काठमाडौंमा व्यस्त लाउबाचर

काठमाडौं । दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर दुईदिने नेपाल भ्रमण पूरा गरेकी छन् । सुरक्षासम्बन्धी विषयमा केन्द्रित रहेर आएर नेपाल आएकी लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीसँग भेटवार्ता गरिन् ।

प्रधानमन्त्री दाहालसँगको भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगेकी थिइन् ।

नेपालमा खासगरी अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू भएपछि अमेरिकी अधिकारीले सुरक्षा चासोको विषयमा बढी ध्यान दिइरहेका छन् । नेपालमा लगानीको वातावरण र सुरक्षा अवस्था’bout पटकपटक अमेरिकी अधिकारीले चासो दिएका छन् ।

एमसीसी लागू भएपछि नेपालमा एक दर्जनबढी अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमण भइसकेको छ । पछिल्लोपटक अमेरिकी राष्ट्रय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलन लाउबाचरको भ्रमणलाई अर्थपूर्णमा रूपमा हेरिएको छ । त्यसो त लाउबाचरले मंसिर २० र २१ गतेको भेटवार्ता सुरक्षासँग सम्बन्धित केन्द्रित भएर गरेकी छन् ।

त्यसो त स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयमा सम्झौताका लागि पनि अमेरिकाले ताकेता गरिरहेको छ । विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीअनुसार एसपीपीको सम्झौता मस्यौदाअनुसार नेपालको उच्च हिमाली संयुक्त सैन्य प्रशिक्षण अभ्यासदेखि नेपाली सेनामा आतंकवादी विरोधी सुराकी क्षमताको विकास गर्ने विषय समेटिएको छ ।

त्यस्तै, नेपालमा संयुक्त रूपमा विपद् व्यवस्थापन, सेनाका अधिकारीका लागि अमेरिकामा फेलोसिप र अमेरिकी सेनाका अधिकारीका लागि नेपालको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा अल्पकालीन फेलोसिपका विषयवस्तु दस्तावेजमा समावेश गरिएका बताइएको छ ।

नेपालले पटकपटक प्रतिबद्धता जनाएर पनि एसपीपीमा समावेश भएको छैन । त्यसो त परराष्ट्रमन्त्री एनपी साउदले केही समयअघि अमेरिकाको भ्रमण क्रममा संयुक्त प्रेस कन्फरेन्समा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपाल अमेरिकाको इन्डो–प्यासिफिक क्षेत्रमा महत्वपूर्ण साझेदार रहेको उल्लेख गरेका थिए । अमेरिकाले प्रशान्त र हिन्द महासागरमा रहेको क्षेत्रलाई इन्डो–प्यासिफिक नाम दिएर सहकार्य गर्दै आइरहेको छ । मन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म वासिंटन डीसीको भ्रमण गरेका थिए ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरले यसअघि फागुनको दोस्रो सातामा नै नेपाल भ्रमण गर्ने तयारी थियो । तर, त्यसबेला नेपाल सरकारले अमेरिकी जासुसी संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ (सीआईए)का निर्देशक (प्रमुख) विलियम्स जोसेफ बन्र्सको भ्रमण रोकिएपछि लाउबाचरको भ्रमण पनि स्थगित भएको थियो । सरकारले बन्र्सको फागुन ३ र ४ मा हुने भनिएको नेपाल भ्रमण रोकेको थियो ।

नेपालको उपरथीसरहको पदमा रहेकी रियर एडमिरले नेपाल भ्रमणअघि २३ मंसिरमा अमेरिकाको वासिंटन डीसीस्थित नेपाली दूतावास पुगेर राजदूत श्रीधर खत्रीलाई समेत भेटेकी थिइन् । खासगरी, सुरक्षा चुनौतीमा केन्द्रित भएर उनले भ्रमण गरेकी हुन् । उनले भ्रमण क्रममा प्रधानसेनापति र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीसँग सुरक्षा चुनौती र अमेरिकाले नेपालमा लागू गरेको परियोजनाको सुरक्षाको विषयलाई केन्द्र बनाएर छलफल गरेको स्रोतले बतायो । सैनिक मुख्यालयमा प्रधानसेनापति शर्मासँगको शिष्टाचार भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध’bout छलफल भएको सेनाले उल्लेख गरेको छ । लाउबाचरले वैरागीलाई सिंहदरबारमै भेटेकी थिइन् ।

लाउबाचरले भारतस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीका रूपमा काम गरेकी छन् । साथै, उनले सन् २००९ मा अफगानिस्तानमा समेत काम गरिसकेकी छन् । अमेरिकामा राष्ट्रिय सुरक्षा परिषद् ह्वाइट हाउसअन्तर्गत रहेको छ । अमेरिकाबाट बाइडेन प्रशासनका अधिकारीसहित अमेरिकी सांसदले पछिल्लो समय लगातार रूपमा नेपालको भ्रमण गरिरहेका छन् । गत वर्ष माघ १६ देखि १७ मा राजनीतिक मामिला उपमन्त्री भिक्टोरियो नुल्यान्डले नेपालको भ्रमण गरेकी थिइन् ।

त्यसपछि माघ २४ र २५ मा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसआईडी) की प्रमुख समान्था पावर नेपाल भ्रमणमा आइन् । उनीपछि फागुन १ र २ सम्म दक्षिण तथा मध्यएसिया मामिला विभागकी उपसहायक राज्यमन्त्री अफ्रिन अख्तर काठमाडौंमा आइन् । भदौ तेस्रो साता अमेरिकी सेनेटर (सांसद) क्रिस भान होलेन र सोही अवधिमा अमेरिकी अन्य सांसदहरूले नेपालको भ्रमण गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आरजुलाई निर्वाचन आयोगकाे २४ घन्टे स्पष्टीकरण