Thursday, November 26, 2020
Home बिचार जन्मभूमि टेक्न नपाउँदा बगेको आँसु

जन्मभूमि टेक्न नपाउँदा बगेको आँसु

सरकारले जनताको अभिभावकत्व निर्वाह गर्नुपर्छ । सीमा क्षेत्रमा भात न पानी भएर निराशाले पुर्पुरोमा हात राख्दै देश र घर सम्झेर तड्पनुपरेका नेपालीको दुर्दशालाई सरकारले खेलाँची ठान्नुहुँदैन । तिनले एक घण्टा होइन, एक दिन होइन तीन–तीन दिनसम्म देशको सीमामा प्रतीक्षा गरेर बस्नुप¥यो । सुत्केरीको बल्लतल्ल उद्धार गरिएको दर्दनाक दृश्यलाई सरकारले अन्य नेपालीलाई पनि देशभित्रै सुरक्षित राख्नुपर्छ । अनेकौं हन्डर बेहोरेर, घन्टौं हिँडेर, तिरस्कृत भएर बल्लबल्ल देशको सीमामा आइपुगेका नेपालीले आफ्नै मातृभूमिमा रहन चाहेका हुन् । मरे पनि आफ्नै माटोमा, आफ्नो भूमिमा मर्न पाउनुपर्छ भन्ने नागरिकको वेदनालाई कसरी अभिभावकले उपेक्षा गर्न सक्छ । भारतमा सामान्य नेपालीले कति अपहेलित हुनुपर्छ भन्ने कुरा महलमा बस्ने र नेतलाई अलिकति पनि बोध हुँदैन किनकि उनीहरू जाँदा त सम्मान हुन्छ ।

कोरोनाको विश्वव्यापी भयसँगै सरकार, सुरक्षाकर्मी अनि स्वास्थ्यकर्मीद्वारा भएका वर्तमानका राम्रा कामका साथै अमानवीय घटनाले पनि पिरोलिरहेको छ । सम्पन्नका घरमा यसो गाँसको जोहो गर्ने समस्या नहोला । सरकारले गरिब, मजदुर किसानलाई राहत दिने योजना बनाइरहँदा परदेशमा, छिमेकी भारतमा पनि भोकभोकै बस्न विवश नेपालीका बारेमा सोच्नुपर्ने अर्को आवश्यकता हो । त्यहाँका मालिकले काम नगरेको समयमा तलब नदिने समस्या अत्यन्तै दयनीय हुन्छ । आखिर रोगले मरिने हो कि भन्दै गर्दा शोक र भोकले मर्नुपर्ने अवस्था त हुनुहुन्न नि । गरिब, निम्न आय भएका, यसो दुईचार पैसा भए पनि कमाएर घरको गर्जो टार्ने उद्देश्यले त घर छोड्नेका दशा कति हृदयविदारक हुन्छन् । कामबाट बिदा नै नपाउने अवस्थाका घरबाहिर बसेकालाई यो समयमा घरपरिवारमा आनन्दले रहने कत्रो चाहना हुँदो हो । यो एउटा गम्भीर मनोवैज्ञानिक विषय हो ।

हो, नेपाल–भारत सरकारले पनि मानवहित सोचेरै आआफ्ना सीमामा अलपत्र भएकालाई सुरक्षित राख्ने भन्ने निर्णय भएको हो तर भावनात्मक रूपमा अप्ठेरोमा मनोवैज्ञानिक विषय अभैm संवेदनशील हुन्छ । भारतमा मजदुरी गर्न गएका अनि अरू उपाय नदेखेर लामो पैदल यात्रा गर्दै, महाकालीको चिसो पानीमा महाजोखिम मोलेर नेपाल आएका समाचार नै कति हृदयविदारक लाग्छन् । सञ्चार माध्यममा आएका बैतडीका लोकेन्द्र बोहराको पीडा, अमरसिंह धामीजस्ता गरिब मजदुरका यथार्थ कथाले मन कटक्क बनाउँछ । तिनीहरू भारतमा मोजमस्ती गर्न, रमरस गर्न गएका होइन थिए । तब त गरिबको सास र लासमा भ्रष्टाचार गर्न तम्सिएका नवसामन्तवादी सोचको सिकार हुँदा आज कैयौं नागरिक नियमको नाउँमा अभैm बढी त्रसित छन् । संवेदनहीनताको पराकाष्ठामा पीडित छन् ।

