लेखनाथ जयन्तीमा प्रदान गरियो साहित्य पुरस्कार

पोखरा । कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्ती अवसरमा आइतबार विभिन्न पुरस्कार प्रदान गरिएको छ । लेखनाथको परिवारजनबाट स्थापित एवं लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ साहित्य पुरस्कारबाट शताब्दी काव्यपुरुष गोपाल वैद्य किञ्जल्क (१०३ वर्षीय) सम्मानित भए ।

आइतबार भैरवटोलस्थित किञ्जल्ककै निवासमा पुगेर पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उनलाई ५० हजार रुपैयाँ र सम्मानपत्र अर्पण गरे । सम्मानित व्यक्तित्व नेपाली र संस्कृत भाषामा सिद्धहस्त मानिन्छन् ।

पुरस्कार अर्पण गर्दै महानगर प्रमुख आचार्यले नेपाली र संस्कृत दुवै साहित्यमा महत्वपूर्ण योगदान पु-याएका शताब्दी पुरुषलाई सम्मान गर्न पाउँदा गर्वको महसुस भएको बताए ।

समारोहमा सरुभक्त, तीर्थ श्रेष्ठ, परिवारका तर्फबाट रामगोपाल ढेवाजु, पुरस्कार संस्थापकतर्फबाट पूर्व गभर्नर डा. विजयनाथ भट्टराई, डा. प्रतिभा पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

यस्तै, कविशिरोमणिको जन्मस्थल अर्चलेमा आयोजित समारो कुन्तीदेवी साहित्य पुरस्कारबाट भागिरथि श्रेष्ठ सम्मानित भइन् । लेखनाथ पौड्यालका परिवारबाट स्थापित उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ छ । लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराम ढकालले सम्मानित स्रष्टा भागिरथि श्रेष्ठको जीवनी र प्रतिष्ठानका गतिविधि’bout प्रकाश पारे ।

साथै, लेखनाथ सांस्कृतिक पुरस्कार लोकसांस्कृतिक संरक्षण समिति पोखरा–२६ लाई २५ हजारसहित प्रदान गरिएको छ । मधुमाया ढकाल शिक्षा पुरस्कार जनज्योति माविको एसइईमा सर्वोत्कृष्ट हुने छात्रा स्मृति बिकलाई प्रदान गरिएको छ । पुरस्कार राशि १० हजार छ । दुवै पुरस्कार प्रतिष्ठान अध्यक्ष ढकालले बाबु र आमाको नाममा स्थापना गरेका हुन् ।

यसैबीच, लेखनाथ पत्रकारिता पुरस्कारबाट कान्तिपुरका दीपक परियार सम्मानित भए । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित उक्त पुरस्कारको राशि ११ हजार र सम्मानपत्र छ ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन दलसँग चुनावी तालमेल गर्न एमालेको निर्देशन