ज्वाइँ त हर्केकै छोरो ठिक

नेपाली समाज भ्रष्टाचार नाम गरेको विषालु किटाणुले ग्रस्त छ । हाम्रो दैनिक जीवनमा देखापरेका वा पर्ने सबैजसो समस्याको जड खोज्दै जाँदा हामी ‘भ्रष्टाचार’ नाम गरेको दुर्भेद्य किल्लामै ठोक्किन पुग्छौं । त्यसो भएर नै होला हामी ‘भ्रष्टाचार’विरुद्ध निकै चर्का कुरा गर्न बाध्य छौं । ‘भ्रष्टाचारीलाई कीरा परोस् र भ्रष्टाचारीलाई जेल हालौं’ भन्ने लेखिएको सेतो सुकिलो टिसर्ट लगाउँदै हातमा मैनबती लिएर माइतीघर मण्डलामा जम्मा पनि हुन्छौं । यो जागरुकता र भ्रष्टाचारीविरुद्धको यो असहिष्णुता वास्तवमै सरहानीय छ, स्तुत्य छ ।

यहाँनेर म एउटा परिस्थितिको कल्पना गर्दै छु । पहाडको कुनै गाउँको दुई सहोदर दाजुभाइका दुई सन्तान रामेका छोरा हर्के र श्यामेका छोरा बिर्खे गाउँको स्कुलबाट एसएलसी पास गरेपश्चात् उच्च शिक्षाका लागि काठमाडौं झर्छ्न् । दुवै जनाले ठुलो दुःख कष्ट सहेर अर्काको भाँडासम्म माझेर स्नातक उत्तीर्ण पनि गर्छन् । लगत्तै दुवै जनाको एउटै कुलका कन्यासँग विवाह हुन्छ । दुवैले लोकसेवा परीक्षा दिन्छन्, उत्तीर्ण हुन्छन् र एकै दिन शाखा अधिकृत बन्छन् । यहाँनेर कहानीमा अलि फरक मोड आउँछ । अब भने बाटो अलि छुट्टिन्छ । हर्केको पदस्थापन भन्सार सेवा विभागमा हुन्छ र बिर्खे चाहिँ हुलाक सेवा विभागमा पदस्थापित हुन्छ ।

समय अघि बढ्छ । दुवै जना आआफ्नो कर्मक्षेत्रमा अघि बढ्छन् । २० वर्षपछि दुवै जना आआफ्ना विभागमा प्रथम श्रेणी अधिकृत भइसकेका हुन्छ्न् । तर, दुईका बीच आकाश जमिनको अन्तर हुन्छ ।

हर्केको तीन रोपनी कम्पाउन्डको घरको आँगनमा दुई तीन गाडी हुन्छ । छोरा अमेरिकामा ‘मास्टर्स’ गर्दै हुन्छ र छोरी चाहिँ अस्ट्रेलियामा ‘कम्पुटर’ गर्दै हुन्छिन् । श्रीमतीजीलाई हप्ताको दुईपटक ब्युटी पार्लर नगई चित्तै बुझ्दैन । घरमा हप्ताको दुईपटक भव्य गेट टुगेदर चलिरहेको हुन्छ । कोलेस्ट्रल र हाई ब्लड प्रेसरले भने दुःख दिएको छ दम्पत्तिलाई । पोहोर साल अमेरिकामा तीन महिना बसेर औषधि गराएको पनि हो ।

बिर्खेको चार आनामा बनेको अढाई तल्ले घर छ मुस्किलले मोटरसाइकल छिर्ने । छोरो शंकर देव क्याम्पसमा र छोरी त्रिचन्द्रमा पढ्छे । श्रीमतीलाई दुब्लाउँदै जाने रोग लागेको छ

बिर्खेको चार आनामा बनेको अढाई तल्ले घर छ मुस्किलले मोटरसाइकल छिर्ने । छोरो शंकर देव क्याम्पसमा र छोरी त्रिचन्द्रमा पढ्छे । श्रीमतीलाई दुब्लाउँदै जाने रोग लागेको छ । तलब भत्ता र घरको भुइँ तल्लाको भाँडाले मुस्किलले दालभात डुकु चल्छ । छोरो कतार जान्छु भन्छ, ५ लाख माग्दै छ । छोरीलाई जिम्मा लाइदिन पाए हुन्थ्यो तर त्यहाँ पनि कम्तीमा ५ लाख चाहिन्छ । पहाडको सबै श्रीसम्पत्ति बेच्दा ३ लाख पनि हुँदैन ।