अझ भारतीय प्रहरीले गर्ने गरेका अत्याचारको सहन कति दयनीय हुन्छ, त्यो कुरा भोग्नेले थाहा पाउँछ तर उल्टै आफ्नै देशमा पनि अत्याचारपूर्ण अनि निर्मम व्यवहार देखाइनुले वास्तवमा मातृभूमि सेवकसँग कसरी सद्भाव राख्ने भन्ने पीडा हुँदैन र ! त्यत्रो क्षेत्र चिसो नदीमा पौडेर, बाँचेर नांगो मान्छे आफ्नो देशको भूमिमा आइपुग्यो अनि उल्टो यातना दिइन्छ भने त्यो व्यवहारलाई सुरक्षा गरिनेको कर्म हो भन्न मिल्छ ? संवेदना र घटनालाई विश्लेषण गर्न नजान्ने नेपालको शैली माथिदेखि तलैसम्म दयनीय र तुच्छ लाग्छ । किनकि, यत्रो विपद्मा संवेदनाको मौका छोपेर भ्रष्टाचार गर्ने सोच जाग्नु निन्दनीय नालायकी बुद्धि हो । मान्छेलाई बाँच्नुको समस्या भइरहँदा कसैलाई कुम्ल्याउने ध्याउन्न कसरी जागृत हुन्छ ?

मरे पनि आफ्नै माटोमा मर्न पाउनुपर्छ भन्ने नागरिकको संवेदनालाई अभिभावकले उपेक्षा गर्न मिल्दैन

केही अबुझ, अटेरले जानीजानी यो संकटको अवस्थामा सुरक्षित रहनका लागि भनेर बनाइएको नियमलाई मानेनन् होला । बिचरा † धेरै त बाध्य भएर विकल्प खोज्दा प्रहरीको फन्दा परे हुनन् । प्रहरीलाई पनि हैरान छ तर कतिपयलाई त प्रहरीले अत्यन्तै पाशविक व्यवहार पनि गरेका भिडियो आएका छन् । एउटा मूर्ख भयो र मानेन भनेर अर्को पनि मूर्ख र पाशविक आचरणमा परिणत हुनु जायज होइन । यसो भन्दा असल प्रहरीले जिम्मेवारी निर्वाह गर्नेक्रममा आफ्नो जीवनलाई दाउमा राखेर सेवा गरिरहेका छन् । त्यो विषय अत्यन्तै सराहनीय, र मननीय पक्ष हो । सरकारले यो अप्ठ्यारोमा सक्रिय व्यक्तिका लागि प्रोत्साहन गर्नु आवश्यक हुन्छ ।

सरकारसँग भारतबाट फर्केका नेपालीले देशमा आउन देऊ भनिएको विषय सरकारको विरोध वा समर्थनको होइन, न्याय र समयोचित एक नागरिकको हो । नेपाल सरकारले लागू गरेको नियम र भारत सरकारको नियमका बीचको तालमेल नभएकाले न ती जनता सीमा क्षेत्रसम्म आइपुगेका हुन् । त्यसमा पनि यो ‘एकान्तवास’ पहिलो बाध्यात्मक अभ्यास हो, जनता पनि जानकार छैनौं । आइहालेका छन् भनेपछि यतिधेरै कठोर बनेर सरकारले ढुंगाले लेखेको अक्षरको नियम बनाउने बेला पनि त होइन होला नि !

