सप्तरीको जेष्ठ नागरिक संघमा नयाँ नेतृत्व

राजविराज । तेश्रो राष्ट्रिय जेष्ठ नागरिक दिवस तथा जेष्ठ नागरिक जिल्ला संघ सप्तरीको दोश्रो जिल्ला सभाको अवसर पारेर बुधबार जिल्लाका ८५ वर्षमाथीका सात जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

एक महिलासहित ८५ वर्ष माथिका सातजनालाई सम्मानित

सम्मानित हुनेमा राजविराज नगरपालिकाका रायचन्द्र दुंगड, अरुण चौधरी, मो. हाजि लतिफ, तुलसीप्रसाद दाहाल, बिजयकान्त झा र बिमलादेवी बैद्य छन् । यस्तै रुपनी गाउँपालिकाका सीताबी प्रसाद साह पनि सम्मानित भएका छन् । उनीहरु सबै ८५ वर्ष भन्दा माथीका हुन् ।

जेष्ठ नागरिक जिल्ला संघले विभिन्न क्षेत्रमा योगदान गरेका तथा दिर्घजिवन बिताइरहेका जेष्ठ नागरिकको खोजि गरि सम्मान गरेको संघका जिल्ला सचिव बैधनाथ झाले जानकारी दिए ।

जेष्ठ नागरिक जिल्ला संघको आयोजना तथा पूर्वकर्मचारी सेवा परिसद् नेपाल सप्तरी शाखाको समन्वयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य माला कुमारी कर्णले उनीहरुलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गरे । सम्मानित दुई जना अस्वस्थ्य तथा असत्तताका कारण उपस्थित हुन नसक्दा उनीहरुको घरमै पुगि सम्मान गरिएको छ ।

जेष्ठ नागरिकलाई बृद्धा आश्रममा होइन्, घरमै सम्मान गरौं नाराका साथ सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद कर्णले जेष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार नगर्नेलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड दिइन् । “उर्जाशिल समय सन्तान र परिवारका लागि खर्चिने जेष्ठ नागरिक बृद्धाआश्रममा उपेक्षाको शिकार हुने क्रम बढ्दो छ, उनले भनिन्, यस्तो व्यवहार गर्नेलाई सामाजिक रुपमै बहिष्कार गरिनुपर्छ ।”

उनले जेष्ठ नागरिकप्रति हुने विभेद अन्त्य गर्न पालिकास्तरमा समेत समितिहरुको गठन आवश्यक रहेको बताउँदै अनुभवका खानी जेष्ठ नागरिकको सुरक्षा, संरक्षण र सम्मानका लागि आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा जेष्ठ नागरिक जिल्ला संघका कार्यवाहक अध्यक्ष शंकर सारदा, सल्लाहकार रामनरेश सिंह, पूर्व कर्मचारी सेवा परिषद् नेपाल शाखा सप्तरीका अध्यक्ष सुगम्बर यादव, राष्ट्रिय मारवाडी महिला मञ्चका केन्द्रिय उपाध्यक्ष मञ्जु सारदा, डाक्नेश्वरी नगरपालिकाका पूर्वमेयर शिवनारायण साह, सामुदायिक सेवा केन्द्रका सल्लाहकार हितनारायण लाल दास, तेरापंथ महिला मण्डल राजविराजका निवर्तमान अध्यक्ष रेखा बैद्य, पत्रकार महासंघ सप्तरीका पूर्वसभापति धिरेन्द्र साह, विद्यापति पुरस्कार कोषका सदस्य सचिव ध्रुब मण्डल, नागरिक समाजका अध्यक्ष थानसिंह भंसाली लगायतले पनि बोल्दै जेष्ठ नागरिकलाई घर, समाज तथा राष्ट्रबाट सम्मानजनक ब्यवहार हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम समाप्तिपछि लगत्तै सुरु भएको जेष्ठ नागरिक जिल्ला संघको बन्दसत्रले रामनरेश सिंहको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । नवगठित संघको उपाध्यक्षमा शंकर सारदा, सचिव बैधनाथ झा र कोषाध्यक्षमा नन्दलाल साह रहेका छन् ।

यस्तै सदस्यहरुमा शिवनारायण साह, थानसिंह भंसाली, सुगम्बर यादव, सत्यनारायण देव, पवनप्रसाद सिंह, हितनारायण लाल दास र श्रीमती बच्ची मिश्राको चयन गरिएको संघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

१० माघ २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कास्कीमा निर्वाचन सामग्री बुझेर कर्मचारी मतदानस्थलतर्फ