बझाङमा कतै छोरीलाई छोराको स्थान, कतै छोरा पाउन ज्यानको बाजी

बझाङ । बझाङको तलकोट गाउँपालिकाका रमेश उपाध्यायले २०५५ सालमा शान्ति अवस्थि संग विवाह गरे । विवाह गरेको ५ बर्षपछी सन्तान भयो । २०५८ सालमा शान्ति अवस्थि गर्भवती हुँदा उनका श्रीमान रमेश उपाध्याय र शान्ति अवस्थिले घर सल्लाह गरे ।

सुत्केरी भएपछी छोरा वा छोरी जे भएपनी एउटै सन्तानलाई मात्रै जन्मदिने अर्को सन्तान नजन्माउने भनेर दुबै राजी खुःसीका साथ निर्णय गरे । सल्लाह गरेको केही महिनापछी अवस्थि सुत्केरी भईन् । उनको गर्भवाट लक्ष्मिको बास भयो । उनले छोरी जन्माईन् । उनका घर परिवारका सदस्यहरुले छोरोको आशा गरेका कारण घरमा त्यती खास्सै खुःसीयाली भने भएन ।

जसरी छोरो जन्मीदा गाउँमा नाचगान गर्ने र छटै खेल्ने गरीन्छ । त्यो भएन । अहिले सम्म पनी कुनै पनी गाउँमा खुःसीयाली मनाईदैन । जसरी छोरा जन्मीदा छैटी खेल्ने चलन छ त्यसरी छोरी जन्मदा छिमेकी र गाउँलेहरु पनी खुःसी हुदैनन् । तर रमेश र शान्ति भने निकै खुःसी भए । शान्ति भन्दा बढी खुःसी रमेश उपाध्याय भए । उनले चाहेको छोरी थियो । छोरी नै जन्मिएपछी उनि निकै दंग भए । दुबै जना मिलेर छोरीको स्याहारमा बस्त रहे । छोरी हुर्कीदै गईन् । छोरीको नाम हेवन उपाध्याय राखीयो । हेवन २ बर्षको भएपछी शान्ति र रमेशले बल्ल थाहा पाएकी छोरी हेवन बहिरी रहेछिन् भनेर ।

उनिहरु निकै दुःखी भए, छोरी अवस्था ’bout जानकारी पाएपछी । उनीहरुलाई आफुहरुको परिक्षा भगवानले लिएको अनुभुति भयोे । पहिला नै छोरा वा छोरी जे भएपनी एउटै मात्रै जन्माउने निर्णय गरेका उनिहरुको छोरी जन्मीन् त्यो पनी बहिरी । भगवानले यस्तो पुरुष बादि चिन्तन भएको समाजमा यिनिहरु के गर्दा रहेछन् ? भनेर परिक्षा लिएको हुनुपर्छ भन्ने लाग्यो उनिहरुलाई । उनिहरु झन बढी शशक्त भएर अघि बढे । यसै छोरीलाई अघि बढाउने बाचा खाए ।

यो कुरा घरपरिवारका सदस्य हुदै छिमेकीहरुले थाहा पाए । हेवन हुर्किदै गईन् । परिवारका सदस्य र छिमेकीहरुले अर्को सन्तानका लागी दबाब सिर्जना गर्न थाले । दुबै जनाले हिंशाको सामना गर्नुपर्ने बाध्यात्मक परिस्थिती आई लाग्यो । मेलापात, चुलो चौकोमा रमेश र शान्तिको कुरा उठ्न थाल्यो । रमेश भन्दा शान्तिलाई बढी दबाब आउन थाल्यो ।

घरपरिवार र छिमेकी बाट मात्रै नभइ माईती घर बाट समेत अर्को सन्तान पाउनका लागी दबाब सिर्जन गर्न थाले । कतिपयले विभिन्न आरोप समेत लगाउन भ्याए । बाँझोपन भएको हो । यिनले सन्तान पाउदिनन् । शान्तिले आरोप खेप्नु पर्यो । रमेशलाई पनी अर्को विवाह गर्न परिवारका सदस्य र छिमेकीहरुले दबाब सिर्जन गर्न थाले । यि सबै कुरा रमेशले एक कानले सुनेर अर्को कान बाट उडाउदै गए । उल्टै उनले परिवार नियोजन गर्न भ्याए । परिवार नियोजन गरेको जानकारी पाएपछी सबैले उनलाई पागलको संज्ञा दिन थाले । के भएको हो ? दुबै जना सरकारी जागिरे छौ ।