यी दुवै अर्थात् हर्के र बिर्खे वर्षमा एकपटक चाहिँ पक्कै गाउँ पुग्छन् र आफ्ना मान्यजनबाट टीका थाप्छन् । कुलका सबैभन्दा जेठा काकाले हर्केलाई ‘आयुद्रोणसुते …’ मन्त्रोच्चारणसहित टीका लगाइदिँदै अन्तमा मायालु भावले आशीर्वाद दिन्छ्न् र भन्छन्, ‘तेरो कुबेरको धन अझै बढोस् । धन्न छस् । कुलको नाम राखिस् । तेरो कारणले हाम्रो गाउँको समेत इज्जत बढेको छ ।’ बिर्खेलाई पनि मन्त्रोच्चारणसहित टीका लगाइदिन्छन् काकाले । काकाको माया कम हुन्न । सायद त्यसै भएको कारणले काका भन्छन्, ‘हर्के जत्तिकै प्रतापी भएस्, धनवान् भएस् ।’

टीकाको भोलिपल्ट एकादशीका दिन पँधेरामा गाउँका महिला जम्मा भएका रहेछन् । पल्लाघरे काकी भन्दै थिइन्, ‘हर्केकी दुलहीले लगाएकी गलाको हार देखिस् ? १५ लाख परेको । शतबिज छर्न सहर गएकी थिएँ, मैले नै छानिदिएकी । मलाई पनि १ तोलाको सानो सिक्री किनिदिएकी थिइन् । त्यो बिर्खेकी दुलहीको हातको चुरा पनि नक्कली हो ।’ गाउँभरि १५ लाखे हार र पल्लाघरे काकीले पाएकी उपहारको चर्चा भइरह्यो । हर्केको काठमाडौंको बंगला र गाडीको बखान चलिरह्यो । अनि बिर्खेको सहरको झुम्रे घर र उनकी दुलहीको नक्कली गहना’bout रंगीबिरंगी कथा बाचन भइरह्यो । यो चर्चा गाउँका गन्यमान्य भनिने ठुलाठालुसम्म पुग्ने नै भयो । गाउँका सबैभन्दा प्रतिष्ठित जिम्वाल बाजेको सार्वजनिक गर्जन सुनियो, ‘स्याबास् हर्के † त्यो बिर्खेको के कुरो गर्नु ? नालायक पामर’ दुई दिनसम्म हर्के र उनकी दुलहीसँग फोटो र सेल्फी खिचाउनेको भीडै लाग्यो । बिर्खेको छोरोको परिवारलाई पुछ्नेसम्म कोही भएन । दुलहा दुलहीको एउटा फोटो क्लिक गरिदिने एक मानिससम्म पाउन मुस्किल प-यो ।

तपाईं काठमाडौंको खान्दानी सुशिक्षित रैथाने व्यक्ति हुनुहुन्छ । तपाईं कहिल्यै कुनै भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न हुनुभएको छैन । तपाईलाई भ्रष्टाचारीप्रति घृणा छ । तपाईं आफ्नो बगैंचामा आराम कुर्सीमा बस्दै गफ गर्ने क्रममा आफ्ना साथी संगतिसँग भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध आगो ओकल्ने गर्नुहुन्छ । भ्रष्टाचारी नेताको नितान्त नयाँ विकल्प खोज्नुपर्छ भन्दै ‘नयाँ शक्ति’ अभियानमा जोडिनेसमेत सोच्नुभएको छ । तपाईंकी छोरी विवाहयोग्य उमेरमा पुगेकी छन् । तपाईंकी प्यारी छोरीका लागि ज्वाइँ रोज्नुप¥यो भने कसलाई रोज्नुहुन्छ ? हर्केको छोरा वा बिर्खेको छोरा ? छातीमा हात राखेर जवाफ दिनुस् † धन्न मेरी छोरी छैनन् । इमानदारीपूर्वक नढाँटी भन्दै छु, ‘यदि भएको भए म चाहिँ हर्केका छोरा नै रोज्थें होला † आखिर प्यारी छोरीको सुखसयल सुविधा र भविष्यको प्रश्न छ । मलाई लाग्छ तपाईं पनि त्यही गर्नुहुन्छ । तपाईंको रोजाइ बिर्खेको छोरा हुन् भने म तपाईंको ठुलो प्रसंसक बनें ।

