Friday, April 23, 2021
Home प्रदेश क्युङ गाउँमा सकियो खाद्यान्न, पाँच परिवार भोकै

क्युङ गाउँमा सकियो खाद्यान्न, पाँच परिवार भोकै

,

धादिङ । विकट उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ क्युङ गाउँमा सरकारले कोभिड –१९ को महामारीबाट बचाउन गरेको लकडाउनपछि ज्याला गरेर परिवार पाल्ने सबैका घरमा खानेकुरा सकिएको छ ।

एकसठ्ठी घर रहेको क्यूङ सबै तामाङ समुदायको बसोबास क्षेत्र हो । अधिकांश भारतमा रोजगारीका लागि जाने र परिवार पाल्ने गरेका तामाङ समुदायको गाउँ यस वर्ष भारत जानुअघि नै लकडाउन भएको र केहीअति गरीब परिवारले ज्याला गर्ने अवसरसमेत नपाएकाले खानेकुरा नभएको गाउँका चोक्ता तामाङले टेलिफोनबाट जानाकारी दिनुभयो ।

कामका लागि बाहिर जाने र गाउँमा उधारो सामान लिएर परिवार पाल्दै आएका गाउँबासी काममा नगएको र लकडाउन भएको भन्दै व्यापारीले समेत चामललगायत खाद्य सामग्री नदिएपछि सबैको घरमा खानेकुरा नभएको अम्बर तामाङको भनाइ छ । गाउँमै ज्याला गरेर खानुपर्ने परिवारको त चार दिनअघिदेखि नै खानेकुरा सकिएको छ । बाह्र दिनसम्म काम नपाएको तथा गाउँमा एकापसमा ज्याला नहुने र पर्म मात्र हुने भएकाले ज्याला गर्नसमेत समस्या आएको छ ।

चार दिनअघिदेखि खानेकुरा सकिएकाहरुमा तङ्दोल तामाङ, कान्छा तामाङ, बलराम भनिने चोक्ता तामाङ, अम्बर तामाङ र टेकबहादुर तामाङको परिवार छन्। उनीहरुलाई तत्काल सहयोग उपलब्ध गराउनुपर्ने अवस्था आएको वडाध्यक्ष टेकबहादुर तामाङले यही चैत १९ गते गाउँपालिका कार्यालयमा लिखित जानाकारीसमेत गराइसकिएको बताउनुभयो । गाउँबासीसँंग खानेकुरा छैन । गाउँमा उत्पादन हुने जग्गा छैन । धादिङबेंसीबाट डुनडुरेसम्म कच्ची सडकमा गएपछि ६ घण्टा हिँडेर मात्र पुग्न सकिने विकट गाउँ भएकाले भनेकै समयमा कोही मानिससमेत जान सक्दैन । त्यसैले सो गाउँलाई सहयोग अत्यावश्यक रहेको वडाध्यक्ष तामाङको भनाइ छ ।

गाउँपालिकाले कोरोना भाइरसको महामारी रोक्नका लागि प्रभावकारी योजना नबनाएको र गाउँपालिका अध्यक्ष गाउँ घुमे पनि केही सहयोग नपाएको सो क्षेत्रका नागरिकको गुनासो छ । चैत १९ गते इन्सेक प्रतिनिधि र पत्रकारले गाउँपालिका अनुुगमन गर्दा प्रतिकार्ययोजना नै नबनेको तथा गाउँपालिकाले एउटा क्वारेन्टाइन बनाएको भए पनि गाउँमा अलपत्र परेका मजदूरले सहयोग नपाएको गुनासो गरेको पाइएको थियो ।

गाउँ पुगेको टोलीलाई गाउँपालिका उपाध्यक्ष योमाया तामाङले लकडाउन उल्लंघन गरेर किन आएको भन्ने प्रश्न गर्नुभएको थियो । यता वडाध्यक्ष तामाङले भने कुनै पनि तरिकाले क्यूङ गाउँमा सहयोग गरिने वचन दिनुभयो ।

(Visited 141 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

साताका लोकप्रिय समाचार

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

अझै भयावह बन्दै कोरोना संक्रमण

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने...