यत्रो सम्पती छ ? कस्ले खान्छ ? छोरी त्यो अवस्थाकी छिन् । विभिन्न कुरा गर्न थाले । कतिपयले औतालि पर्यो भन्दै कुरा काट्न सुरु गरे । यस्तो भन्नेहरुलाई रमेश र शान्तिले मुख भरीको जवाफ दिनु हुन्थ्यो । यस्ता कुराहरु पनी समाज परिवर्तन गर्न लागेका अगुवाहरु बाट, शिक्षकहरु , नेताहरु बाट बढी सुन्नु पर्ने हुन्थ्यो । उनी यिनिहरु बाट समाज परिवर्तनको के अपेक्षा राख्ने भन्दै कुरा गर्थे समाजमा भएको छोरा र छोरी विचको यो विभेद देखेर उनिहरु आफै छक्क पर्थे । उनिहरुको अघि राम राम गर्नेहरु पछी बगलीमा छुरा प्रहार गर्न भ्याउन्थे ।

अवस्थि र उपाध्याय दुबै जना शिक्षित ब्याक्ती हुन् । रमेश उपाध्याय बाल विकास माविका सहायक प्रधानाध्यापक र शान्ति अवस्थि जिल्ला अस्पतालमा सिनियर अनमि निरीक्षक हुन् ।

अहिले पनी मानिसले आक्कल झुक्कल उनिहरु बसेको ठाउँमा छोरा छोरीको विभिदको कुरा गर्दा र समाजले छोरालाई दिने स्थानको कुरा गर्दा समाजमा भएका अरु ब्याक्तीहरुको प्रसंगमा कुरा गर्दा , विर्सिएर झ्वाट्टै उसको छोरी मात्रै छिन् । अब के गर्छ ? विचरा भन्दै दयामाया देखाउने गर्दछन् । कहिले काँही अबुतो (छोरा नहुने ब्याक्तीलाई बोलीने अपशब्द) भन्न भ्याउन्छन् । जब उनिहरुलाई सामान्य देख्छन् र सम्झन्छन् । रातो पिरो हुदै लाजले ठाडो शिर नगरेर बाहीरीने गरेका छन् ।

अहिले उनको छोरी हेवन उपाध्याय कसैको छोरा भन्दा कम छैनन् । काठमान्डौमा अध्यापन गर्दै आएकी हेवनले २०२१ को खामोसी डेफको अन्तराष्ट्रिय विजेता समेत बन्न सफल भईन् । साथै २०२१ को मिस एण्ड मिस्टर देन ईन्टरनेष्नलकी समेत विजेता हुन् । उनले अहिले बझाङलाई मात्रै नभई देशलाई नै अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएकी छिन् । छोरी केही पनी हैन । सबै थोक छोरा नै हो भन्ने र दोस्रो सन्तान पाउन पर्छ । अर्को विवाह गर, छोरा नै पाउनु पर्छ । भन्ने ति समाजका अगुवा ब्याक्ती परिवारका सदस्यहरुले अहिले शान्ति र रमेशको अघिपछी छोरी होस् त तपाईको जस्तो भन्दै गुणगान गाउने गरेका छन् ।

छोरा पाउन ज्यानको जोखीम
रमेश र शान्तिले छोरी हेवन उपाध्यायलाई छोराको स्थान दिई रहदा, बझाङका धेरै जस्तो महिलाहरु छोरा पाउने आशामा अहिले पनी छोरी नै छोरी पाएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता छ । बझाङको सुर्मा गाउँपालिकामा एक महिलाको झण्डै ३ बर्ष अघि मृत्यु भयो । उनको साथमा ५ छोरी हुँदा हुदै छोरा पाउने आशामा नै उनले ज्यान गुमाईन् । छोरी सबै जीवित छन् । छोराकै आशामा बर्षै पिक्ष छोरी पाउदै गईन् । शारिरिक रुपमा कमजोर भएपछी उनले अकालमा नै ज्यान गुमाउनु पर्यो । कतिपयले छोरा पाउनका लागी बहु विवाह समेत गरेको पाईन्छ । जेठी श्रीमती बाट ५।६ वटा सन्तान छोरी नै छोरी भएपछी पारिवारीक रुपमा, समाजीक रुपमा आउने दबाबले गर्दा पुरुषले आफु खुःसी छोरा पाउने आशामा अर्को विवाह गरेका छन् ।