हर्के र बिर्खे दुवैको तलब भत्ता र वैध कमाइ त बिलकुल बराबर हो । पैतृक सम्पत्ति पनि एकदम बराबर हो । श्रीमतीले ल्याएकी दाइजो पनि बराबरै हो । तर, आजको हर्केको सम्पत्ति र हैसियतसँग बिर्खेको तुलनै हुन नसकेको कसरी ? किन बिर्खेकी श्रीमती दुब्ली पातली र क्षयरोग लागेकीजस्ती अनि हर्केकी दुलही चाहिँ साक्षात् लक्ष्मी जस्ती ? टीका लगाइदिने काका, जिम्वाल बाजे र पल्लाघरे काका सबैलाई र स्वयं सम्भ्रान्त र सुशिक्षित तपाईंलाई पनि यो विषम अन्तरको कारण थाहा छैन र ?

म यहाँ दुई व्यक्ति’bout कुरा गर्न चाहन्छु । उदाहरणका लागि कसैलाई पनि लिन सक्थें । कुनै कम्युनिस्ट जोडी पनि टिप्न सक्थें । तर, किन हो मलाई शेरबहादुर देउवा र रामचन्द्र पौडेलकै नाम सुझ्यो । म यहाँ देउवा वा पौडेलमध्ये एकलाई चोखो वा अर्कोलाई भ्रष्टाचारी भनिरहेको छैन । एउटीकी श्रीमती चोखी अनि अर्की भ्रष्ट पनि भनिरहेकी छैन । फगत प्रकट तथ्य मात्र राखिरहेको छु । यी दुवै जनाको सुरुवाती राजनीतिक यात्रा, यात्राक्रमको विकास र सत्तारोहणको क्रम हेर्ने हो भने लगभग बराबर छ । दुवैको वैध कमाइ’bout विचार गर्ने हो भने उन्नाइस बीसको फरक होला । त्यसो त झटपट देउवाकी श्रीमतीले ल्याएकी दाइजोको कुरा उठ्ला, लहरो तान्दा पहरो गर्जिन्छ । त्यतातिर नगएकै राम्रो । देउवा र पौडेलमध्ये कसको सान सम्पत्ति भव्य छ ? दुईमध्ये कसको दरबारमा बढी भीड लाग्छ ? बताइरहन नपर्ला ।

कतै ‘भ्रष्टाचार विरोधी’ तपाईं हामी र हाम्रो समाज ‘भ्रष्टाचारी कर्म प्रसंशक’ त होइनौं ? ‘भ्रष्टाचार’ले सामाजिक मान्यता मात्र होइन प्रशंसा नै पाइसकेको त होइन ? ‘किरा परोस्’ भन्ने टिसर्ट लगाएर जुलुसमा जानु भनेको कुखुराको सांप्रा चपाउँदै ‘पशु अधिकारको रक्षा सेमिनार’मा भाग लिइरहेका जस्तो पो हो कि ?

हर्के र हर्केकी दुलहीलाई जिम्वाल बाजे, पल्लाघरे काकी र गाउँका युवायुवतीले ‘छि छि दूरदूर’ गरिदियो भने के होला ? ठालु काकाले टिका लगाउनै इन्कार गरिदिए के होला ? अझ समाजबाट कसैले पनि हर्केको छोरोलाई छोरी दिन इन्कार गरिदियो भने वा कुनै पनि छोरीले हर्केको छोरोसँग विवाह गर्न नमानिदिए के होला ? तर, जतिसुकै चिच्याए पनि कराए पनि आफ्नी प्यारी छोरीका लागि त मलाई हर्केको छोरो नै उपयुक्त छ र मेरी छोरीलाई पनि हर्केको छोरो नै मनपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 233 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानिय तह निर्वाचन सर्लाही अपडेट : कसको कति मत (सूचीसहित)