‘विपिन जोशीको रिहाइका लागि कतार सरकारमार्फत पहल भइरहेको छ’

काठमाडौं । कतार भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकालबीच भेटघाट भएको छ । मलेसिया भ्रमण सकेर नेपाल फर्किएलगतै कतार पुगेर सभापति लामिछानेलाई दूतावासमा राजदूत ढकालले स्वागत गरेका थिए । स्वागतपछि उनीहरूबीच भएको छलफलमा राजदूत ढकालले दूतावासले दिइरहेको सेवा र त्यहाँ रहेका नेपालीका मुख्य समस्या’bout अवगत गराएका थिए ।

राजदूत ढकालले हमासले नियन्त्रणमा लिएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि कतार सरकारमार्फत भइरहेका प्रयास’bout पनि सभापति लामिछानेलाई जानकारी गरिएका थिए । हमासले बन्धक बनाएका नेपाली विद्यार्थी जोशीको रिहाइका लागि कतार सरकारसँग पटकपटक अनुरोध गरिरहेको बताउँदै कतारको तर्फबाट पनि रिहाइका लागि हमासका नेतासँग वार्ता भइरहेको प्रतिक्रिया प्राप्त भएको बताइएको छ ।

हमास र इजरायलबीच सात दिन लामो अस्थायी युद्धविराम हुँदा पनि विपीन रिहा हुन सकेनन् । विपिनका परिवारले पटकपटक नेपाल सरकार र इजरायल तथा हमाससँग उनको रिहाइका लागि आग्रह गर्दै आएको भए पनि अहिले उनको अवस्था कस्तो छ केही पत्ता लग्न सकेको छैन ।

उनको पछिल्लो अवस्था’bout यकिन गर्न नसकिएको निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजीकार्य जारी रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । हमासले इजरायलमाथि गत अक्टोबरमा गरेको आक्रमणमा परेर १० नेपालीको मृत्यु हुँदा जोशी बेपत्ता भएका थिए । यता नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बेपत्ता जोशीको रिहाइको माग गरेका छन् ।

संयुक्त राष्ट्र संघका लागि पूर्वराजदूत जयराज आचार्य र बेल्जियमका अवैतनिक वाणिज्य दूत आङ छिरिङ शेर्पाले बिहीबार यहुदीको पर्वको सुरुवातको अवसरमा ‘हानुक्का’को पहिलो मैनबत्ती प्रज्वलन गर्न राजदूत गोडर र अन्य भीआईपी पाहुनासँग भएको भेटमा राजदूत गोडरले हमासले बन्दी बनाएका जोशीले तत्काल रिहा गर्न माग गरेका छन् । उनले जोशीको फोटो देखाउँदै रिहाइ गर्न हमाससँग माग गरेको नेपालस्थित इजरायली दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न जाँदा के गर्न पाइदैन ?