कम प्राथमिकता: उच्च जोखिम

यो आलेख तयार पार्दासम्म विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वका २ सय १९ देशका १४ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् ।...

वैशाख अन्तिमसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अति प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सिफारिस गरेको छ । बैठकले बैशाख अन्तिमसम्म विद्यालय...

नवनिर्वाचित पत्रकारले गरे पदस्थापन

सप्तरी, राजविराज । पत्रकार महासंघ शाखा सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुको सोमबार एक कार्यक्रमको आयोजना गरि पदस्थापना गरिएको छ । राजविराजस्थित शाखाको सभाकक्षमा आयोजित कार्यक्रमबीच नवनिर्वाचित अध्यक्ष...

ट्रेन्डिङ

कोरोना संक्रमणबाट एकैदिन १७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ पुरुष तथा ५ महिला रहेका...

भूमि समस्याको समाधानतर्फ स्थानीय सरकार

बुटवल । भूमि सम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरपालिकामा सबै वडामा सहजीकरण समिति गठन भएका छन् । उपमहानगरमा नगरस्तरीय सहजीकरण समिति र यहाँका १९...

काँग्रेस विपक्षीकै भूमिकामा बस्छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा आज शङ्खमुलमा...

एम्बाप्पेले पीएसजी छोड्ने

पेरिस । विश्व विजेता फ्रान्स तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार फरवार्ड केलियन एम्बाप्पेले यो सिजन सकिएलगत्तै क्लब छाड्ने घोषणा गरेका...

लोकसेवाको परीक्षामा लेख्ने कला

लोकसेवा आयोगका परीक्षामा सफल हुनका लागि लेख्ने तरिकाको महत्वपूर्ण भूमिका रहन्छ । परीक्षामा सशक्त लख्ने पूर्ण तयारी आवश्यक हुन्छ । आयोगका परीक्षामा सफल हुनको...

धुलिखेल अस्पतालबाट आएका बिरामीसहित ४ जना क्वारेन्टाइनमा

ओखलढुङ्गा । धुलिखेल अस्पतालबाट ओखलढुङ्गा आएका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । काभ्रेको धुलिखेल अस्पतालमा शनिबार कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा...

राष्ट्रपतिलाई महाअभियोग लगाउन खुट्टा कमाउनेलाई इतिहासले क्षमा गर्ने छैन : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा डा भट्टराई लेख्छन् ‘...

‘भारतीय चेली’ सरिता गिरी पार्टीबाट निस्कासित, सांसद पद गुम्यो

काठमाडौं । समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । पार्टीको उक्त निर्णयपछि सांसद गिरी अब सांसद रहने छैनन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको...

ठेकेदारलाई कारवाही हुन्छ : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ठेक्का लिएका कम्पनीले गरेको लापरवाहीलाई कारवाही गर्ने बताएका छन् । उनले आज एक प्रेस विज्ञप्ति जारी...

सिरहामा बालकसहित दुई जनाको डुबेर मृत्यु

सिरहा । सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सिरहाको अर्नामा गाउँपालिका–३ मैनाबत्ती खोलाको पानीमा डुबेर...

फाइनल प्रवेशका लागि हैदराबादले दिल्लीसँग भिड्ने

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) सनराइजर्स हैदराबादसँग प्लेअफमा रोयल च्यालेन्जर बैंगलोर पराजित भयो । पराजयसँगै बैंगलोर युएईमा जारी १३ औं संस्करणको टी–२० क्रिकेटबाट...

कालीगण्डकी नदीमा एक जना बेपत्ता

नवलपुर । नवलपुरको बुलिङटार गाउपालिकाको काली गण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता भएका छन् । मंगलबार साँझ पाँच बजेतिर पौडी खेल्ने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)