इलाम । इलाम अस्पताल नजिकैको अस्पतालको क्वाटरमा आगलागी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयभन्दा माथि रहेको इलाम अस्पतालको क्वाटरमा आगलागी भएको हो ।
भान्सा घरमा कोही नभएको अवस्थामा मङ्गलवार दिउँसो दुई बजेतिर धुवाँ आएको देखिएपछि त्यहाँ पुग्दा भित्र आगो लागिरहेको पाइएको थियो । स्वास्थ्य कार्यालय इलामका विमल बरालका अनुसार आगो लागेको देखेपछि केही सामान निकाल्न सकिन्छ कि भनेर त पुगियो तर ताला लगाएको र तत्काल ढोका नखुलेपछि आगो फैलिएपछि केही पनि गर्न नसकिएको बताए ।
आगो सुरु भए लगतै इलाम नगरपालिकाको दमकलाई खबर गरे पनि दमकल जाने बाटो साँघुरो हुँदा घटना स्थलमा दमकल पुग्ने ढिलो भएको थियो । आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो निभाउन प्रयास गरिरहे पनि ग्याँस सिलिन्डर पड्किएको कारण आगो झन् दन्किएको थियो । बाटो साँघुरो भएको कारण दमकल पुग्न केही ढिलो हुँदा टिन र काठको घर नष्ट भइसकेको थियो भने अन्य घरमा फैलनबाट जोगिएको थियो ।
दमकलमा भएको पानीले पूर्ण आगो नियन्त्रण नभएपछि पुन दमकलले पानी ल्याएर मात्रै आगो नियन्त्रणमा आएको थियो । दमकल सँगै नेपाली सेनाले अस्पतालको क्वाटरमाथि ट्याङ्कीमा रहेका पानी र आगलागी भएको नजिकै रहेको खानेपानीको पाइप लाइनको पानीले आगो नियन्त्रणको प्रयास गरेको थियो । आगो नियन्त्रणका क्रममा एक जना प्रहरी घाइते भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
आगोका कारण उक्त भान्सा घरमा राखिएका ग्यास सिलिन्डर पड्किएका थिए । आगलागीबाट भान्सा घरमा राखिएका अन्य सामग्री जलेर नष्ट भएको प्रहरी टोलीले जनाएको छ । नजिकै आगो लागेपछि अस्पतालको प्रसूति वार्डमा रहेका बिरामीलाई भने अस्पतालको इमरजेन्सी कक्षमा सारिएको थियो । जिल्ला प्रहरी कार्यालय इलामका एसपी बासुदेव खतिवडाका अनुसार के कारणले आगलागि भयो भन्ने विषयमा अनुसन्धान भईरहेको र क्षतिको विवरण संकलनको काम भइरहेको बताए ।
आगो नियन्त्रण भयो, घर जोगिएन
आगलागी भएको स्थान इलाम नगरपालिकाको दमकल भएको स्थानबाट एक किलोमिटरको दुरीमा समेत थिएन । आगलागी हुन साथ दमकललाई खबर पनि भएको थियो । दमकल भएको स्थानबाट नजिकैको दुरीमा आगलागी हुँदा पनि घर नष्ट भएपछि मात्रै आगो नियन्त्रणमा आएको थियो । जसको कारण हो साँघुरो सडक । आगलागी सुरु हुँदै गर्दा दमकल अस्पताल छेउमा नआएको हैन तर अस्पताल छेउबाट घटना स्थलमा जाने सडकबाट दमकल नछिरे पछि घटना स्थलमा दमकल पु¥याउन झन्डै १५ मिनेट जति लागेको थियो ।
अस्पताल नजिकैबाट दमकल लैजाने प्रयास गरे पनि त्यहाँबाट दमकल नछिरे पछि गोरख होटेल नजिकै बाट दमकल लगिएको थियो । उक्त ठाउँमा पनि दमकल प्रवेश गर्न साँघुरो भएका कारण निकै दुखका साथ मात्रै दमकल छिरेको थियो । दमकल तयारी अवस्थामा घटना स्थलमा गए पनि साँघुरो बाटोका कारण समस्या भएको थियो । स्थानीयका अनुसार दमकल आएको समयमा आगो निभाउन पाएको भए पुरै नष्ट हुने थिएन तर आएको दमकल त्यहाँ लैजानका लागि साँघुरो बाटो भएका कारण एकै छिन ढिलो हुँदा घर पूर्ण रूपमा नष्ट भएको हो । बजारको बाटो बाट भित्र छिर्नुपर्ने भएको कारण दमकल पु¥याउन समस्या भएको थियो ।
सानो दमकलको आवश्यकता
इलाम बजारमा भएको आगलागीबाट नगरपालिकामा सानो र ठुलो दुई वटा दमकल हुन आवश्यक रहेको स्थानीयले बताएका छन् । आगलागी स्थलमा पुगेका स्थानीयले नगरपालिकाको दमकल उक्त ठाउँमा पुग्न बाटो साँघुरो भएको थाहा पाएपछि नगरपालिकामा सानो पनि दमकल आवश्यक देखिएको बताए ।
घटना स्थलमा पुगेका एक व्यक्तिले नगरपालिकाले सवारी साधनमा गर्ने खर्च जोगाएर भए पनि पालिकामा सानो दमकल आवश्यक रहेको बताएका हुन । बजारमा साँघुरो बाटो भएका कारण सबै तिर ठुलो दमकल नपुग्ने रहेछ उनले भने नगरपालिकामा सानु दमकलको पनि आवश्यक देखियो जसका कारण बजार नजिकैका टोलमा जाने साना सडकमा पनि दमकल पु¥याउन सकियोस् ।