Thursday, August 5, 2021
Homeप्रमुख२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

२५ जनाको ज्यान लिने चितुवालाई चितवन लगियो

,
sharethis


बैतडी । बैतडीको मेलौली नगरपालिका ९ असुरमा खोरमा फसेको चितुवालाई उद्धार शनिबार गरिएको छ । बिहीबार राती चितुवा खोरमा फसेको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषका बरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामा नेतृत्वको टोलीले शनिबार चितुवाको उद्धार गरेर चितवन लगिएको छ ।

चितुवाले मानवबस्तीमा पसेर लगातार क्षति पुर्याउँदै आएको थियो । चैत पहिलो साता विज्ञहरुको टोलीले चितुवा पक्रनका लागि मेलौली ९ असुरमा तीनओटा खोर राखेका थिए ।

बिहीबार राती खोरमा फसेको चितुवालाई शनिबार बेहोस बनाएर नियन्त्रणमा लिएको र चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज लगेर छोडिने बरिष्ठ वन्यजन्तु प्राविधिक विष्णुबहादुर लामाले बताए ।

चितुवा खोरमा फसेर अन्यत्र स्थानान्तरण गरेपछि तल्लोसोराडका स्थानीयहरु खुसी भएको स्थानीय गौरीदत्त भट्टले बताए ।
चितुवाले २०६८ साल यता तल्लोसोराड क्षेत्रमा २५ जनाको ज्यान लिएको छ भने, दर्जनौँ ब्यक्तिहरुलाई घाइते बनाएको छ । चितुवा खोरमा फसेपछि स्थानीयहरु खुसी भएको मेलौली नगरपालिकाकी उपमेयर राधा ओझाले बताइन् । नरभक्षी चितुवाले गएको फागुन २७ मा ओछ्यानबाटै मेलौली ९ असुरकी ८ बर्षीय सीता लुहारको ज्यान लिएपछि विज्ञ टोलीको सहयोगमा चितुवा प्रभाबित क्षेत्रमा खोर राखिएका थिए ।

हाल सम्म चितुवाले २५ जनाको ज्यान लिएको बिषयमा बैतडीबाट निर्वाचित सघिंय सांसद दामोदर भण्डारीले पटक–पटक सदनमा बोलेका थिए । गत फागुन २७ गते समेत चितुवाले बालिकाको ज्यान लिएपछि तत्काल बन मन्त्री सक्तिबहादुर बस्नेतसंग आग्रह गरि बैतडीका बिज्ञहरुको टोलि पठाउन आग्रह गरेका थिए । उक्त घटना भएको ४ दिनभित्र प्रभाव क्षेत्रमा पुगेका बिज्ञहरुको टोली चितुवालाई पासोमा पार्न सफल भएको हो ।

यसअघि २–३ फलामको पासोमा पार्न कोसिस गरिएपनि यसपालि अझै प्रभावकारि पासो तयार गरेकाले चितुवा पसेको उनले बताए । चितुवा पक्रिने बर्षौ देखिको प्रयास अहिले सफल भएको उनले बताए ।

(Visited 276 times, 1 visits today)

आजको समाचार

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

काठमाडौं । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

साताका लोकप्रिय समाचार

ब्राजिल लगातार तेस्रोपटक फाइनलमा

टोकियो । साविकको विजेता ब्राजिल लगातार तेस्रो संस्करण ओलम्पिकअन्तर्गतको फुटबलतर्फ पुरुष यू–२३ तर्फको फाइनलमा प्रवेश गरेको छ । कासिमा सकर स्टेडियममा मंगलबार भएको टोकियो...

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनको तयारीमा

काठमाडौं । सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

अमेरिकामा कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई एक सय डलर दिइने

वासिङटन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू...

सञ्जयको फिल्ममा क्यान्सर र कोरोनाको असर

मुम्बई । बलिउड अभिनेता सञ्जय दत्तको रोकिएका सिनेमाको छायाँकन अझै पछि धकेलिएको छ । यसअघि क्यान्सरको उपचारका कारण उनले फिल्मको छायांकनमा समय दिन सकेका...

ट्रेन्डिङ

सबै प्रदेशमा खटाइए डीआईजी, कहाँ को ?

काठमाडौं । गृह मन्त्रालयले हालै बढुवा भएका सबै डीआईजीलाई जिम्मेवारी दिंदै पदस्थापन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक...

सार्कमा कोरोना : नेपालमा मृत्युदर कम, डिस्चार्ज पनि न्यून

काठमाडौं । सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)