एस्टन भिल्लासँग हार्‍यो आर्सनल

लन्डन । इङ्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल पराजित भएको छ। गएराति सम्पन्न खेलमा एस्टन भिल्लाले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो। एस्टन भिल्लाको जितमा खेलको सातौं मिनेटमा जोन म्याकगिनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

एस्टन भिल्ला यस सिजनमा जाइन्ट किलरको रुपमा अगाडी आएको छ। भिल्लाले टोटनह्याम र म्यानचेस्टर सिटीपछि आर्सनललाई पराजित गरेको छ। यो जितपछि एस्टन भिल्लाको १६ खेलमा ३५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। 

साथै यो हारपछि आर्सनलले शिर्ष स्थानमा रहने अवसर गुमाएको छ। यो यस सिजनमा आर्सनलको दोस्रो हार हो। १६ खेलमा ३६ अंक रहेको आर्सनल शिर्ष स्थानमा रहेको लिभरपुल भन्दा एक अंकले पछाडी रहेको छ।

बोर्नमाउथसँग म्यानचेस्टर युनाइटेड ३-० ले पराजित
म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ। गएराति सम्पन्न खेलमा बोर्नमाउथले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो। बोर्नमाउथको जितमा डोमिनिक सोलांके, फिलिप बिलिंग र मार्कोस सेन्सीले एक एक गोल गरेका थिए।

यो जितपछि बोर्नमाउथको १६ खेलमा १९ अंक भएको छ र लिगमा १३औं स्थानमा उक्लिएको छ । त्यसैगरी म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा सातौं हार हो। १६ खेलमा २७ अंक रहेको म्यानचेस्टर युनाइटेड हाल छैटौं स्थानमा रहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा सिर्जना सिंहको नाम सहमतिनजिक