हो, सरकारले नाकाहरू त बन्द गरेकै थियो तर भारतमा रहँदा त्यहाँका मजदुरलाई आफ्नो कमाइले खानै नपुग्ने अवस्था पनि त छ । ती जनतालाई हामीले जसरी मानवीय व्यवहार गर्दैनन् । काम नगरेको समयमा तलब दिँदैनन् । धेरै तल्लो स्तरको काम गर्न विवश नेपालीको दुर्दशालाई सरकारले निकटबाट चियाउनेसम्मको दया पनि देखाएको छैन । आखिर क्वारेन्टाइन (पूर्वसतर्क उपचारात्मक अवस्था)मा राख्नेगरी सबै नेपालीलाई नेपालमै ल्याइँदा के बिग्रिन्थ्यो ? गर्भवती महिलालाई तीन दिनपछि बल्ल उद्धार गरियो । विश्वका अस्ट्रेलियालगायतका सरकारले आफ्ना नागरिकलाई हवाई चार्टर गरेर लैजाने निर्णय गर्छ अनि हाम्रो देश भारतीय सीमामा चरम तिरस्कार र पीडाबोध गर्दै बस्नुपर्दाको त्यो संवेदना कति दर्दनाक हुन्छ । अझ माथिको आदेश भन्दै कुराइन्छ ।

यो पनि पढ्नुहोस   सार्वजनिक खर्चमा कटौती सकारात्मक

पछिल्लो समयमा नेपाल र भारतबीच सहमति गरी नेपालमा भएका १ सय २५ जना मजदुर भारतीय नागरिकलाई भैरहवास्थित क्वारेन्टाइनमा राखियो भने नेपाल–भारत सीमानाका सुनौली क्षेत्रमा रहेका ३ सय नेपालीलाई भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएको छ । गत १७ चैत्रबाट तीन दिनसम्म बिचल्ली भएर बसेकालाई बल्ल नेपाल–भारतले सहमति गरेका छन् । आखिर ती नेपाली मनमा एकातिर आफ्नो भूमिमा फर्कन नपाएको पीडा छ भने अर्कोतिर कोरोनाको बढ्दो महामारीको त्रास छ । भारतमा नेपालीलाई भेडाबाख्रा राखे जसरी राखिएको कुरालाई सरकारले कसरी हेरेको छ ? कमसेकम आफ्नो देशमा आउन पाएको भए एउटै कोरोनारूपी साझा त्रास मात्र बाँकी रहन्थ्यो तर त्यसो गरिएन । बरु त भारतका नागरिकलाई भारतकै भूमिको क्वारेन्टाइनमा र नेपालकालाई नेपालकै क्वारेन्टाइनमा राखिएको भए चित्त बुझ्ने अवस्था हुने थियो ।

नेपालमा अरू समयमा गरिब, सर्वसाधारण केही नभनी घरखेत सारा उडाउने गरी चर्को रकम असुलेर उपचार गर्न बजार थापेका निजी अस्पतालहरू कोरोनाको परीक्षण नगर्ने भन्दै निर्लज्ज रूपमा तर्किएका समाचार आइरहेकै छन् । सबै खराब मात्र त हुँदैनन् तर अधिकांश अस्पतालमा बिरामी भएर जाँदा अर्को मानसिक बिरामी बोक्न हामी नेपाली विवश छौं । तिनका अमानवीय व्यवहारलाई पैसाले किनेर पैसा असुल्ने हुँदा पर्दा पछाडि मात्र राखिन्छ । कपडा पसलमा सामानको भाउ घटाउने गरिन्छ, गाडीमा गाडी भाडामा छुट हुन्छ, सब्जी किन्दा पनि हामी अलिकति घटाइ माग्छौं तर अस्पताल नै यस्तो क्षेत्र हो जहाँ एक पैसा कम तिर्न मिल्दैन, जहाँ जति भन्यो त्यति नै रकम जसरी भए पनि तिर्नै पर्छ । बिरामीवालालाई औषधि, उपचारका बारेमा केही ज्ञान नहुँदा जे भने पनि, जसो भने पनि, जति मागे पनि तिर्नै पर्ने हाम्रो बाध्यता छ । त्यसैले जीवनभरि कमाएर पैसा खर्च गर्नुपर्ने सबैभन्दा ठूलो र अप्ठ्यारो स्थान भनेकै अस्पताल हो । अझ अस्पतालमा बिरामीको बेड खाली भयो भने बिरामीले अस्पताल बस्ने दिन लम्ब्याएरसमेत राखिदिएका हुने रहेछन् । हामीलाई विश्वास गर्नु बाहेक अरू विकल्प हुँदैन किनकि त्यहाँ जीवनको सवाल जोडिएको हुन्छ ।

