‘डिल’देखि ‘दिल’सम्म

हामी भन्ने गर्छौं मृत्युको मुखबाट एक सेकेन्डको फरकमा उम्केकालाई सोधे थाहा हुन्छ, जीवनको महत्व के हुन्छ ? कतिपय हामीलाई नौलो लाग्न सक्छ, केही समयअघि सम्म जिल्ला सदरमुकाम र छेवैको गाउँबीच रहेको खाडलको विषयमा कुरा सुन्दा । सबै सरकारी निकाय र त्यसका हाकिम, तिनीसँग नजिकको सम्बन्ध रहेका सदरमुकामका व्यापारी, समाजसेवी, राजनीतिज्ञ र केही जल्दाबल्दाको जगजगी र गाउँबाट झरेकाले भोग्नुपर्ने र झेल्नपर्ने पीडाबोध र अकर्मण्यता । पहिले सदरमुकाम बाहिरकाहरू धेरैजसो अड्डाअदालतका काम विशेषले, विद्यार्थीहरू बर्सेनि आयोजना हुने वीरेन्द्र सिल्ड प्रतियोगितामा भाग लिन र एसएलसीका परीक्षा केन्द्रहरू सदरमुकाममा मात्र रहने भएकाले परीक्षा दिनका लागि मात्रै पुग्ने गर्दथे । यिनै भीडमध्येमा पनि केही अलौकिक प्रतिभाशाली हुने गर्थे । जसले सदरमुकामको तगारोलाई नाघेर राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमै आफ्नाे साख राख्न सफल हुन्थे । त्यस्तै, अप्ठ्यारा तगारोलाई नाघेर वर्तमानमा एउटा प्रतिभा हामीबीच चम्किरहेको छ, उसकै शब्द सापट लिएर भन्दा उसका पागलपन गीतका रूपमा, संगीतका रूपमा र चेतनासहितका कथाका रूपमा हामीबीच गुन्जिरहेको छ, उनी अर्थात् प्रकाश सपूत ।

उनका कथाहरू, गीतका भावहरू र संगीतका सरगममै जिन्दगीको अर्थ खोज्नेको, बाँच्नका लागि सार्थकता भेट्नेहरूको, हक र अधिकारका लागि लड्नेहरूको, भेदभाव र अत्याचारविरुद्ध आवाज उठाउनेको ग्राफ बढ्दो छ । समाजका अवयवलाई सरल शब्दमा उनेर सशक्त रूपमा पस्किने उनको कलाप्रति कसले ईख नराख्ला र ? यो उचाइसम्म पुग्न पूर्णिमाका रातमा उनले गनेका ताराको संख्या र औंसीका रातमा उनले चुहाएका आँसुको खहरेसँग सायदै कोही वाकिफ होला । कि, उनलाई थाहा होला, कि त उनको मनलाई थाहा होला । गाँउघरमा व्याप्त भेदभाव, दुःखजिलोमा चलिरहेको जीवन, चिनजान र पहुँचबिनाको रहर वा प्रतिभा, साधन र स्रोतको अभाव, मात्र सपनाको साथ र विश्वास । गाउँघरको तगारो छिचोल्नै उनलाई निकै हम्मे प-यो ।

लामो समय सरगम र सार्थक बन्नै लागेको सपनाबाट टाढा हुनुपर्दा उनलाई जीवन निराश र गन्तव्यविहीन लाग्न थालिसकेको थियो । उनका सामाजिक सञ्जालका विचार पढ्दा जीवन र मरणको ‘डिल’तिर मन डुलाइरहेका हुन् कि भन्ने सम्मको आभास मिल्थ्यो । तर, उनी सम्हालिए, अझै सँगालिए र झनै समर्पित भएर फर्किए

