समाचार के हो ?
जे नयाँ त्यही ।
स्वास्थ्य समाचार नि ?
स्वास्थ्यका विषय समेटिएको समाचार अनि नयाँ पनि ।
त्यसोभए कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या थपिनु नि ?
त्यो पनि समाचार ।
अहिले होडबाजी नै चलेको छ ।
कसले ब्रेकिङ हान्ने भनेर ?
कहिले काहिँ अन्जानमा गल्ती हुनसक्छ ।
भनिन्छ नि जानी जानी गल्ती गर्नु र अन्जानमा गल्ती हुनुमा आकाश जमिनको फरक छ ।
एक जना दाङका साथीले मलाई फोन गरेर सोध्नुभयो ।
प्रशान्त, संक्रमितको संख्या ७ पुगेको हो ?
मैले भनेः खोई प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले होइन भन्छ, फेरि न्युज पोर्टलमा ‘७’ लेखेको छ ।
साथीले भनेः सबै समाचारले सात भनिसके तिमीले ६ मात्रै भनेर हुन्छ ।
हो, ती साथीले भने झै अझै पनि पत्रकारले भनेकोमा विश्वास गर्छन् । तर, सरकारको जिम्मेवार निकायपनि संवेदनशील बन्नै पर्छ । हामीसँग ६ भन्ने वेबसाइटमा ७ राख्ने । तर, समाचार पुष्टि गर्ने काम हाम्रो पनि हो ।
म पनि फसेको पात्र हुँ ।
समाचारमा कोरोना संक्रमितको संख्या २ हजार पोजेटिभ भनेर पत्रिकामा प्रकाशन भयो वाइलाइनमा । यदि संक्रमित संख्या २ हजार पुग्यो भने के होला भनेर लेखेको थिए, तर, डेस्कका सम्पादक चिप्लेछन् । हामी स्वास्थ्य पत्रकारहरु यो बेला संवेदनशील बन्नैपर्छ । हामी संवेदनशिल भएर मात्रै पनि हुँदैन डेस्क, जिल्ला रिपोर्टरलाई पनि संवेदनशील बन्न आग्रह गर्नुपर्छ ।
के कुरामा संवेदनशील बन्ने त ?
नियम त्यही हो– ए–बी–सी
अनि समाचारको पुष्टि पनि सम्वन्धित अधिकारीसँग ।
गत २३ जनवरी अर्थात् ९ माघ नेपालमा कोरोना संक्रमणको पुष्टि भएदेखि हामी निरन्तर ‘कोरोना रिर्पोटिङ’ मा सकृय छौं । क्वारेन्टाइन, आइसोलेसन, पिपिई, कोरोना पोजेटिभ/नेगेटिभ अदि शब्दसँग खेलिरहेका छौं ।
चिकित्सक, सरकार, अस्पतालहरुको तयारी के छ ? कोरोना रोकथाम सन्दर्भमा रिपोर्टिङ गरिरहेका पनि छौं । अनलाइन खवरका मित्र सागर बुढाथोकीले भनेको कुराको सम्झना आयो– ‘मैले त झण्डै सयवटा समाचार लेखे कोरोनासम्वन्धी ।’ हो, धेरै समाचारमा कलम चलाएका छौं, कोरोना जोखिम, पूर्वतयारी, चिकित्सकको सुझाव आदिइत्यादी ।
स्वास्थ्य पत्रकार मञ्च, जो स्वास्थ्य पत्रकारहरुको साझा संस्था हो, उसले यो अवस्थामा पत्रकारको सुरक्षामा आवाज उठाएको मैले अहिलेसम्म सुनेको छैन । विडम्वना ।
स्वास्थ्य प्राविधिक पार्ट हो । स्वास्थ्यमा कलम चलाउनेले प्राविधिक शब्द अलिक बुझ्छन् अन्यले भन्दा । यो बेला स्वास्थ्य मन्त्रालयमा नियमित पत्रकार सम्मेलन हुन्छ । हरेक दिन ४ बजे त्यही पनि प्रवचन विधि । पत्रकारलाई प्रश्नोत्तरको चान्स छैन ।
हुन त बिट पत्रकारिता विस्तारै हटाउनुपर्छ भन्ने बहस पनि चलेको छ, त्यतातिर प्रवेश गरेन । यद्यपि हामी स्वास्थ्यमा कलम चलाउने पत्रकारका समाचारहरु सबैले नियालिरहेका हुन्छन् ।
यति हुँदा पनि हामी किन संवेदनशील नभएको ?
पत्रकारिताका गुरु रामकृष्ण रेग्मीले समाचार लेखिसकेपछि के गर्ने भन्दा आफूले लेखेको समाचार ‘पढ्ने, पढ्ने र फेरि पढ्ने’ भनेको पुनः स्मरण गरे ।
००००
अहिले कपी पेष्टले फेसबुक रंगिने गरेको छ, कुनै नाम चलेका अनलाइन वा पत्रिकाले लेखेका समाचार कपी गरेर फेसबुकवालमा राखिन्छ । त्यसैले पनि पहिले हामीले सच्चिनुपर्छ । आधिकारिकता दिन हामी हतारिनु हुँदैन ।
हामी स्वास्थ्यमा कलम चलाउँछौ, रिपोर्टिङ कोठामा बसेर हुँदैन । यदि फोन रिपोर्टिङ गर्ने र काम चलाऔं हो भने त होला । तर, यो अवस्थामा जोगिएर रिर्पोटिङ भने गर्नैपर्छ । संक्रमणले धनी, गरिव वा सञ्चारकर्मी छुटाउँदैन ।
स्वास्थ्य पत्रकारका स्रोत भनेकै अस्पताल, स्वास्थ्य संस्था, विरामी, स्वास्थ्य मन्त्रालय, स्वास्थ्यका सम्वन्धित विभाग वा महाशाखालगायत हुन् । जुन अति उच्च जोखिम मानिन्छन् । तर, के गर्नु यो अवस्थामा स्वास्थ्य पत्रकार मञ्च, जो स्वास्थ्य पत्रकारहरुको साझा संस्था हो, उसले यो अवस्थामा पत्रकारको सुरक्षामा आवाज उठाएको मैले अहिलेसम्म सुनेको छैन । विडम्वना । यद्यपि मलाई संस्थागत आक्षेप लगाउनु पनि छैन ।
संस्थाको पनि आफ्नो बाध्यता होला, यो बेला कम्तीमा पनि स्वास्थ्यमा कलम चलाउनेहरुलाई हौसला दिने, सहजिकरण गर्ने, जोखिम मोलेर पत्रकारिता गरिरहेकालाई सान्त्वना दिने र रिपोर्टिङका क्रममा अप्ठ्यारो परे हामी साथमा छौं भन्ने होइन र ?
यो काम सम्वन्धित मिडियाको हो भन्ने प्रश्न उठ्न सक्छ । प्रश्न जायज छ । त्यसो भए मञ्चको काम अध्यक्ष, उपाध्यक्ष महासचिव, कोषाध्यक्ष र सदस्य बन्ने मात्रै हो ? त्यति मात्र होइन अहिले स्वास्थ्य पत्रकारहरु जोखिम मोेलेर काम गरिरहेका छन् । म आफै पनि कलम चलाउँछु । जोखिम मोल्दा स्वास्थ्यजन्य सामाग्रीहरु स्वास्थ्य पत्रकारहरुले पाउनु त कहाँ हो कहाँ हो रिपोर्टिङमा समेत सहज छैन । भनिन्छ नि दुःखको बेला साथ दिने पो साथी, अघिपछि त जो पनि साथी ?