ग्रामीण क्षेत्रमा विदेशबाट आएकालाई तिरस्कार गर्ने गरेका गलत सोचले पनि तिनको संवेदनामा प्रहार भएको देखिन्छ

अर्को पक्ष, सरकारी अस्पतालमा त त्यसै पनि लापर्बाही गर्ने र बिरामीलाई बेवास्ता गर्ने, सफासुग्घर नगर्नेलगायतका असंवेदनाको व्यवहार भइरहेकै हुन् । सरकारी अस्पतालमा सबैभन्दा गाह्रो कुरा त डाक्टरको बोली सुन्न पाउनु नै हो । तिनले निजीमा धेरै पैसा पाइने भएर पनि बिरामीलाई वास्ता नगरेको कुरा नयाँ होइन ।

हाल आएर कोरोना विषाणुको कारणले डाक्टरहरूले अन्य रोगका लागेकालाई पनि बेवास्ता गर्ने गरेका हृदयविदारक घटना आइरहेका छन् । हो, खतरा छ तर पेसाप्रति निष्ठावान् भएर सतर्कतालाई अपनाउँदै सेवा गर्नु डाक्टरको कर्तव्य पनि त हो । ड्राइभरको पेसामा त हरेक दिन, हरेक क्षण जोखिम हुन्छ तर यत्तिका धेरैले गाडी चलाइरहेका छन् । यो अवस्था परीक्षाको घडी हो ।

२० चैत्रसम्म नेपालमा जम्मा ६ जना संक्रमित भएको पुष्टि भएको कुरा स्वास्थ्य मन्त्रालयले बताएको छ । हामी जोखिमबाट बाहिर छैनौं । अर्को पक्ष डाक्टरले सामान्य मौसमी ज्वरो, रुघाखोकी लागेकालाई समेत नहेर्ने, बिरामीलाई कोठामा राखेपछि चेकजाँच नगर्ने, छिःछिः र दुरदुर गर्ने गरेका कुरा साँच्चै दयनीय लाग्छन् । एउटा रोग लागेको बिरामी उचित उपचार नपाएर झनै ग्रसित हुनुपर्ने, डाक्टरले नै बेवास्ता गर्ने गर्दा तिनको अवस्था कस्तो होला ? अर्को कुरा ग्रामीण क्षेत्रमा विदेशबाट आएकालाई तिरस्कार गर्ने गरेका गलत सोचले पनि तिनको संवेदनामा प्रहार भएको देखिन्छ । सीमापारि रहँदासमेत सरकार छ भन्ने भएमा मनोवैज्ञानिक रूपमा एउटा उपचार हुन्छ । यसर्थ, अप्ठ्यारोलाई बुझेर न्यायोचित सम्बोधन गर्नु सबैको आवश्यकता हो । सचेत रहनु हरेक नागरिकको दायित्व हो । सरकारले अभिभावकत्व निर्वाह गर्ने यो एउटा अवसर पनि हो ।

(Visited 181 times, 1 visits today)
Loading comments...

आजको समाचार

नियुक्तिमा प्रधानन्यायाधीशकै अलमल

काठमाडौं । संविधान र कानुन पालना गर्नुपर्ने मुख्य भूमिकामा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एक वर्षदेखि कानुनको बेवास्ता गर्दै आएका छन् । प्रधानन्यायाधीश जबराले...

नाटक बोक्सीको घरलाई चलचित्रमा उतार्दै केकी

काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला आफूले निर्माण गर्ने नयाँ चलचित्रको तयारीमा व्यस्त छिन् । उनले यसअघि विशाल भण्डारीको निर्देशनमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण...

बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्दा तीन बेपत्ता

चितवन ।  प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन्...

छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका...

रेमिट्यान्स आयातमा वृद्धिः चालू खाता र शोधनान्तर स्थिति बचतमा

काठमाडौं । चालूआर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्समा १२.६ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार तीन महिनामा २ खर्ब ५८ अर्ब ८६...

साताका लोकप्रिय समाचार

यसरी बनाइन्छ झुरुम झुरुम बदाम (फोटोफिचर)

काठमाडौं । हिँउदको याममा काठमाडौंमा बदामको खपत निकै राम्रो हुन्छ । काठमाडौंको भित्री गल्लि गल्लिमा समेत डालो काँधमा राखेर ‘अ आयो झुरुम झुरुम बदाम...’...

