Saturday, June 6, 2020
Home अर्थ सरकारी कार्यालयलाई बजेट खर्चमा अंकुश

सरकारी कार्यालयलाई बजेट खर्चमा अंकुश

१४ शीर्षकमा विनियोजित बजेट खर्च गर्न रोक

काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्रोत परिचालन गर्नुपर्ने भएपछि अर्थ मन्त्रालयले सबै सरकारी कार्यालयलाई अत्यावश्यकबाहेकका बजेट खर्च गर्न रोक लगाएको छ ।

अर्थ मन्त्रालयले परिपत्र गर्दै विभिन्न १४ शीर्षकका बजेट खर्च रोक्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले हस्ताक्षर गरेको परिपत्रमा चालू आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय कार्यक्रमलाई स्थगित गरी विभिन्न निकायमा विनियोजित बजेटलाई आवश्यकताअनुसार कोरोना भाइरस, रोकथाम, नियन्त्रणलगायतका प्राथमिकता प्राप्त अन्य क्षेत्रमा समेत उपयोग गरी स्रोत व्यवस्थापन गर्नुपर्ने भएकाले बजेट रोक्का गरिएको उल्लेख छ । तर, चैत २० सम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेको काममा भने बजेट रोक्का नहुने परिपत्रमा उल्लेख छ ।

अर्थले लेखेको पत्रमा सवारी साधन खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्युटर सफ्टवेयर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्ति प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति खर्च र भैपरी आउने पुँजीगत खर्च नगर्न भनेको छ ।

त्यस्तै, सेवा तथा परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अत्यावश्यकबाहेक अनुगमन तथा मूल्यांकन खर्च र भैपरी आउने चालू खर्चसमेत रोक्का राख्न अर्थले भनेको छ । अर्थले दिएको बजेट कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत सरकारी कार्यालय पाउने गर्छन् ।

कोरोना कोषमा सवा अर्ब
सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा अर्थ मन्त्रालय मातहतका निकाय तथा बैंकले गरी १ अर्ब २४ करोड ९७ लाख रुपैयाँ सहयोग गरेका छन् । चैत ९ मा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि रकम जम्मा गर्न सरकारका तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो । कोषमा अर्थ, उद्योग, सञ्चार मन्त्रालयका निकाय, बैंकलगायतको सहयोग छ । सो कोषमा विभिन्न निजी संस्था तथा सरकारी कर्मचारी, सांसदलगायतले सहयोग गर्ने क्रम जारी छ ।

सहयोग गर्ने संस्था एवं निकायमा नेपाल आयल निगम ५० करोड, नेपाल दूरसञ्चार प्राधिकरण १५ करोड, नेपाल टेलिकम १२ करोड, कर्मचारी सञ्चय कोष ५ करोड, बिमा समिति ५ करोड, नेपाल स्टक एक्सचेन्ज ३ करोड ५१ लाख, नेपाल धितोपत्र बोर्ड ३ करोड, कर्जा तथा निक्षेप सुरक्षण कोष ३ करोड, राष्ट्रिय बिमा कम्पनी लिमिटेड २ करोड, नागरिक लगानी कोष २ करोड, नेपाल पुनर्बिमा संस्थान १ करोड ११ लाख, राष्टिय बिमा संस्थान १ करोड, सीडीएस कम्पनी ३५ लाख, २० भन्दा बढी बैंकबाट २२ करोड रुपैया राहत कोषमा जम्मा भएको छ ।

(Visited 81 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

भर्खरै

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् । निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

सप्तरीमा ७ संक्रमित थपिए, ७५ दिनमा संक्रमितको संख्या ७७ पुग्यो

सप्तरी, राजविराज । सप्तरीमा दिनहु कोरोना संक्रमित थपिने क्रम बढदो छ । पछिलो पटक शनिबार पनि ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)