कस्तो रह्यो एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)द्वारा आयोजित पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ आइतबार सम्पन्न भएको छ । पश्चिम नेपालबाट सुरु भएको सो यात्रा १८ दिन लगाएर पूर्वीनेपाल पुगेर सम्पन्न भएको हो ।

समग्रमा यात्रा फलदायी रहेको नेताले बताएका छन् । पहाडी क्षेत्रको भौगोलिक अवस्था, शिक्षा, स्वास्थ्य, यातायात, सांस्कृतिक देखि जनताको चाहना र आवश्यकता’bout जान्ने बुझ्ने अवसर प्राप्त भएको बुझाइ नेताको छ । सर्वसधारणसँग प्रत्यक्ष भेट्ने, उनीहरूका गुनासा समस्या सुन्नेलगायतका धेरै नै विषयमा बुझ्ने मौका मिलेको उनीहरूको भनाइ छ ।

एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गको यात्राले पार्टी वैचारिक र जानकारीका हिसाबले अझ समृद्ध भएको बताएका छन् । १४ मंसिरदेखि सुरु भएको संकल्प यात्राको अन्तिम बिन्दु पाँचथरको चिवाभञ्ज्याङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले समग्र यात्रालाई ‘महान् यात्रा’ भन्दै त्यो पूर्णरूपमा सफल भएको जनाएका छन् ।

देशको अवस्था बिग्रिँदो रहेको र गठबन्धनले जनतामा निराशा फैलाउने काम गरेको ओलीको आरोप थियो । आफूहरूको अभियानले जनतालाई निराशाबाट मुक्त गरेको र आशावादी बनाएको दाबी ओलीको छ । अभियानले जनतामा पुनर्जागरण र पुनः सक्रियताको अवस्था आएको उनको भनाइ छ । ‘यो पार्टी विशेषमा मात्रै होइन । र हाम्रो पार्टी विशेषमा मात्र होइन । अरू पार्टीमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ । पार्टीमा मात्रै होइन, अरूमा पनि प्रभाव परेको छ,’ ओलीले भने ।

उनले अब देशको राजनीति अहिलेकै जस्तो गरी अलपत्र अवस्थाबाट चल्न नहुने बताए । सही बाटो र निकास निकाल्नुपर्ने उनको जोड थियो । ‘अलमलमा राष्ट्रको समय खेर फाल्नुहुँदैन’ ओलीले भने, ‘यहाँ राष्ट्रको समय खेर गइरहेको छ । देशको समय खेर गइरहेको छ । जनताको एउटा आयु, जनताको एउटा पिंढीको अवधि खेर गइरहेको छ । आउँदो पिंढीको भविष्य अप्ठ्यारोतर्फ, धरापतर्फ धकेलिँदै छ । यस्तो स्थितिबाट देशलाई जोगाउन यस संकल्प यात्राले असाधारण योगदान गरेको छ भन्ने मैले ठान्छु ।’

यात्राका क्रममा आफ्ना ठाउँका विशेषता, क्षमता, परिचय, समस्या, आवश्यकता, समस्याको समाधानलगायतका विषयमा ध्यानाकर्षण गराइएको र ज्ञापनपत्र प्रस्तुत गरिएको भन्दै ओलीले आफूहरूको बुझाइलाई सहयोग पु¥याएको जनाएका छन् ।

यात्राका क्रममा एमालेले मध्यपहाडी लोकमार्गले छुने २६ जिल्लामा ३० ठुला सभा र सयभन्दा बढी साना सभा एवं भेटघाटसहितका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको जनाएको छ । यात्राका क्रममा पश्चिम देखि पूर्वसम्म सहभागी एमालेका उपाध्यक्ष विष्णु पौडेलले यो यात्रा ऐतिहासिक भएको बताए ।

जनताले समृद्धि, शान्ति खोजेको बताउँदै उनले त्यो सपना एमाले नेतृत्वकै सरकारले पूरा गर्न सक्ने विश्वास पनि आफूहरूले पाएको बताए । एक महŒवपूर्ण एवं ऐतिहासिक यात्राका रूपमा आफूहरूले मध्यपहाडी जिल्लामा सर्वसधारणसँग भेट्ने, सभाको आयोजनाका साथै स्थानीय समस्या’bout बुझ्ने र त्यसको समाधान’bout साक्षात्कार हुने महत्वपूर्ण यात्रा भएको उपाध्यक्ष पौडेलले बताए ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतको सम्भावना’bout समेत यात्रामा रहेका नेताले बुझ्ने मौका पाएको जनाएका छन् ।

निर्वाचन एवं पार्टीको अधिवेशन, कार्यक्रमका बेला मात्रै पुग्ने मध्यपहाडी जिल्लामा एमालेका नेताले निरन्तर १८ दिन सभा, भेटघाट गर्दै त्यही बाससमेत बसेर सर्वसधारणसँग घुलमिल गर्ने अवसर पाएका थिए । बैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, जाजरकोट, पूर्वीरुकुम, बागलुङ, पर्वत, कास्की, लमजुङ, गोरखा, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथरलाई एमालेले आफ्नो यात्राको रुट बनाएको थियो ।