१६६९ जनामा कोरोना पुष्टि, ५६९९ जना संक्रमणमुक्त

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ८ हजार ३२...

स्थानीय तहमा सुशासन कायम गर्न ‘लिजा’ प्रणाली

काठमाडौं । देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए)...

३३ एसएसपीको सरुवा, महानगरीय प्रहरी प्रमुखमा अशोक सिंह

काठमाडौं । नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको सरुवा सूची अनुसार महानगरीय प्रहरी...

ग्यास बुलेटले ठक्कर दिँदा माेटरसाइकलमा सवार दुईको मृत्यु

चितवन । पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका–६ हर्दीस्थित राजमार्गमा आज साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको ग्यास...

ट्रेन्डिङ

यशुको नाम लिएर प्रार्थना गरे कोरोना लाग्दैन भन्दा भन्दै कोरोनाबाटै मृत्यु

पोखरा । पोखरामा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाएका ६२ वर्षीय पुरुषको आइतबार दिउँसो अन्त्येष्टि गरिएको छ । उनको मृत्युको करिब १५ घण्टापछि...

सात वर्षमा १५ अर्ब बढीको विद्युत् खेर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रसारणलाइन अस्वस्थताका कारण (ट्रान्समिटर लाइन लस) सात वर्षमा १५ अर्ब ८६ करोड बढीको नोक्सानी भएको छ । प्राधिकरणको पछिल्लो...

काेराेनाकाे जाेखिम बढेपछि बर्दियामा थप कडाई

बर्दिया । काराेना संक्रमण बढदै गएपछि बर्दियामा मंगलबारदेखि थप कडाइ गरिएकाे छ । मंगलबारदेखि यहाँ सवारीसाधन सञ्चालनमा पुनः जोरबिजोर प्रणाली लागू गरिएकाे छ। कोरोना भाइरसको...

एक सचिवका लागि तीन जना सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष...

सप्तरीका वडाध्यक्षमा भेटियो कोरोना

राजविराज । सप्तरीका एक जना वडाध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं...

रास्कोटको नमुना बस्तीमा रिङरोड बन्ने

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका ७ को नमुना बस्तीमा रिङरोड बन्ने भएको छ । प्रदेश सरकार, संघीय सरकार र नगरपालिकाको सहयोगमा नगरपालिकाको वडा नं...

काठमाडौं बाहिरका मजदुरलाई पनि राहत दिन सरकारसंग नेकपा नेता साहको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले काठमाडौं बाहिरबाट आएर काठमाडौंमा मजदुरी गर्नेलाई...

सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप, नियमन र नियन्त्रणमा सरकार उदासिन

काठमाडौं । वर्षेनी २७ हजार अर्थात दैनिक ७३ जनाको ज्यान लिने सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा सरकार उदासिन रहेको छ । कानुन र नियमावली बनाएर...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

भर्खरै

सिरहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका– १० पदमपुरमा आज साँझ बसले मोटरसइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै...

यस वर्ष जाडोमा तापक्रम औसतभन्दा बढी नै रहने

काठमाडौँ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने...

सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले कुनै व्यक्ति वा...

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर...

धेरै पढिएका

पार्टीभित्रको विवाद ‘लिक’ बाहिर जाने खतरा देखियो : महासचिव पौडेल

बुटवल । नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्रको अन्तरिक विवाद ‘लिक’ बाहिर जाने खतरा देखिएको बताएका छन् । पार्टीमा एकाएक अन्यासमै समस्या प्रकट...

कोरोनाबाट थप २३ जनाको मृत्यु, मृतकको संख्या १४१२ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १ हजार ३६ पुगेको...

नेकपा विवाद: केन्द्रबाट जिल्ला हुँदै गाउँसम्म

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद केन्द्रदेखि जिल्ला हुँदै गाउँगाउँसम्म पुगेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अर्का अध्यक्ष...

रिलिज रोकिएको आर्याको आयो नयाँ गीत

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण रिलिज हुन नसेकेको नयाँ चलचित्र आर्याको एउटा गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रडक्सनबाट निर्माण सम्पन्न...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)