Saturday, January 23, 2021
Home Editor-Picks उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४०७ सवारी नियन्त्रणमा

उपत्यकामा लकडाउन उल्लंघन गर्ने ४०७ सवारी नियन्त्रणमा

काठमाडौं । विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नफैलियोस् भनेर सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) उल्लंघनका घटना पछिल्ला दिनमा वृद्धि भएको छ ।

लकडाउनको अवधि लम्बिँदै जाँदा काठमाडौं उपत्यकासहित देशभरकै सहरी इलाकामा मानिस घर बाहिर निस्कने, सवारी चलाउने तथा भेला हुने क्रम बढेर गएको हो ।

विगतका तुलनामा शुक्रबार काठमाडौं उपत्यकामा सरकारको निर्देशनको अवज्ञा गर्दै सवारी चलाउनेको संख्यामा वृद्धि भएको देखिएको छ ।

महानगरीय प्रहरी महाशाखाका अनुसार शुक्रबार मात्र ४ सय ७ वटा सवारी नियन्त्रणमा आएका छन् । त्यसमा ३४ वटा चारपांग्रे सवारी रहेका छन् भने ३ सय ७३ वटा दुई पांग्रे सवारी रहेका छन् । विगत केही दिनदेखि लकडाउनको अवज्ञा गर्नेको संख्यामा वृद्धि भएको हो ।

महाशाखाको टोलीले बिहीबार सरकारी निर्देशन अवज्ञा गर्ने ३ सय २४ वटा सवारीलाई नियन्त्रणमा लिएको थियो । यस्तै, बुधबार ३ सय ३३ सवारीलाई महाशाखाले नियन्त्रणमा लिएको थियो ।

ट्राफिक प्रहरीले अत्यावश्यकबाहेकका सवारीसाधन चलाएको पाएमा दिनभरि नियन्त्रणमा लिएर बेलुका छाड्ने गरेको छ । महानगरीय ट्राफिक प्रहरीले गत सोमबार र आइतबार दुवै दिन २÷२ सय बढी सवारीसाधन नियन्त्रणमा लिएको थियो । शनिबार लकडाउनको पाँचौं दिन सरकारको लकडाउनको निर्देशन उल्लंघन गर्ने झन्डै डेढ सय सवारीसाधनलाई उपत्यकाभित्रबाट नियन्त्रणमा लिएको थियो ।

यो पनि पढ्नुहोस   बेहोस अवस्थामा बलात्कार, गर्भ बसेपछि समाजको तिरस्कार

लकडाउनको चौथो दिन शुक्रबार २ सय १६ सवारीसाधनलाई नियन्त्रणमा लिइएको थियो । गत साताको बिहीबार २ सय ५३ सवारीसाधन नियन्त्रणमा लिइएको थियो भने बुधबार नियम उल्लंघन गर्ने १ सय ३४ चारपांग्रे र ९ सय २९ दुई पांग्रे गरी १ हजार ६३ सवारीसाधन नियन्त्रणमा आएका थिए ।

लकडाउनको दोस्रो दिन उपत्यकामा ट्राफिक प्रहरीले १ हजार ६३ सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो ।

लकडाउनको पहिलो दिन नेपाल प्रहरीले सयौंलाई सम्झाई–बुझाई गर्नुपरेको थियो । सम्झाउँदा पनि अटेर गर्ने ५२ जनालाई नियन्त्रणमा लिएर छाडिएको थियो । त्यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि सयौं सवारीसाधनलाई सम्झाएर फिर्ता पठाएको थियो ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कूटनैतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारीसाधनले भने आवतजावत गर्न पाउने ट्राफिक प्रहरीले जनाएको छ । सरकारले अन्य सवारीसाधन चलाउने निषेध गरेको हो ।

सरकारले कोरोना भाइरस नफैलियोस् भनेर गत ११ चैतदेखि एक साताका लागि लकडाउन गरेको थियो । सरकारले पुनः एक साताका लागि लकडाउनको अवधि थप गरेको छ ।

(Visited 137 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

लोकतन्त्र जोगाउने हो भने ओलीलाई पराजित गर्नुपर्छ : घनश्याम भुषाल

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका नेता एवं पूर्वमन्त्री घनश्याम भुषालले प्रधानमन्त्री केपी ओलीलाई पराजित गरेपछि मात्रै लोकतन्त्र र बामपन्थ जोगिने बताएका...

सर्लाहीमा बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को...

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

ओलीले गल्ती गरेँ भनुन् केही समय जेल राखेर निकालौंला : नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गल्ती गरेको स्वीकारेमा केही समय जेलमा राखेर माफी दिन सकिने बताएका...

