जवरजस्ती करणी गरेको कसुरमा २५ बर्ष ६ महिना कैद सजाय

संखुवासभा । जिल्ला अदालत संखुवासभाले जबरजस्ती करणी गर्ने एक युवकलाई २५ बर्ष ६ महिना र अर्को ए जनालाई १८ बर्ष कैद सजायको सुनाएको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका संखुवासभाका २७ वर्षीय झोके भनिने दलबहादुर राईलाई जिल्ला अदालत संखुवासभाले २५ बर्ष ६ महिना कैदको सजाय सुनाएको छ ।

जबरजस्ती करणी कसुर ठहर गर्दै जिल्ला न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले राईलाई २५ बर्ष ६ महिना जन्मकैदको फैसला सुनाएको हो । अदालतको सोही आदेशले कसुरदारलाई ७ लाख रुपियाँ जरिवाना, राहत कोषमा २८ हजार रुपियाँ जम्मा गर्न आदेश भएको र ५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार रामचन्द्र केशीले जानकारी दिए । त्यस्तै गरी जिल्ला अदालत संखुवासभाले ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अर्को एक युवकलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ३९ वर्षीय कुमार दर्जीलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । जबरजस्ती करणी कसुर ठहर गर्दै जिल्ला न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले दर्जीलाई १८ बर्ष कैदको फैसला सुनाएको हो ।

अदालतको सोही आदेशले कसुरदारलाई १ लाख रुपियाँ जरिवाना, राहत कोषमा २८ हजार रुपियाँ जम्मा गर्न र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार केशीले बताए । दुई मुद्दा दिन अघि फैसला भएको हो । जिल्ला अदालतमा देवाती तर्फ एक सय ९४ वटा र फौजदारी तर्फ ८१ वटा मुद्दा दर्ता भएको थियो । जसमा देवानी तर्फ ९९ मुद्दा र फौजदारी तर्फ ३९ वटा फर्छौट भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक उपमेयरसहित ७ जनाको मनोनयन खारेज