एनसेलको सेयर खरिद–बिक्री: किन भइरहेको छ समिति गठनको विरोध ?

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा चौतर्फी चासो बढेको छ । सो’boutमा व्यक्त भइरहेका विभिन्न आशंकाबीच सरकार, संसदीय समितिदेखि लिएर राजनीतिक दलका नेताहरूले चासो व्यक्त गरेका छन् ।

चौतर्फी चासो बढेपछि सरकारले सो’bout अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ । तर, राजनीतिक दलका नेताले सो समितिले निष्पक्ष रूपमा काम गर्छ भन्नेमा आशंका व्यक्त गरेका छन् । कतिपय नेताहरूले यस्ता भ्रष्टाचारमा राजनीतिक दल, नेताहरूकै संरक्षण हुने गरेको आरोपसमेत लगाएका छन् ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको कुरा अन्तिममा नेताकहाँ गएर जोडिने गरेको आरोप लगाए । फरकफरक भ्रष्टाचारका काण्ड भने फरकफरक नेतासँग ठोकिने गरेको बताउँदै उनले हरेक दिन नयाँनयाँ भ्रष्टाचारका काण्ड आइरहेको बताए ।

‘सुनकाण्ड त बिलाइसक्यो । अहिले एनसेल काण्ड आएको छ । एनसेल मात्रै होइन, कुनै पनि भ्रष्टाचार राजनीतिज्ञ, कर्मचारी र व्यापारी नमिलिकन हुनै सक्दैन र एनसेलजस्तो काण्ड त हुनै सक्दैन,’ कोइरालाले भने ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको थियो । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधिसमेत दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

समितिको सदस्यमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेका छन् ।

तर, कांग्रेसका महामन्त्री गगन थापाले सो छानबिन समितिले निष्पक्ष रूपमा छानबिन गर्छ भन्नेमा शंका व्यक्त गरेका छन् । महामन्त्री थापाले छानबिनका लागि सरकारबाट समिति बनाइएको भए पनि सबै ठिक हुन्छ भन्ने अवस्था नरहेको जनाएका छन् ।

एनसेलको सेयर खरिदबिक्रीसँग जोडिएर सार्वजनिक भएका विषय हेर्दा प्रथम दृष्टिमा नै ठुलो अनियमितता भएको सहजै अनुमान लगाउन सकिने बताउँदै उनले राजनीतिक र प्रशासनिक नेतृत्वमध्ये कसैको साथ र आश्वासन नपाइकन अनियमितताको हिम्मत नआउने तर्क गरेका छन् ।

थापाले सरकारद्वारा गठित समिति औपचारिकतामा मात्र सीमित हुन नहुने उल्लेख गर्दै भने, ‘छानबिन समिति बनाउने र सामसुम पार्न नदिन हरक्षण सचेत र चनाखो हुनु जरुरी छ । हरेकपटक अनेकन भ्रष्टाचार र आर्थिक अनियमितताका काण्ड सार्वजनिक हुन्छन्, दबाब हुन्छ, छानबिनको प्रयास हुन्छ अनि विभिन्न दृश्य अदृश्य साँठगाँठमा प्रकरणलाई सामसुम पार्ने प्रयास हुन्छ । यस्तो हुन नदिन निरन्तर खबरदारी गरौं ।’

यस्तै, उनले यो प्रकरणमा जोसुकै, जुनसुकै तह, ओहदा र पार्टीको जस्तोसुकै प्रभावशाली व्यक्ति संलग्न भएको भए पनि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले सरकारद्वारा गठन गरिएको छानबिन समितिले निष्पक्ष रूपमा छानबिन गर्छ भन्नेमा शंका व्यक्त गरेका छन् । त्यसको खरिदबिक्रीमा भएको अनियमिता, भ्रष्टाचारको निर्मम रूपमा छानबिन हुनुपर्ने बताउँदै उनले भ्रष्टाचारीलाई कडा कारबाही गरे मात्रै देशको आर्थिक अवस्था सुध्रिने बताए ।

‘यहाँ कस्ताकस्ता भ्रष्टाचारका काण्ड भएका छन् । सुन काण्डमा कसरी भ्रष्टाचारी जोगाउने भन्ने’bout सबैले हेरेकै विषय हो,’ रिजालले भने, ‘तर, केही छैन, सरकारले छानबिन समिति गठन गरेको छ, त्यस्तै पूर्ण रूपमा निष्पक्ष छानबिन गरेर भ्रष्टाचारीलाई कारबाही गर्ने काम हुनुपर्छ । भ्रष्टाचारी जोगाउने काम कोही कसैले पनि गर्नुहुँदैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एनसेल खरिद–बिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्ने कुरा बेकारको नाटक भएको टिप्पणी गरेका छन् । एनसेलमा गैरकानुनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने भन्दै उनले यो प्रकरणमा कयौं राजनीतिक दलको संलग्नता भएको आशंका व्यक्त गरेका छन् । सरकारले समिति गठन गरेपछि उनले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै निष्पक्ष अनुसन्धान हुन्छ भन्नेमा आशंका व्यक्त गरे ।

‘एनसेलले कर नतिरेको भए तत्काल कारबाही हुनुपर्छ । गैरकानुनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभई कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्छ,’ लामिछानेले भने । कर छलीलगायतका विभिन्न गैरकानुनी काममा बृहत् अनुसन्धान गर्नुपर्ने भन्दै उनले एनसेल खरिद–बिक्री प्रकरण’bout अर्थमन्त्री डा. प्रकाशशरण महतले थाहा छैन भनेर दिएको अभिव्यक्ति लायक नभएको उल्लेख गरे ।

राप्रपाका प्रवक्ता वसन्तमान सिंह अधिकारीले एनसेलको सेयर खरिद–बिक्री’bout सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । ‘यस सन्दर्भमा नेपालको कानुनबमोजिमको प्रक्रिया अपनाएर कारबाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवं भ्रष्टाचारलाई दुरुत्साहन र नियन्त्रण गर्नका साथै सो एनसेल प्रकरण’bout सत्यतथ्य के हो यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ अधिकारीले भनेका छन् ।

यसअघि गत बुधबार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यस’bout छलफल गर्दै त्यसको सरकारबाट छानबिन हुनुपर्ने र कानुनविपरीतका काम रोक्नुपर्ने निष्कर्ष निकालेका थिए । सोही छलफलपश्चात् गत बिहीबार सरकार समिति गठन गरेको थियो ।

राजनीतिक दल, सरकार, संसद् मात्रै नभई अदालतमा समेत यस’bout कुरा उठेको छ । उच्च अदालत पाटनले बिक्री भएका एनसेलका सेयर दर्ता नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गर्दै खरिदबिक्री भएका एनसेलका सेयर आउँदो २५ मंसिरका लागि दर्ता किताबमा दर्ता नगराउन विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीमा गठबन्धनका हेमकर्ण पौडेल विजयी