लक्ष्मणको सतीदेवीलाई युनिभर्सल प्रमाणपत्र

काठमाडौँ । सञ्चारकर्मी लक्ष्मण सुवेदीले आफ्नो लेखन निर्माण तथा निर्देशनमा चलचित्र ‘सतीदेवी’को काम सम्पन्न गरेका छन् । यो चलचित्र यतिबेला सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले यो चलचित्रलाई सेन्सर पास गर्दै सबैले हेर्न मिल्ने युनिभर्सल प्रमाणपत्र दिएको छ । घण्टा १५ मिनेट लामो चलचित्र हेरी सके पछि सेन्सर बोर्डका प्रतिनिधीहरु पनी भावुक बनेको निर्देशक सुवेदीले बताए ।

‘चलचित्रलाई सेन्सर बोर्डमा हेर्नेले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । अब यो चलचित्रको रिलिजको मिति घोषणा गर्छु ।’ निर्देशक सुवेदीले राजधानीसँग भने,‘मेरो यो चलचित्र सामाजिक कथामा निर्माण भएको छ । देशमा जतिनै परिवर्तन आएपनि महिलाहरुको अबस्था अझै परिवर्तिन हुन नसकेको कथालाई मैले यसमा उठाएको छु ।’

बाबुछोरीको कथा समेत देखाएको चलचित्रले समाजमा हुने छोराको महत्वका कारण छोरी माथिको अपहेलना लगायतका विषयलाई महत्व दिएको पनि उनले बताएका छन् । चलचित्रले आमा छोरी र दिदिबहिनी बिचको सम्बन्धलाई देखाएको पनि उनले जिकिर गरे । २

मलिका महतको मुख्य भूमिका रहेको यो चलचित्रमा बाल कलकार हर्षिका वली र मञ्जिला बानियाँलगायतको अभिनय छ । दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इलामको सन्दकपुरकाे अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरूङ विजयी