सर्लाहीमा १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट

लालबन्दी । सर्लाही प्रहरीले शुक्रवार १५ बिघा क्षेत्रफलमा लगाइएको प्रतिबन्धित लागु औषध गाँजा खेती नष्ट गरेको छ । गाँजा फडानी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब १ सय ५० जना प्रहरी टोली सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १४ नारायणखोला पुुगेर अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । नारायणखोलामा प्रत्येक वर्ष प्रहरीले गाँजा फडानी गरेको भए पनि स्थानीयले गाँजा खेती गर्न भने छाडेका छैनन् ।

सडकको राम्रो पहुँच नभएको दुर्गम चुरे क्षेत्रका स्थानीयले अन्नबालीको विकल्पमा गाँजा खेती गर्ने गरेको छ ।नारायणखोलामा भारतीय व्यापारीले स्थानीय किसानको जग्गा भाडामा लिएर गाँजा खेती लगाउने गरेका छन्। यसरी उत्पादन भएको गाँजा तयारी गरेर नेपालसहित भारतका विभिन्न बजारहरुमा महँगो मूल्यमा बिक्री हुने गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले लागु औषध गाँजाले समाजमा वृकृती तथा बिसंगती फैलिरहेकोले लागु औषध कारोवारलाई रोक्न गाँजा खेती नष्ट गर्न अभियान नै सुरु गरिएको बताए ।

सर्लाही प्रशासनले गाँजा खेती नष्ट गर्न अभियान नै सुरु गरेको हुँदा सूचना प्राप्त भएसम्म गाँजा लगाइएको क्षेत्र देखे सम्म निरन्तर फडानी हुने प्रजिअ धमलाले जानकारी दिए । नरायणखोलामा गाउँलेहरु कहिले पनि नदेखिने लुकीछिपि स्थानियहरु मेहनत पुर्वक गाँजा खेती गर्ने गरेको अवस्था छ । डाँडाहरुमा बाहिरबाट अन्य बाली लगाइएको र बाहिर नदेखिने गरी भित्रि रुपमा यस क्षेत्रमा गाँजा खेती हुने गरेको सर्लाही प्रहरी प्रमुख प्रविण धितालले बताए ।

गाँजा खेतीमा भारतीय नागरीकको समेत संलग्ता भएको हुदाँ उनिहरुलाई न पक्राउ नहुुन्जेल सम्म गाँजा खेती नरोकिने भएको हुदाँ लालबन्दी नगरपालिका र वडा सँग समन्वय गरी भारतीय नागरिकलाई पक्राउ गरेर गाँजा खेती बन्द गराउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा एसपी धितालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 84 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेता जो आफूले आफैंलाई मतदान गर्न पाउँदैनन्