एमाले स्थायी कमिटीका सदस्य कर्णबहादुर थापाले प्रतिक्रियावादी, राजावादीले जुन हल्ला चलाएका छन् त्यसको पक्षमा मध्यपहाडी जिल्लाका जनता नभएको आफूहरूले पाएको बताए । यात्राले नयाँ प्रकारको चेतना, नेपाली जनता लोकतन्त्रको पक्षमा रहेको आफूहरूले पाएको उनले बताए ।

‘जनताले सुख, शान्ति र समृद्धि खोजेका छन्, जुन अहिलेको सरकारले पूरा गर्न सक्दैन र त्यसलाई पूरा गर्न एमाले नेतृत्वकै सरकारको खोजीमा उनीहरू रहेको हामीले पायौं,’ थापाले राजधानीसँग भने, ‘प्रतिक्रियावादी, राजवादीले जुन हल्ला चलाएका छन् त्यसको पक्षमा जनता छैनन् ।’

यात्राका क्रममा पूर्वी पहाडी जिल्लामा पहिचानवादीको अवरोध खेपेको एमालेले आफ्नो यात्रा निरन्तर अगाडि बढाउँदै सम्पन्न गर्न सफल भयो । संकल्प यात्राकै क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जन्मदिनको शुभकामना समेत दिए । प्रचण्डको जन्मदिनका दिन यात्राका खोटाङको दिक्तेल पुगेका ओलीले फोन गरेर आफ्ना राजनीतिक समकक्षी प्रचण्डलाई फोन गरेर जन्म दिनको शुभकामना दिएका थिए ।

‘आज रामेछाप, सिन्धुली, ओखलढुंगा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो । दिनभर व्यस्त थिएँ । साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो । उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना !’ ओलीले सामाजिक सञ्जालमा प्रचण्डलाई जन्मदिनको शुभकामना दिँदै लेखेका थिए ।

प्रचण्डसँग मात्रै नभई ओलीले नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि डडेलधुरामा हुँदा टेलिफोन गरेर हालखबर सोधखोज गर्न भ्याएका थिए । डडेलधुरालाई सुन्दर भन्दै उनले सामाजिक सञ्जालमा देउवालाई टेलिफोन गरेको भिडियो पोस्ट गर्दै भने, ‘मेरा मित्र शेरबहादुर देउवाको गृह जिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो । उहाँले आफू काठमाडौंमा भए पनि डडेलधुरामा स्वागत छ भन्नुभयो । धन्यवाद शेरबहादुरजी !’

तर, ओली जब पूर्वी नेपाल पुगे एक नराम्रो घटनासँग जुध्नुपरेको थियो । ओली जब धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवामा पुगे त्यहाँ उनीमाथि हातपात भयो । धनकुटामा ओलीको स्वागतमा उभिएका स्थानीय महेश राईले थप्पड हानेको भिडियो सार्वजनिक भयो । ठाउँठाउँमा एमालेको कार्यक्रम अवरोध गर्न खोजियो । तर, पनि ती विवाद छिचोल्दै एमालेको यात्रा निरन्तर अगाडि बढ्यो ।

एमालेले सञ्चालन गरेको यात्रा अन्य प्रदेशमा शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि कोशी प्रदेशमा प्रवेश गरेसँगै पहिचान पक्षधरले अवरोध गरेका थिए । पहिचानवादी आन्दोलनकारीले यातायात बन्द आह्वान गर्नुका साथै ठाउँठाउँमा अवरोध गर्न थालेपछि प्रहरीले उनीहरूलाई पक्राउ समेत गरेको थियो ।

दलबलका साथ संकल्प यात्रा गरिरहेका एमाले अध्यक्ष ओलीले अधिकांश समय सरकारलाई गाली र आत्मप्रशंसामा समय खर्चिरहेको भन्दै कतिपयले आलोचना समेत गरेका छन् । यस्तै, उनले ‘मिसन २०८४’मा केन्द्रित हुन नेता कार्यकर्तालाई आह्वान गरिरहेका थिए । तर, निर्वाचन आउँन अझै चार वर्ष बाँकी रहेको अवस्थामा यसबीच एमालेले के गर्ने भन्ने’bout एमाले अध्यक्ष ओली मौन थिए ।

विशेषगरी, एमाले जनतासँग सहकार्य गर्ने, जनतासँग संकल्प गर्ने र समृद्धिका लागि चाहेको काम’bout अन्तरक्रिया गर्ने अठोटसहित संकल्प यात्रामा निष्केको भए पनि ओलीको बाटो सरकारविरुद्ध अभिव्यक्तिमा मात्रै केन्द्रित हुन पुग्यो । प्रत्येक दिन फरकफरक जिल्लाका हुने संकल्प यात्राको सभामा अधिकांश समय उनी सरकारलाई नै गाली गर्दै आएका छन् । उनी, सरकारविरुद्ध मात्रै खनिएका छैनन्, राजावादीविरुद्ध पनि आगो ओकल्ने काम गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जानकी गाउँपालिकाको अध्यक्षमा पूर्व पत्रकार चौधरी विजयी