पछील्लो समयमा छोरा पाउनका लागी भु्रण हत्या गर्नेको दर निकै बढेको पाईन्छ । धनगढीका र भारतको पलियाका विभिन्न निजी अस्पतालहरुमा गएर पेटमा भएको बच्चा छोरा वा छोरी भनेर चेकअफ गर्ने, छोरा भए राख्ने र छोरी भए भु्रण हत्या गर्ने गरेका छन् । जयपृथ्वी नगरपालिकाकी एक महिलाले ४ पटक लगातार गर्भपतन गराईन् । पहिलो सन्तान छोरी भएपनी उनले दोस्रो सन्तान छोरा पाउनका लागी ४ पटक लगायतार भु्रण हत्या गराईन् । उनको परिवार र छिमेकी बाट एउटा छोरा पाउनका लागी दबाब सिर्जना भयो । उनले अन्तिम विकल्प केही नदेखेपछी धनगढी गएर चेकअफ गरेर ४ पटक गर्भपतन गराउन बाध्य भईन् । पाँचौ पटक जाँदा पेटमा छोरा, भनेपछी उनले छोरा जन्माईन् । थलारा गाउँपालिकाकी एक महिलाले पनी ४ छोरी हुँदा हुदै ३ पटक गर्भपतन गराएर चौथो पटक छोरा जन्माएकी छिन् । महिलाहरुले न चाहादा नचाहादै पनी सामाजीक साँस्कृतीक बाध्यताले आफ्नो ज्यानको कुनै प्रवाह नै नगरी गर्भपतन गराएर छोरा पाउने प्रवृति हावी हुदै गएको छ ।

जिल्ला अस्पतालको तथ्याङ्क हेर्ने हो भने गर्भपतन गराउनेको दर ह्वातै बढेको पाईन्छ । जिल्ला अस्पतालकी ईन्डोर ईन्चार्ज रुपा आचार्यका अनुसार आर्थिक बर्ष २०७९।०८० मा मात्रै गर्भपतन गराउनेको संख्या ३ सय ८१ रहेको छ । यस आर्थिक बर्ष २०८०।०८१ को साउन देखी मंसिर सम्म मात्रै १ सय ४८ जनाले गर्भपतन गराएका छन् । गर्भपतन गराउनेमा अविवाहित १५ बर्ष देखी ४८ बर्ष उमेर समुहका महिलाहरु छन् ।
कतिपय गर्भपतन गराउने महिलाहरु आफु खुःसी बाहीरी निजी मेडीकलमा औषधि सेवन गरेर अन्तिम चरणमा स्वास्थ्यमा जटिल समस्या भएपछी मात्रै अस्पतालमा पुग्ने गरेको ईन्डोर ईन्चार्ज आचार्यले बताईन् । उनले भनिन् ‘६।७ जना सम्म छोरीहरु हुन्छन् । परिवार नियोजन गर्नुस् भन्दा पनी मान्दैनन् । जती काउन्सिलिङ गरेपनी केही लाग्दैनर मान्दैनन् पनी । कतिपयले सुरक्षित गर्भपत गर्ने गरेका पनी छन् । कतिपय महिलाहरु बाहीरी औषधि सेवन गर्ने र उच्च रक्तश्राव भएपछी मात्रै अस्पताल आउने गरेको बताईन्’।

हिंशाको सिकार हुदै महिला
सामाजीक आर्थिक रुपमा र शैक्षिक रुपमा शशक्त नभएका कारण महिलाले हिंशा सहनु परेको छ । नेपालको संविधानमा प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान बंशीय हकको ब्यास्था छ । यस्तै उपधार २ मा महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हकको ब्यावस्था छ । यस्तै उपधार ३ मा महिला विरुद्ध धार्मीक,सामाजीक, साँस्कृतिक परम्परा प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानशिक, यौनजन्य, मनोबैज्ञानिक वा अन्य कुनै किसिमको हिंशाजन्य कार्य शोषण गरीने छैन । त्यस्तो कार्य कानुन बमोजीम दण्डनीय हुने छ र पीडितलाई कानुन बमोजिम क्षतिपुर्ति पाउने हकको ब्यावस्था गरीको छ । तर बझाङमा यी सबै कानुनि ब्यावस्थाहरु पुर्ण रुपमा कार्यान्वयन भएको पाईदैन । पछिल्लो समय दिन प्रतिदिन महिला हिंशा बढ्दै जान थालेको विभिन्न तथ्याङ्कहरुले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्ने हो भने आर्थिक बर्ष २०७७।०७८ मा जिल्ला प्रहरी कार्यालयमा ३ सय ३५ वटा महिला हिंशाका उजुरी आएकोमा ३ सय २५ वटा मिलापत्र भएको र १० वटा जिल्ला अदालतमा पठाईएको छ । यस्तै आर्थि बर्ष २०७८।०७९ मा २ सय ५० वटा महिला हिंशाका उजुरी आएकोमा जिल्ला प्रहरी कार्यालयमा २ सय ३५ वटा मिलापत्र गरेको र १५ वटा उजुरी अदालतमा पठाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । आ.ब.२०७९।०८० मा १ सय ९८ वटा महिला हिंशाका उजुरी आएकोमा १ सय ७८ मिलापत्र भई ११ वटा अदालतमा पठाईएको छ । यस आर्थिक बर्षमा मात्रै ६३ वटा उजुरी आएकोमा ५६ वटा मिलापत्र भएको र ७ वटा अदालतमा पठाईएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 219 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीका ५ पत्रकार चुनाव लड्दै, महासंघका निवर्तमान अध्यक्ष वडा सदस्यमा