दुर्लभ दुई गर्भाशय भएकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी

वासिङ्टन । अमेरिकी शहर अलाबामाकी ३२ वर्षीया महिलाले दुई वटा पाठेघर लिएर जन्मेकी र दुवैमा गर्भवती भएकी महिलाले छुट्टाछुट्टै दिनमा जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन् ।
केल्सी ह्याचरले आफ्नोे इन्स्टाग्राम अकाउन्ट ‘डबलुह्याचलिंग्स’ मा आफ्नोे कहानी शुक्रबार लेखेकी छन्, ‘हाम्रा चमत्कारिक बच्चाहरू जन्मेका छन् ।’

रोक्सी लैला नामकी जेठी छोरीको जन्म मंगलबार साँझ ७ ः४९ बजे भएको हो भने अर्की जुम्ल्याहा शिशु रिबेल लेकेनको बुधबार बिहान ६ः०९ बजे जन्म भएको हो ।

ह्याचरले भनिन्, ‘चिकित्सकहरूले उनीहरूको जन्म क्रिसमसतिर हुने अनुमान गरेका थिए, तर बहिनीहरू आफ्नो भाइबहिनीहरूसँग छुट्टी मनाउनको लागि समयमा नै आइपुगे ।’
आमा र छोरीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । ह्याचरले भविष्यमा गर्भाधानदेखिका सबै विवरण सार्वजनिक गर्ने वाचा गरेकी छन् ।

ह्याचरलाई १७ वर्षको उमेरदेखि नै ‘गर्भाशय डिडेल्फिस’ छ भन्ने थाहा थियो । यो एक दुर्लभ जन्मजात अवस्था हो जसले बच्चा जन्माउने लगभग ०.३ प्रतिशत महिलाहरूलाई असर गर्दछ । उनको गर्भाधानलाई लाखौँमा महिलामध्ये एक जनामा पाइने दुर्लभ घटना भनिएको छ ।

मे महिनामा नियमित आठ साताको अल्ट्रासाउन्डका लागि अस्पताल पुगेकी मसाज थेरापिस्ट र पहिले नै तीन सन्तानकी आमा बनीसकेकी ह्याचरले यो पटक आफ्नोे पेटमा जुम्ल्याहा बच्चा रहेको र त्यो पनि आफ्नोे दुर्लभ दुई वटा गर्भाशयमा एक एक वटा भ्रुण रहेको थाहा पाएकी थिइन् ।

बर्मिङ्घमको महिला तथा शिशु केन्द्रस्थित अलाबामा विश्वविद्यालयमा ह्याचरको हेरचाह गर्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ श्वेता पटेलका अनुसार दुवै गर्भाशयमा गर्भधारण अत्यन्त दुर्लभ छ । ह्याचरका अनुसार सन् २०१९ मा बङ्गलादेशमा २० वर्षीया आरिफा सुल्तानाले २६ दिनको फरकमा स्वस्थ जुम्ल्याहा बच्चा जन्माएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 130 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा काङ्ग्रेस विजयी