सदरमुकामसम्मको यात्रा तय गर्न उनले निकै समय खर्चिए, जुन सामान्य नै थियो । सदरमुकाम पसिसकेपछि भने उनले आफ्नाे प्रतिभाका लागि गतिलो मञ्च भेटे । बागलुङ सदरमुकाममा स्थानीय धौलागिरि एफएम स्टेसनसँगको साइनोले उनलाई सिर्जनशील रहिरहन सघायो । स्वप्नशील त उनी छँदै थिए । बजारियाको संगतले उनलाई व्यवसायका केही गणहरू पनि सिकायो । एफएमको पहुँचका कारणले उनी नेरोघेरोमा परिचित हुन थाले । आत्माविश्वासको पारो चढ्दै गएपछि भने उनी राजधानी हानिए । राजधानी सजिलो थिएन र आज पर्यन्त पनि छैन । र, अर्को सत्य भनेको उनी जस्तै प्रतिभाशाली प्रतिभाहरू मैदानमा अविराम संर्घषरत थिए । केही समय उनले आफ्ना सरगमलाई बिसाएर जीवन जिउन अन्तै मोडिनुपर्ने भयो र टेक्ने टेको, अडिने आडका लागि दुःखजिलो गर्दै दोहोरी साँझको शरणमा पुगे । दोहोरीको सानोतिनो कमाइबाट जोगाएर केही गीतहरू पनि उनले पस्किँदै गए, हुन त २१ वर्षको उमेरमै सन् २०११ मै उनले ‘गरिखान देऊ’ भन्ने एल्बम प्रकाशित गरिसकेका थिए ।

अवसरको उपयोगमा उनले कनै कन्जुस्याई गरिरहेका थिएनन् । प्रयोगवादी चित्तका कारण उनी आफूले दिने प्रस्तुतिमा नयाँ–नयाँ शैलीलाई प्रयोग गर्दै थिए । सन् २०१८ उनका लागि स्वर्णिम वर्ष भएर आइदियो । ‘बोल माया’ गीतले पाएको अपार सफलताले उनलाई रातारात चर्चाको शिखरमा पु-याइदियो । तर, बिडम्बना शिखरको न्यानो महसुस गर्न नपाउँदै कोभिड–१९ ले छोपिहाल्यो । उनी असमञ्जसमा परे, उनी मात्र नै होइन, सिंगो विश्व नै त्रसित थियो । दशकौंको तपस्यापछि भर्खर प्राप्त सफलतामा पनि कालो बादल मडारिएपछि उनको धैर्यताको बाँध टुट्दै जान थाल्यो । कोभिडको प्रकोपले रौद्र रूप धारण गर्दै लाखौं मानिसलाई कालको मुखमा धकेलिरहँदा उनमा मानसिक तनावले जरो गाड्न थाल्यो । कोभिडको आयु बढ्दै जाँदा मानिसको आयु घट्दै गइरहेको थियो । लामो समय सरगम र सार्थक बन्नै लागेको सपनाबाट टाढा हुनुपर्दा उनलाई जीवन निराश र गन्तव्यविहीन लाग्न थालिसकेको थियो । उनका सामाजिक सञ्जालका विचार पढ्दा जीवन र मरणको ‘डिल’तिर मन डुलाइरहेका हुन् कि भन्ने सम्मको आभास मिल्थ्यो । तर, उनी सम्हालिए, अझै सँगालिए र झनै समर्पित भएर फर्किए ।

कोभिडकालपछिका उनका हरेक सिर्जनाले देश–विदेशमा हरेक नेपालीको मन र मस्तिष्कमा डेरा जमाउन सकेको छ । उनका प्रस्तुतिले प्रशंसा सँगसँगै कहिलेकसो विवाद पनि निम्त्याउने गर्दछ । किनकि, उनी प्रश्न सोध्छन्, सत्य ओकल्छन्, समाज र मानिसलाई ऐना देखाउने गर्छन्, जो कसैकसैका लागि पाच्य हुँदैन । गाउँले–गोठाले जीवनबाट सदरमुकाम, राजधानी र न्युयोर्कको टाइम्स स्क्वायरसम्मको उनको यात्राले सबैमा सम्भावनाको अवसर छ है भन्ने शिक्षा प्रवाहित गरेको छ । आज उनी जीवन र मरणको ‘डिल’देखि जनजनको ‘दिल’सम्म पुगेका छन् । उनले आजसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 139 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भीमफेदी गाउँपालिका अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी