‘नो विन्टर होलिडेज’ उत्कृष्ट

काठमाडौं । ११औं संस्करणको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ‘नो विन्टर होलिडेज’ उत्कृष्ट भएको छ । ‘नो विन्टर होलिडेज’लाई उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड जितेको हो ।

राजन कठेत र सुनिल पाण्डेले ‘नो विन्टर होलिडेज’ निर्देशन गरेका हुन् । बिगतमा चलचित्रले उत्कृष्ट अवार्ड जितिरहेको बेला यसपटक महोत्सवमा बृत्तचित्र उत्कृष्ट भएको हो ।

काठमाडौंमा चार दिनसम्म चलेको यो महोत्सबमा महोत्सवमा विश्वभरबाट खुल्ला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन लगायतका नेपालसहित २७ देशका ५४ वटा चलचित्रहरु देखाइएको थियो ।

सर्ट डकुमेन्ट्री तर्फ इन्टरनेशनल विधाको अवार्ड भने स्पेनका जुलेन जुबिटको ‘अ माउण्टेन अफ मेमोरिज’ले जितेको छ । यस्तै सर्ट फिल्मतर्फ आकांक्षा कार्कीको ‘सनाई’ले ‘बेष्ट न्यारेटिभ’ अवार्ड हाँसिल गरेको छ । उत्कृष्ट सर्ट डकुमेन्ट्रीतर्फको अवार्ड नेपालका एलएसएम र सहयोगराज अधिकारीको ‘यात्रा’ले पाएको छ । यस्तै त्यस्तै महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड ‘एज अफ लर्निङ’बाट शुभांगी खड्काले जितेकी छिन् ।

सोही महोत्सबमा उत्कृष्ट कथानकका लागि बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’लाई र फिचर डकुमेन्ट्रितर्फ सौरभ कान्ति दत्तको ‘फतिमा’लाई जुरी मेन्सन अवार्ड प्रदान गरियो । उत्कृष्ट छोटो कथानक अन्तर्राष्ट्रियतर्फको अवार्ड जर्मनका जवाहिन जेनिटारको ‘अन माई फादर ग्रेभ’ले पाएको छ ।

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डमा चार दिनसम्म संचालन महोत्सवमा ‘सिनेमा विकासको लागि राजनीतिक प्रतिवद्धता’ र ‘सामूहिका अधिकार ः अन्तर्राष्ट्रिय प्रतिवद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीहरु बीच दुईओटा प्यानल छलफल पनि राखिएको थियो । यो महोत्सवमा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि राखिएको थियो । महोत्सबमा मानव अधिकार र चलचित्रको सम्बन्ध’bout विभिन्न अन्तरक्रिया पनि गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको दुर्गा भगवती गाउपालिकाको प्रमुखमा माओवादीका सिंह बिजयी