुपैयाँ सिधै बचत देखिन्छ ।

तर यो रकम कतै उल्लेख गरिएको छैन । आयोजकले हिसाबलाई गोलमोल गराउन सुरु देखि अन्तिमसम्मको दैनिक बचतका नाममा १४ लाख ९७ हजार नौ सय २६ रुपैयाँ बचत रहेको देखाएको छ । जसमा एकमुस्ट आम्दानीमा २० लाख १० हजार एक सय ५५ रुपैयाँ र खर्चमा पाँच लाख १२ हजार दुई सय २९ रुपैयाँ देखाइएको नगर खेलकुद विकास समितिले सार्वजनिक गरेको छ ।

आयोजकले दैनिक रूपमा भएको टिकट बिक्री र पुरस्कार राशिको रकम नखुलाई एकमुस्ट हिसाब राख्नुले नै घोटाला भएको आशङ्का रहेको हो । विगत लामो समय देखि इलाममा बिङ्गो खेल्दै आएका इलाम चोक बजारमा खसिको मासु पसल गर्दे आएका माल्दाई नामबाट परिचित व्यात्तिले यस पटकको हाउजीको फाइनलमा आएको मान्छे अनुसार पुरस्कार राशि धेरै कम राखेको गुनासो गरे ।

खेलबाट बचत रहेको रकम सामाजिक क्षेत्रमा काम गर्ने भन्दै खेलाइएको बिङ्गो खेलबाट उठेको पैसामा घोटाला हुनुले सामाजिक काम भन्दा पनि नाफाका लागि खेल सञ्चालन भएको पाइएको छ । संस्थाका उपाध्यक्ष गणेश खतिवडाले खेल सञ्चालन हुँदा धेरैका चासो रहयो तर हामिले जुन बाहिर सोचिएको जस्तो नभएको बताए ।

उनले त्यहाँ कुनै पनि प्रकारको अनियमितता र त्रुटि नभएको बताए । इलाम नगरपालिकाका प्रमुख केदार थापाले विगत वर्षमा खेलाउँदै आएको खेल यसपटक नगर खेलकुद प्रतिष्ठानले सांस्कृतिक क्षेत्रलाई समेट्ने गरी खेलाइएको बताए । उनले प्रतिष्ठानले खेल विज्ञानको कुरालाई लिएर गरिब असहायलाई सहयोग गर्ने उद्देश्यका साथ अघि बढौँ र यसलाई जुवाको रूपमा नभई खेलको रूपमा अघि बढ्ने उद्देश्यका साथ जिल्ला प्रशासन र प्रहरीलाई जानकारी गराएरै खेल सञ्चालन गरेको बताए ।

खेलको हिसाब सार्वजनिक कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले सरकारले यस खेललाई जुवाको रूपमा हेरे पनि इलाम बासी सबै मिलेर ऐतिहासिक खेल भन्नु पर्ने भन्दै गैर जिम्मेवार तर्क दिए । स्थानीय सरकार प्रमुखको हैसियतले वैधानिकता नै नपाएको खेलको हिसाब सार्वजनिक कार्यक्रममा उहाँको भूमिकाले नगरप्रमुखकै मिलेमतो हुनसक्ने आशङ्का देखिएको छ ।

उनले पत्रकार सम्मेलनमा हिसाब पारदर्शी हुनु पर्ने भन्दै यसमा नगरपालिकाको गलत तरिकाले अपचलन गरौँ भन्ने कुनै मनसाय नरहेको बताए । बिङ्गो खेल सम्पन्न भएपछि सबै संस्था बसेर खेल प्रवर्द्धनका लागि काम गर्नुपर्छ भन्ने उनको तर्क छ ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता