बोलबम काँवर संघको २४ घण्टे अष्टयाम सुरु

बारा । बोलबम काँवर संघ बाराले २४ घण्टे अष्टयाम सुरु गरेको छ । कलैया उप-महानगर पालिका -०३ सिदेश्वर मन्दिरमा २४ घण्टे अष्टयाम सुरु भएको हो । बिहिबार सिदेस्वर मन्दिरबाट गाँजा बाजाका साथ निस्केको कलस यात्रा बजारको परिक्रमा गरि पुन सिदेस्वर मन्दिरमा पुगी ११: ०५ बाट २४ घण्टे अष्टयाम सुरु भएको अध्यक्ष कर्दम श्रेष्ठले जानकारी गराएका छन् ।

विगत ५२ वर्ष देखि निरन्तर यो अष्टयाम मंसिरको नवमी तिथिमा धुमधामको साथमा बोलबम काँवर संघले गर्दै आएको संरक्षण निरज नेपालीले जानकारी गराएका छन् ।
बाबु बाजेले गर्दै आएको निरन्तर परम्परा बोलबम काँवर संघले गरेको सरोज गुप्ताले बताएका छन् । हिन्दु धर्मको अस्तित्व जोगाउन बोलबम काँवर संघले निरन्तर लागिरहेको गुप्ताले बताए।

बोलबम काँवर संघमा कलैया, औधापुर, बरेवा, धर्मनगर, मिटयरीया, जितपुर सिमराको रतनपुरी, जैतापुर, डुवरवाना लगायतको ठाउबाट हजारौको संख्यामा भक्तालुहरू बोलबम काँवर संघमा आबद्ध रहेको मिडिया प्रमुख अजय साहले जानकारी गराएका छन् । संघले ५२ वर्ष देखि बिना कुनै दाताको आर्थिक सहयोगमा आफैंमा चन्दा संकलन गरि धार्मिक कार्यक्रमहरु गर्दै आएको उनले बताए ।

संघले प्रत्येक श्रावण महिनामा भाडाको बस रिजर्व गरि संघमा आबद्ध भक्तालुहरुलाई नुनथर, बागमतिबाट जल लिई प्रसिद्ध सहजनाथ र सिदेस्वर मन्दिरमा चढाउने परम्परा पनि निवार्ह गर्दै आएको मिडिया प्रमुख साहले बताए ।

संघले शुक्रबार सिदेस्वर मन्दिरको प्राङ्गणमा संघमा आबद्ध रहेकालाई सम्मान कार्यक्रमको आयोजना समेत गरेको आयोजकले जानकारी गराएको छ । कार्यक्रममा बोलबम काँवर संघको अध्यक्ष कर्दम श्रेष्ठ, संरक्षक निरज नेपाली, सरोज गुप्ता, संस्थापक जङ्गबहादुर यादव लगायत भक्तजनको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सर्वोच्च अदालतबाट कुलमानले पाएनन् अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन: चार गुणा बढी उम्मेदवारी