क्लब ब्रग बेल्जियन लिग च्याम्पियन

ब्रसेल्स । क्लब ब्रग बेल्जियन प्रो. प्रिमियर लिगको च्याम्पियन बनेको छ । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९)का कारण लिग सुचारु हुन नसक्ने भन्दै बेल्जियन फुटबल फेडेरेसनका अध्यक्षले क्लब ब्रगलाई लिग च्याम्पियन घोषणा गरेको हो ।

यससँगै युरोपियन लिगहरूमा रद्द हुने बेल्जियन लिग पहिलो लिग बनेको छ । युरोपका शीर्ष लिगहरू ३० अप्रिलसम्म स्थगित गरिएको छ । त्यसपछि पनि हुने÷नहुने टुंगो छैन ।

बेल्जियन प्रो प्रिमियर लिगको एक चरणको खेल बाँकी रहँदा कोरोनाका कारण प्रभावित भएको थियो । केही खेल बाँकी रहँदा क्लब ब्रगले शीर्षस्थानमा १५ अंकको फराकिलो अग्रता बनाएको थियो । त्यसैले पनि बेल्जियन फुटबल फेडेरेसनको बैठकले क्लब ब्रगलाई च्याम्पियन बनाएको हो । क्लब ब्रग २०१७ र १८ को सिजनमा च्याम्पियन बनेको थियो । बेल्जियन प्रो प्रिमियर लिगमा १६ टोली रहेको छ । क्लब ब्रगले २९ खेलमा २१ जित, ७ बराबरी र १ हारको नतिजा निकाल्दै ७० अंक जोडेको छ । जुन दोस्रो स्थानको जेन्ट (५५) भन्दा १५ अंक बढी हो ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी