धनगढी । कैलालीको धनगढीमा लागुऔषध दुरव्यसनीलाई राख्न आसरा सुधार केन्द्र सञ्चालनमा आएको छ । कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूको सहयोगमा धनगढी उपमहानगरपालिका १४ फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा आएको हो ।
नेपाल प्रहरी श्रीमती संघको निगरानीमा सुधार केन्द्र रहने छ । धनगढी उपमहानगरपालिका १४ फूलबारीमा रहेको भवनसहितका संरचनाहरू प्रहरी श्रीमती संघलाई सुधार केन्द्र सञ्चालनका लागि उपलब्ध गराइएको छ । केन्द्र सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाले भवन, फर्निचर, जेनरेटर तथा कार्पेटसहितका सामाग्री सहयोग गरेको छ ।
धनगढीका नगर प्रमुख गोपाल हमालले सुधार केन्द्र सञ्चालनका लागि आवश्यक भौतिक सामाग्री सहयोग गरेको बताए । उनले दुब्र्ययसनीमा परेका परिवारका सदस्यका कारण घर परिवार तहसनहसन भइरहेको भन्दै सुधार केन्द्र सञ्चालनमा सहयोग गरेको बताए ।
सुधार केन्द्र सञ्चालनका लागि कैलाली र कञ्चनपुरका २२ वटा स्थानीय तहहरूले आर्थिक सहयोग गर्ने सम्झौता समेत गरेका छन् । धनगढीले १० लाख, नगरपालिकाहरूले पाँच÷पाँच लाख तथा गाउँपालिकाहरूले तीन-तीन लाखका दरले आसरा सुधार केन्द्र सञ्चालनका लागि प्रहरी श्रीमती संघलाई सहयोग गर्ने सम्झौता छ । उपमहानगरपालिकाले फूलबारीमा रहेको भवनसहितको जग्गा २० वर्षका लागि सुधार केन्द्रलाई उपलब्ध गराएको छ ।
नेपाल प्रहरी श्रीमती संघले तेस्रो शाखाका रूपमा धनगढीको फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालन गरेको जनाएको छ । केन्द्रमा दुब्र्ययसनीमा परेकाहरूलाई राखिने छ । दुब्र्ययसनीमा परेकाहरूलाई सुधार गर्ने लक्ष्य आसरा सुधार केन्द्रको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले २० वर्षका लागि सम्झौता भए पनि प्रहरीले लामो समयसम्म आसरा सुधार केन्द्र फूलबारी सञ्चालन गर्ने बताए । उनले भने, ‘दिगो रूपमा सञ्चालन गर्ने छौ । रानीबारी, काठमाण्डौ, धनार र धनगढीको फूलबारीमा हामीले आसरा सञ्चालन गरेको कुँवरले बताए ।
फूलबारीमा सञ्चालनमा आएको आसरा सुधार केन्द्रमा २ सय दुब्र्यसनीसम्म राख्न सकिने क्षमता छ । उनीहरूलाई बिरामीको शैलीमा उपचार गरिने छ । प्रहरीले एम्बुलेन्ससहिको उपचार सेवा उपलब्ध गराउने छ । प्रहरीमा हिरासतमा राखिने दुब्र्यसनीहरू अब आसरा सुधार केन्द्रमा राखिने छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले दुब्र्ययसनीहरूलाई असल नागरिकका रूपमा समाजमा पुर्नस्थापनाका लागि आसरा सञ्चालनमा ल्याएको बताए ।
आसर केन्द्रमा रहनेहरुबाट प्रहरीले उनीहरूबाट मासिक न्यूनतम शुल्क समेत लिने छ । खाना, आवास र अध्ययनको गरेर चार महिनामा ५८ हजार रुपैयाँ आसरालाई दुब्र्ययसनीले बुझाउनुपर्ने छ ।