डाँगीहाट मोरङ किरात गोल्डकपको च्याम्पियन

पाँचथर । मोरङको डाँगीहाट फुटबल क्लब (डीएफसी) प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको च्याम्पियन बनेको छ ।

फिदिम खेलमैदानमा शनिबार भएको फाइनल खेलमा झापाली टोली बिर्तामोड युनाइटेड क्लवलाई २-१ ले पराजीत गर्दै मोरङ च्याम्पियन बनेको हो । सञ्जय धिमालले दशौं मिनेटमा गोल गर्दै मोरङलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा मोरङका उमेश राईले गोल गर्दै अग्रता दोब्बर पारे । दोश्रो हाफको अतिरिक्त समयमा बिर्तामोडका योगेश गुरुङले गोल गरे पनि त्यो जीतको लागि पर्याप्त भएन ।

उपाधिसँगै मोरङले ४ लाख ४ हजार ४४४ रुपैंयाँ प्राप्त गर्यो । उपविजेतामा सिमित बनेको बिर्तामोडले २ लाख २ हाजर २२२ रुपैंयाँमा चित्त बुझायो ।खेलको म्यान अफ दि म्याच बिर्तामोड युनाइटेडका प्रदिप बुढाथोकी बने । उने नगद पाँच हजार रूपैंयाँ प्राप्त गरे ।

प्रतियोगितामा ३ गोल गरेका डाँहीहाटका सञ्जय धिमाल हाई स्कोरर बने । उनले नगद १५ हजार रुपैंयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक डाँगीहाटका प्रमिजय गच्छेदार, उत्कृष्ट डिफेन्डर मानबाहादुर परियार, उत्कृष्ट मिडफिल्डर उमेश कार्की, उत्कृष्ट प्रशिक्षक डाँगीहाटकै राज लिम्बु बने । प्रतियोगिताको उदयीमान खेलाडी पाँचथर फुटबल क्लबका शुकराज राई बने । उनीहरु सबैले जनही दश हजार रुपैंयाँ प्राप्त गरे ।

डाँगीहाटका अभिशेक लिम्बु प्रतियोगिटाको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद २५ हजार प्राप्त गरेको आयोजक पाँचथर फुटवल क्लवका सचिव राजु राईले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीका ४ गाउँपालिकामा एमाले–कांग्रेसले बाँडे पद