साताका लोकप्रिय समाचार

लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एक हुनुपर्छ : पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका...

प्रतिनिधिसभा विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा...

फैलिदै छन् सहयोगी हातहरु

काठमाडौं । मकवानपुरको देवीटार राक्सीराङको चेपाङ बस्तीका बालबालिकाले न्यायो कपडा पाएपछिको मुस्कान देखेर फिड दि निड नेपालकी अध्यक्ष किर्तिका राजकर्णिकार भावुक भइन् । उनले...

राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् । ‘देश र...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

ट्रेन्डिङ

पीएसजीका थप तीन खेलाडीमा कोरोना संक्रमण

पेरिस । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)का थप तीन जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि ब्राजिली स्टार नेयमारसहित थप...

सहसचिव सरुवामा मुख्य सचिवकै असन्तुष्टि

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको ६० सहसचिवको सरुवामा काखापाखा गरिएपछि सरुवा विवादित बनेको छ । मन्त्रालयले ज्येष्ठताका आधारमा केन्द्रीय सरकारका...

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक विशेष बुलेटिन निकालेर यस वर्षको...

सीमा नाका नखोलिने, जुन देशमा अलपत्र छन् त्यहीँको सरकारले व्यवस्थापन गर्नुपर्ने

काठमाडौं । सरकारले लकडाउनको बेला बन्द भएको सीमानाका नखोल्ने जनाएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्नेहरु सीमा नाकामै अलपत्र परिरहेका बेला...

अमेरिकामा ५०० नेपालीमा कोरोनाको सङ्क्रमण

वासिङ्टन डिसी । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् ।...

बैतडीका ५ हजार व्यक्ति क्वारेन्टाइन बसाईपछि घर फर्किए

बैतडी । भारत तथा तेस्रो मुलुकबाट फर्केर बैतडीमा हालसम्म ९ हजार ५ सय बढी व्यक्ति क्वारेन्टाइनमा बसिसकेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म...

पक्राउ परेका ५२ जनालाई २ घन्टापछि छोडियो

तुलसीपुर । लकडाउन उल्लंघन गरेको आरोपमा तुलसीपुर बजारबाट ५२ जनालाई नियन्त्रणमा लिएर २ घन्टापछि प्रहरीले छोडेको छ । लकडाउनको समयमा तुलसीपुर बजारमा हिडिरेका उनिहरुलाई...

दुई सिफ्टमा कर्मचारी : सेवाप्रवाह झन् कमजोर

काठमाडौं । सरकारले लकडाउन खुकुलो पारेर सरकारी कार्यालय सञ्चालन गरे पनि सेवाग्राहीले प्रभावकारी रूपमा सेवा पाउन सकेका छैनन् । सरकारले सञ्चालन गरेको दुई सिफ्टको...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

भर्खरै

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव सदनमा प्रवेश

चुरे मकवानपुर । पार्टीभित्रको आन्तरीक बेमेलको कारण आफ्नै पार्टीभित्रको सांसदबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बागमती प्रदेशमा यो विषय अब सदनमा प्रवेश गरेको...

कार्यक्रम ‘खेलौं जुहारी’ को प्रसारण सुरु

काठमाडाैं। युवा पुस्तामा नसुन्ने भन्ने लोक तथा दोहोरी गीतहरु सर्वप्रिय वन्दै जाँदा आजवाट अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौँ जुहारीको प्रसारण सुरु भएको छ । ईन्टरटेन्टमेन्ट...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

धेरै पढिएका

उद्योगमा ७२ अर्ब ६२ करोड लगानी गर्ने प्रतिबद्धता

काठमाडौं । चालूआर्थिक वर्षको ६ महिनामा लगानीकर्ताले उद्योगक्षेत्रमा ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग विभागमा स्वदेशी तथा विदेशी...

सप्तरीमा कोरोना संक्रमित शुन्यमा झर्यो

सप्तरी, राजविराज । सप्तरी जिल्लामा कोरोना संक्रमितको अवस्था शुन्यमा झरेको छ । दुई दिनअघि सम्म दुई जना संक्रमित मात्र बाँकी रहेकोमा शुक्रबार तीनको पिसिआर...

दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फाेटाेफिचर)

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेकाे छ । राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ...

पोखराबाट सुरु भयो डिसेम्बर फल्स

काठमाडौं । नयाँ चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन सुरु भएको छ । चलचित्रको छायांकन पोखराबाट सुरु भएको हो । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)